कोशी प्रदेश
स्काउटको संयुक्त ट्रेनिङ क्याम्प सम्पन्न
विराटचोकः मोरङको बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा फागुन ०९ बाट शुरु भएको दुई रात तिन दिने स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको ट छ ।
मोरङ र झापाका आठ विभिन्न विद्यालयका दुई सय ५५ जना ११ देखि १५ वर्ष उमेर समुहका विद्यार्थीहरू शुक्रबारदेखि स्काउटको संयुक्त तालिममा सहभागी भएका छन् ।
करिब एक वर्ष अघि नेपाल स्काउटले प्रदेश १ मा स्काउट मास्टरको तालिम गरेर मास्टर उत्पादन गरेपछि पछिल्लो समय स्काउटको गतिविधि प्रदेश १का गाँउमा सम्म फैलिएको छ । क्याम्प चिफ एवम स्काउट मास्टर सन्तोष घिमिरेले नेपाल स्काउटमा पछिल्लो नेतृत्व पाए पछि पहिले देशका सुगम र शहरमा सिमित घेरामा रहेको स्काउट गाँउका विद्यार्थी माझ आएको र यसले अनुशासित र स्वलम्बन नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने बताए । बेलबारीको सिंहदेवी एकेडेमीमा गत ०७६ जेठ बाट ४८ जनावाट शुरु भएको स्काउटको आकर्षण हाल यस भेगका अन्य विद्यालयमा पनि बढ्दोे रूपमा रहेको सिंहदेवी एकेडेमीका सञ्चालक रविन थापा बताउँछन् ।

नेपाल स्काउट अन्तर्गत संयुक्त ट्रेनिङ क्याम्पले आयोजना गरेको कार्यक्रममा उत्साहका साथ विद्यार्थीहरूले वास तथा अन्य स्थानिय वस्तुबाट डोरीमात्रको प्रयोगले जुत्ता राख्ने याक, कपडा राख्ने ह्यागंर, गेट, स्टेचर बनाउन प्रयोगात्क जिवन उपयोगो सिपका साथै सुपरम्यान क्रस, अमेगा जम्प, पलिङ डाउन, कमाण्डो व्रिज क्रस, मंकि क्रल लगायतका १४ वटा विभिन्न सहासिक खेल समावेश गरिएको छ । “नानीहरुले खेलको माध्यमवाट स्व अनुशासन र आत्मविश्वास बड्छ, यस्तो क्याम्पले नानहरुलाई समुहमा बस्न र काम गर्ने कला पनि व्यवहारिक रुपमा सिकाउछ , त्यसैले यो स्काउट पाठ्यक्रममा राखिएको छ” स्काउट मास्टर एवम क्याम्प संयोजक बालद देवान बताउछन् ।
‘स्काउटको अभियानबाट विद्यार्थीबीचको भात्तृत्व र भगिनित्वको सम्बन्ध विकास गर्न खोजेका हौं’ उनले भने, ‘यो अभियानले विद्यार्थीको क्षमता विकास हुन्छ ।’ उक्त क्याम्पको शुक्रबार प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीले उद्घाटन गरेका थिए भने सामापन समारोहका प्रमुख अतिथिका रुपमा वेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले स्काउट अभियानलाई नगरपालिका योजना बनाएर अघि बढाउने बताउदै, विद्यार्थीलाई यस्ता गतिविधिले सामाजिक, असल नागरिक र जिम्मेवार बनाउन मद्दत गर्ने बताए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login