Connect with us
Advertisement

विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि यसरी प्रतिक्रिया आए सामाजिक सञ्जालमा

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सर्ने भएपछि सामाजिक सञ्जाल पनि प्रतिक्रियाले भरिन थालेको छ ।

नेकपाबाट निर्वाचित सांसद भानुभक्त ढकालको पहलमा विश्वविद्यालयको केन्द्रीय कार्यालय सरेको भन्दै नेकपाका समर्थकले बधाइ दिइरहँदा नेपाली काङ्ग्रेसका समर्थकले भने त्यसलाई खण्डन गर्दै मेयर शिवप्रसाद ढकालको पक्षमा आफ्ना अभिव्यक्ति दिएका छन् । आफ्नो दलबाट निर्वाचित नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा केन्द्रीय कार्यालय सार्ने निर्णय भएको भन्दै बधाईको ओइरो सामाजिक सञ्जालमा खन्याइरहेका छन् ।

सामाजिक सञ्जालमा पार्टीका नेतादेखि कार्यकर्ता शिक्षक, सञ्चारकर्मी समेतले एकपक्षीय बधाई दिन तँछाडमछाड गरिरहेको देख्दा बिहीबार दिनभर नै सुन्दरहरंैचामा यस विषयले ठूलै चर्चा पाइरहेको थियो ।

नेपाली काङ्ग्रेस समर्थक युवा अर्जुन गजुरेलले सुन्दरहरैंचा नगरपालिकाले विगतमा केन्द्रीय कार्यालय गोठगाउँ ल्याउन गरेको पहल, विराटनगरमा केन्द्र राखिने विषयमा गरेको विरोधको बारेमा लेखिएको पत्रिकाको कटिङसहित आफ्नो धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रका नायक शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाले सन् १९९३ (वि.स. २०४९) मा स्थापना गर्नुभएको विश्वविद्यालयका कारण सुन्दरहरैंचावासीमा फेरि अर्को खुशियाली । पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय अब सुन्दरहरंैचास्थित गोठगाउँमा रहने भएको छ । धन्यवाद नगरप्रमुखज्यू ! सुन्दरहरैचावासीको सदा आशीर्वाद तपाईंमाथि भइरहने छ ।’ (विगतमा नगरप्रमुखज्यूले विश्वविद्यालयका विषयमा गरिएका दबाबका न्यूजका अंशहरु)

यसै विषयमा प्रतिक्रिया दिन भ्याएका सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक गणेशप्रसाद दाहालले लेखे, ‘मलाई चाहिँ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, वर्तमान प्रधानमन्त्री, वर्तमान प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन जनै (वर्तमान माननीय मन्त्रीसमेत) माननीय सांसदहरू, वर्तमान प्रदेश सभाका दुवै जना माननीय सांसदहरू, सुन्दरहरैँचा नगरपालिकाका मेयर तथा उपमेयर र सुन्दरहरैँचास्थित सबै दलका नगर पार्टी कमिटी, ती पार्टीका सबै कार्यकर्ताहरू र स्थानीय सङ्घसंस्था तथा नागरिक समाजका अगुवा नेतृत्वदायी व्यक्तित्वहरू, आम जनमानस र यस विषयमा अहोरात्र कलम चलाउने पत्रकारहरूलाई सहृदय हार्दिक धन्यवाद दिन मन लाग्यो । किनभने यस्ता कामहरू एकल प्रयासबाट नभई सबैको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ ।’

यसै विषयमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष चापागाईले स्वास्थ्य मन्त्रीको फोटोसहित यस्तो लेखे, ‘मोरङ जिल्ला क्षेत्र नम्बर ३ का संघीय सांसद नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय भानुभक्त ढकालका चुनावी एजेण्डामध्ये पहिलो एजेण्डा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्ने थियो । आजबाट विधेयक संसदबाट पास भएको खबरले क्षेत्र वासीहरू दीपावली गर्दै माननीय मन्त्री भानुभक्त ढकाललाई धन्यवादसहित खुसी व्यक्त गर्दै गरेको अवस्था ।’

यसरी आआफ्नो दलमा आस्था राख्ने व्यक्तिको पक्षमा मात्र लेखिरहँदा सुन्दरहरैंचा वडा नम्बर २ की पार्वती गच्छदारले भने प्राध्यापक दाहालले झैँ सबैलाई सम्झिएकी छिन् । ‘राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी ज्यू, स्वास्थ्य मन्त्री भानुभक्त ढकालज्यू र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालज्यूको निरन्तर पहल र प्रयासमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचाको गोठगाउँमा हुने निर्णय दुवै सदनबाट पारित भएसँगै सम्पूर्ण सुन्दरहरैंचावासी र समग्र उत्तरी मोरङवासी अत्यन्तै हर्षित भएका छौँ । यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

फेसबुकमा लेखिएको स्टाटसको कमेन्टमा भने चुनावी नतिजा आए झँै बधाई र विरोधले ढाकेको देखिन्छ । पार्टीका जिम्मेवार व्यक्तिले समेत बधाईमा आफ्नो नाम नपरेको भन्दै असन्तुष्ट गरेको दखिन्छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवदेनसहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रतिनिधि सभामा प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधि सभाले पारित गरेको थियो ।
प्रस्ताव पारित भएसँगै सुन्दरहरैंचामा रहेका जनप्रतिनिधिलाई राम्रो कार्य गरेको भन्दै एकपक्षीय दाबीसहित शुभकामना दिने होडबाजी नै चल्यो ।

उता, कोशीहरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईले भने प्रतिनिधि सभाका सांसद हालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको पहलमा भएको भन्दै उनलाई शुभकामना दिएका थिए ।

बशन्त  मिश्रले भने कसले पहल गरेको हो भन्ने आफूले नबुझेको लेखेका छन् । ‘नबुझेको कुरा । खासमा पहल चाहिँ कसले गरेको हो ? चाहे जसजसको पहलबाट होस् राम्रो कार्य भएको छ । बधाई सुन्दरहरैंचावासीलाई ।’

साँझ स्थानीयवासीले विश्वविद्यालयको मूल गेटमा गरेको दीप प्रज्वलनमा नगरप्रमुख ढकालले सुन्दरहरैंचा नगरपालिकाले निरन्तर फलोअप गरेकाले यो विधेयक पास भएको बताएका थिए । यस्तै यो काम हुनुमा प्रदेश नम्बर १ का सबै नागरिकले खुशीयाली मनाउनुपर्ने समेत बताएका थिए । उनले नेपाल सरकारलाई विशेष बधाई ज्ञापन गरेका थिए ।

बालिका सिटौलाले सुन्दरहरैंचाका जनप्रतिनिधि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझी, प्रतिनिधिसभाका सभाका सांसद तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र नगरप्रमुख शिवप्रसाद ढकालका साथै सुन्दर हरैंचाका सबै जनप्रतिनिधिको निरन्तर पहल र प्रयासमा विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आएको जनाउँदै सुन्दरहरैंचावासीका तर्फबाट सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेकी छिन् ।

बद्री सुवेदीले पनि बालिका सिटौलाझैँ सबैको पहलमा केन्द्रीय कार्यालय आएको भन्दै प्रदेश सांसद राजकुमार ओझाको पनि पहल रहेको उल्लेख गर्दै चारै जनाको तस्बिर राखेर स्टाटस लेखेका छन् ।

 

त्यस्तै, रुजा घिमिरे र सुजन पोखरेलले सांसद ढकाललाई बधाई दिएका छन् भने राष्ट्रप्रेमी राज पोखरेलले मेयर ढकाललाई बधाई दिएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।

सो विधेयक राष्ट्रिय सभाले पारित गरिसकेकाले अब प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत हुने भएको छ ।

(सामाजिक सञ्जालमा आएको अभिव्यक्ति जस्ताको तस्तै राखिएको भए पनि भाषिक शुद्धता र वर्णविन्यास भने सच्याइएको छ ।)

Continue Reading

Facebook Comment

15 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक