कोशी प्रदेश
विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि यसरी प्रतिक्रिया आए सामाजिक सञ्जालमा
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सर्ने भएपछि सामाजिक सञ्जाल पनि प्रतिक्रियाले भरिन थालेको छ ।
नेकपाबाट निर्वाचित सांसद भानुभक्त ढकालको पहलमा विश्वविद्यालयको केन्द्रीय कार्यालय सरेको भन्दै नेकपाका समर्थकले बधाइ दिइरहँदा नेपाली काङ्ग्रेसका समर्थकले भने त्यसलाई खण्डन गर्दै मेयर शिवप्रसाद ढकालको पक्षमा आफ्ना अभिव्यक्ति दिएका छन् । आफ्नो दलबाट निर्वाचित नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा केन्द्रीय कार्यालय सार्ने निर्णय भएको भन्दै बधाईको ओइरो सामाजिक सञ्जालमा खन्याइरहेका छन् ।

सामाजिक सञ्जालमा पार्टीका नेतादेखि कार्यकर्ता शिक्षक, सञ्चारकर्मी समेतले एकपक्षीय बधाई दिन तँछाडमछाड गरिरहेको देख्दा बिहीबार दिनभर नै सुन्दरहरंैचामा यस विषयले ठूलै चर्चा पाइरहेको थियो ।
नेपाली काङ्ग्रेस समर्थक युवा अर्जुन गजुरेलले सुन्दरहरैंचा नगरपालिकाले विगतमा केन्द्रीय कार्यालय गोठगाउँ ल्याउन गरेको पहल, विराटनगरमा केन्द्र राखिने विषयमा गरेको विरोधको बारेमा लेखिएको पत्रिकाको कटिङसहित आफ्नो धारणा राखेका छन् ।
उनले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रका नायक शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाले सन् १९९३ (वि.स. २०४९) मा स्थापना गर्नुभएको विश्वविद्यालयका कारण सुन्दरहरैंचावासीमा फेरि अर्को खुशियाली । पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय अब सुन्दरहरंैचास्थित गोठगाउँमा रहने भएको छ । धन्यवाद नगरप्रमुखज्यू ! सुन्दरहरैचावासीको सदा आशीर्वाद तपाईंमाथि भइरहने छ ।’ (विगतमा नगरप्रमुखज्यूले विश्वविद्यालयका विषयमा गरिएका दबाबका न्यूजका अंशहरु)

यसै विषयमा प्रतिक्रिया दिन भ्याएका सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक गणेशप्रसाद दाहालले लेखे, ‘मलाई चाहिँ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, वर्तमान प्रधानमन्त्री, वर्तमान प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन जनै (वर्तमान माननीय मन्त्रीसमेत) माननीय सांसदहरू, वर्तमान प्रदेश सभाका दुवै जना माननीय सांसदहरू, सुन्दरहरैँचा नगरपालिकाका मेयर तथा उपमेयर र सुन्दरहरैँचास्थित सबै दलका नगर पार्टी कमिटी, ती पार्टीका सबै कार्यकर्ताहरू र स्थानीय सङ्घसंस्था तथा नागरिक समाजका अगुवा नेतृत्वदायी व्यक्तित्वहरू, आम जनमानस र यस विषयमा अहोरात्र कलम चलाउने पत्रकारहरूलाई सहृदय हार्दिक धन्यवाद दिन मन लाग्यो । किनभने यस्ता कामहरू एकल प्रयासबाट नभई सबैको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ ।’

यसै विषयमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष चापागाईले स्वास्थ्य मन्त्रीको फोटोसहित यस्तो लेखे, ‘मोरङ जिल्ला क्षेत्र नम्बर ३ का संघीय सांसद नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय भानुभक्त ढकालका चुनावी एजेण्डामध्ये पहिलो एजेण्डा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्ने थियो । आजबाट विधेयक संसदबाट पास भएको खबरले क्षेत्र वासीहरू दीपावली गर्दै माननीय मन्त्री भानुभक्त ढकाललाई धन्यवादसहित खुसी व्यक्त गर्दै गरेको अवस्था ।’
यसरी आआफ्नो दलमा आस्था राख्ने व्यक्तिको पक्षमा मात्र लेखिरहँदा सुन्दरहरैंचा वडा नम्बर २ की पार्वती गच्छदारले भने प्राध्यापक दाहालले झैँ सबैलाई सम्झिएकी छिन् । ‘राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी ज्यू, स्वास्थ्य मन्त्री भानुभक्त ढकालज्यू र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालज्यूको निरन्तर पहल र प्रयासमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचाको गोठगाउँमा हुने निर्णय दुवै सदनबाट पारित भएसँगै सम्पूर्ण सुन्दरहरैंचावासी र समग्र उत्तरी मोरङवासी अत्यन्तै हर्षित भएका छौँ । यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

फेसबुकमा लेखिएको स्टाटसको कमेन्टमा भने चुनावी नतिजा आए झँै बधाई र विरोधले ढाकेको देखिन्छ । पार्टीका जिम्मेवार व्यक्तिले समेत बधाईमा आफ्नो नाम नपरेको भन्दै असन्तुष्ट गरेको दखिन्छ ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवदेनसहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रतिनिधि सभामा प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधि सभाले पारित गरेको थियो ।
प्रस्ताव पारित भएसँगै सुन्दरहरैंचामा रहेका जनप्रतिनिधिलाई राम्रो कार्य गरेको भन्दै एकपक्षीय दाबीसहित शुभकामना दिने होडबाजी नै चल्यो ।

उता, कोशीहरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईले भने प्रतिनिधि सभाका सांसद हालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको पहलमा भएको भन्दै उनलाई शुभकामना दिएका थिए ।
बशन्त मिश्रले भने कसले पहल गरेको हो भन्ने आफूले नबुझेको लेखेका छन् । ‘नबुझेको कुरा । खासमा पहल चाहिँ कसले गरेको हो ? चाहे जसजसको पहलबाट होस् राम्रो कार्य भएको छ । बधाई सुन्दरहरैंचावासीलाई ।’
साँझ स्थानीयवासीले विश्वविद्यालयको मूल गेटमा गरेको दीप प्रज्वलनमा नगरप्रमुख ढकालले सुन्दरहरैंचा नगरपालिकाले निरन्तर फलोअप गरेकाले यो विधेयक पास भएको बताएका थिए । यस्तै यो काम हुनुमा प्रदेश नम्बर १ का सबै नागरिकले खुशीयाली मनाउनुपर्ने समेत बताएका थिए । उनले नेपाल सरकारलाई विशेष बधाई ज्ञापन गरेका थिए ।

बालिका सिटौलाले सुन्दरहरैंचाका जनप्रतिनिधि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझी, प्रतिनिधिसभाका सभाका सांसद तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र नगरप्रमुख शिवप्रसाद ढकालका साथै सुन्दर हरैंचाका सबै जनप्रतिनिधिको निरन्तर पहल र प्रयासमा विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आएको जनाउँदै सुन्दरहरैंचावासीका तर्फबाट सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेकी छिन् ।
बद्री सुवेदीले पनि बालिका सिटौलाझैँ सबैको पहलमा केन्द्रीय कार्यालय आएको भन्दै प्रदेश सांसद राजकुमार ओझाको पनि पहल रहेको उल्लेख गर्दै चारै जनाको तस्बिर राखेर स्टाटस लेखेका छन् ।

त्यस्तै, रुजा घिमिरे र सुजन पोखरेलले सांसद ढकाललाई बधाई दिएका छन् भने राष्ट्रप्रेमी राज पोखरेलले मेयर ढकाललाई बधाई दिएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।
सो विधेयक राष्ट्रिय सभाले पारित गरिसकेकाले अब प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत हुने भएको छ ।
(सामाजिक सञ्जालमा आएको अभिव्यक्ति जस्ताको तस्तै राखिएको भए पनि भाषिक शुद्धता र वर्णविन्यास भने सच्याइएको छ ।)



Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login