कोशी प्रदेश
पञ्चायत माविको ५५ औ वार्षिकोत्सवमा सम्मान
विराटचोकः सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार जग्गादाता तथा पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समितिका अध्यक्ष पूर्व शिक्षकलगायत सम्मानित भएका छन् ।
वार्षिकोत्सवमा जग्गादाताहरु राजाराम तेली साहु, धनकेसरी तेली साहु, भीखम तेली साहु, गया तेली साहु, सोनाकुमारी तेली साहुका परिवारका सदस्यलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य चुमनारायण तबदार र लोकप्रसाद सङ्ग्रौला रहेका थिए । विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङ रहेका थिए । संस्थापक प्रधानाध्यापक स्व. जगतबहादुर रायामझीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै, पूर्व प्रधानाध्यापकहरु गोपालबहादुर भट्टराई, टोमबहादुर श्रेष्ठ, सावित्री राई श्रेष्ठ, रामानु प्रपन्न पोखरेल, यादवप्रसाद पराजुली, ललितकुमार मिश्र, पीतकुमार श्रेष्ठ र विनोद भट्टराईलाई पनि सम्मान गरिएको थियो । पूर्व शिक्षकहरु लक्ष्मीप्रसाद खरेल, सूर्यनारायण मण्डल, नागेश पोख्रेल, माधवप्रसाद झा, निरन्तरराज थेबे पनि सम्मानित भएका थिए ।
त्यस्तै पूर्व कर्मचारीहरु देवकुमार श्रेष्ठ र भोलानाथ अधिकारी तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष स्व. देवीप्रसाद उप्रेती, स्व. भुवनेश्वर चौधरी, स्व. देवेन्द्रप्रसाद पोख्रेललाई मरणोपरान्त सम्मान गरिएको हो । अजम्बर राई, कृष्णबहादुर भट्टराई, विवेक चौधरी र रमेश भण्डारीलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

देशको उच्च ओहोदामा पुगेर सेवा गर्ने पूर्व विद्यार्थीमा प्रहरी निरीक्षक नरेन्द्र उप्रेती, प्राडा राजु खनाल, उपसचिव रमेश अधिकारीलाई पनि सम्मान गरिएको थियो । विद्यालयलाई आर्थिक सहयोग गर्ने पूर्व विद्यार्थीहरु मनोज श्रेष्ठ, गोकुल प्रसाईं, विशाल खरेल, खड्ग श्रेष्ठ, मुनाल कालाखेती, हीरा भट्टराई, बलभद्र बिस्ट, सुनिता पोखरेल, बबिता थापा, सुमन तिम्सिना, कमल पराजुली, केदार कटुवाल, नागेश पोखेरेल, बलराम चौधरी, अनिल श्रेष्ठ, केदार पोख्रेल, पोष्टकुमार श्रेष्ठ, केशव भट्टराइ चण्डिका बास्तोला, नरेन राया, गोकुल न्यौपाने, किसन चौधरी, सुनिता पोख्रेल ढकाल, निरुता गिरी, अनुरोध साह, देवी सिटौला, रवीन्द्र आचार्यलगायत पूर्व विद्यार्थी पनि सम्मानित भएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद अधिकारी विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले विद्यालयलाई आफूले सक्ने सहयोग गर्ने बताए । सो समारोहमा पूर्व विद्यार्थी मनोज श्रेष्ठ र रमेश अधिकारीले आफ्ना बुबाआमाको नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा भएका विभिन्न कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । शिक्षक अम्बिकाप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login