Connect with us
Advertisement

२००७ सालका योद्धाको स्मरण, ‘त्यो बेला काँचो मुलुक थियो’ (प्रजातन्त्र दिवस विशेष)

विराटचोकः भोजपुर जिल्लामा जन्मिएर सुन्दरहरैंचामा बसोबास गर्दै आउनुभएका टीकाराम घिमिरेको प्रजातन्त्र ल्याउन गरेको योगदानको अनुभव प्रजातन्त्र दिवसको अवसर पारी निष्पक्ष खबरले तयार पारेको रिपोर्टः

मङ्गलबार बेलुकी उहाँको घरमा पुग्दा उहाँ आफ्नो खाटमा निदाइरहनुभएको थियो । नातिनी बुहारी रुपा फुयल घिमिरेले उठाएपछि ५ मिनेट उहाँसँग सामान्य गफ गरी हामी ००७ सालको क्रान्तिको सेरोफेरोमा रहेर प्रश्न गर्न थाल्यौँ । यसबीचमा उहाँले चस्मा नलगाई ३ मिनेटजति मनमनै गीता पाठ गर्नुभयो । २००७ साल र राणाको कुरा गरेपछि उहाँले भन्नुभयो, ‘राणा खेदेपछि धेरै सुखका दिन आए ।’

वि. सं. १९७४ पुसमा भोजपुरमा जन्मनुभएको उहाँ २०२८ सालमा तराई झर्नुभयो । तराई झरेपछि हात्ती र बाघसँग समेत लडाइँ गरेको सुनाउनुभएका उहाँले राणासँग भएको लडाइँको थोरै कुरा सुनाउनुभयो । स्मरणशक्ति कमजोर भएकाले सबै कुरा सुनाउन सक्नु भएन । त्यसबेलाको भोगाइ सामान्य सम्पादनसहित उहाँकै शब्दमाः

‘भोजपुरको माथिमाथि सैलुङ्गे, कपासे लेकमा राणाको विरुद्धमा काम गथ्यौंँ । राणासँगै किरातीको पनि राज थियो । मानबहादुर किरातीसँग बन्दुक थियो हामी भने खुकुरी बोकेर हिँड्थ्यौँ । राणाले धेरै दुःख दिएका थिए । सुवर्ण समसेर भन्ने राणाले भोजपुरमा पनि दुःख दिएको थियो । राणा हटाएपछि पान सरकार (पाँच सरकार\ श्री ५ सरकार) आयो र केही सुख पाइयो । हामी राणाविरुद्ध लड्दा पान सरकार (श्री ५ त्रिभुवन) डिल्ली (भारतको राजधानी नयाँ दिल्ली) मा बसेको थियो । किरातीहरुले गोठमा बसेर डङडङ बन्दुक हान्थे । हामी कोही नपुग्ने माथि डाँडामा खटिएका थियाँै । राणाको सरकार हटाउन १०÷१२ महिना लडाइँ गर्नुपरेको थियो ।

राजाको शासन आएपछि लडाइँमा खटिनेले बक्सिस पाएको थाहा भएन, बिर्सिएँ । राणालाई पस्न नदिन माथिमाथि ओढारमा बसेर डिप्टी गरेको (काम गरेको) थिएँ । किरातीको गोठमा बसेर डिप्टी गरेको र डङडङ बन्दुक हानेको अहिले झैँ लाग्ने गरेको छ ।

जसलाई पायो उसलाई कुट्ने, मार्ने काँचो मुलुक थियो त्यो बेला । राणा हटेपछि भने त्यो अलि मथ्थर भएको थियो । राणा नखेदेको भए धेरै अप्ठ्यारो पर्ने थियो । केके गरियो, अहिले त सबै बिर्सिएँ ।’

Continue Reading

Facebook Comment

10 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक