कोशी प्रदेश
एक रुपैँया कप चिया अभियान सफलता तर्फ दोस्रो दिन बढ्यो रकम

विराटचोक ःगौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा शुरु भएको १ रुपैयाँ कप चिया बिक्री अभियानको दोस्रो दिन २५ हजार ९ सय ३० रुपैयाँ सङ्कलन भएको छ । पहिलो दिन भन्दा दोस्रो दिन धेरै संकलन भएको छ ।
आयोजक यम बुद्ध क्रिकेट क्लबका अनुसार पहिलो दिन भन्दा दोस्रो दिन चिया खानेको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले १ रुपैयाँदेखि १ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । क्लबका अध्यक्ष सेमन्त खतिवडाका अनुसार दोस्रो दिन नेपाली काङ्ग्रेसका महासमिति सदस्य ललित श्रेष्ठ, पुर्व मन्त्री लालबाबु पण्डीतका स्ककीय सचिब मनोज राई, इन्द्रपुर जेसीजका अध्यक्ष गणेशप्रसाद भट्राइ, युवा नेता राजेन्द्र ढकाल लगायतले अभियानमा सहयोग गर्ने उद्देश्यले चिया खाएका थिए ।
Facebook Comment
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
Banner
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।
आज युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।
यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Banner
२६७० अंकमा झर्यो सेयर बजार, सबै सेक्टरमा गिरावट

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।
कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।
सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।
बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।
अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login