Connect with us
Advertisement

३० वर्षदेखि एउटै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत मीना चौधरी (नारी दिवस विशेष–७)

आज फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ । त्यसै क्रममा ३० वर्षदेखि एउटै स्कुलमा प्रधानाध्यापक भएर सामुदायिक विद्यालयलाई अघि बढाइरहेकी सुन्दरहरैंचा–४ की मीना चौधरीको अनुभवलाई यहाँ समेटिएको छ ।

आफ्ना बुबा मनिलाल चौधरीले शिक्षाको महत्व बुझेका हुनाले छोरा र छोरीमा विभेद नगरी शिक्षाको प्रबन्ध मिलाए । अहिले आफू यो अवस्थामा आइपुग्नुमा आफ्ना किसान बाबुको विभेदरहित शिक्षाको देन ठान्छिन् उनी ।

सुन्दरहरैंचा– ४ मा रहेको आदर्श आधारभूत विद्यालयमा २०४६ साल बैशाख १ गतेदेखि प्रधानाध्यापकको रूपमा कार्यरत चौधरी हालसम्म सोही विद्यालयमा सोही पदमा कार्यरत छिन् । १६ वर्षमा विवाह गरेकी उनले २२ वर्षको उमेरमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । सो विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि साजीलाल माविमा उनले निजी स्रोतमा २ वर्ष अध्यापन गरेकी थिइन् ।

स्थापनाकालमा ४०÷४५ जना विद्यार्थी रहेको सो विद्यालयमा २०५० सालपछि एउटै कक्षामा १ सय जनाभन्दा बढी विद्यार्थी भर्ना भएको रेकर्ड पनि उनीसँग छ । अहिले भने विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको र ८३ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताइन् । वडैपिच्छे विद्यालय खुल्नुका साथै बोर्डिङमा विद्यार्थी पढाउने बढ्दो प्रचलनले विद्यार्थी सङ्ख्या घटेको उनको भनाइ छ । सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने विद्यालय भएको र अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीले पनि अभिभावकलाई काम सघाउने हुनाले विद्यार्थी सङ्ख्या कम रहेको उनको अनुभव छ ।

मासिक ९ सय रुपैयाँ तलब पाउने गरी नियुक्ति लिएकी उनले शुरुका दिनमा शैक्षिक व्यवस्थापन गर्न गाह्रो भएको सुनाइन् । अहिले उनको विद्यालयमा शिक्षक र कर्मचारी गरेर ६ जना कार्यरत छन् । विद्यालय स्थापना हुँदा उनीमात्रै शिक्षकको रूपमा रहेकी हुनाले शैक्षिक तथा प्रशासनिक दुवै काम गर्नुपर्दा अप्ठ्यारो अवस्था आएको उनले स्मरण गरिन् । अर्काे वर्षदेखि तत्कालीन दुलारी गाविसले निजी स्रोतमा १ जना शिक्षक मासिक २ सय रुपैयाँ तलब पाउने गरी नियुक्त भएपछि काम गर्न सहज भएको अनुभव गर्न पाइन् ।

उनले अध्यापन गराउने विद्यालयमा सीमान्तकृत र न्यून आर्थिक अवस्था भएको परिवारका सन्तान पढ्ने हुनाले तल्लो कक्षामा विद्यार्थीको सङ्ख्या राम्रो भए पनि माथिल्लो कक्षामा विद्यार्थी न्यून हुँदै जाने गरेका छन् । ‘४÷५ कक्षामा पढ्ने विद्यार्थीलाई अभिभावकले नै विद्यालय पठाउँदैनन्’, उनले भनिन्, ‘उनीहरूलाई आफूसँगै मजुदरीको लागि लैजाने गर्छन् ।’ आफूहरूले बारम्बार त्यसो नगर्न अनुरोध गरे पनि पूर्ण रूपमा बन्द गर्न नसकेको उनले सुनाइन् ।

विद्यालय स्थापनाताका धेरै सङ्घर्ष गर्नुपरेको अनुभव उनीसँग छ । गाउँलेसँग, बाँस, पराल, काठपात मागेको तथा बाँस र पराल आफैँले ओसारेको सम्झँदा अहिले अचम्म लाग्ने गरेको शनिबार दिउँसो उनले सुनाइन् । दुलारी गाविसका उपाध्यक्ष नन्दकुमार चौधरीको पनि ठूलो सहयोग पाएको उनले स्मरण गरिन् ।

आफूले सो विद्यालयमा पढाएका विद्यार्थीमध्ये सञ्जय साहले स्नातकोत्तर तहमा गोल्ड मेडल पाएको क्षण सम्झँदा ज्यादै खुशी लाग्ने उनले सुनाइन् । त्यस्तै, उनले पढाएका विद्यार्थी शङ्कर साहु, चन्द्रबहादुर दाहाललगायतका विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन् ।

स्थानीय सरकारले खाजाको पैसा दिन छाडेपछि विद्यार्थीको सङ्ख्या अझै घटेको उनको भनाइ छ । ‘सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा आउने खाजबापतको रकम काटिएको छ,’ उनले भनिन्, ‘जसले गर्दा विद्यार्थीको उपस्थिति अझै घटेको छ । हामीले स्थानीय सरकारका प्रमुखलाई यसबारेमा पटकपटक जानकारी पनि गरायौँ । तर माथिबाटै बजेट आएको छैन भनेर उहाँले जवाफ दिनुभयो । दिवा खाजाबापतको रकम काटिएपछि विद्यार्थीको सङ्ख्या घटेको हुनाले सीमान्तकृत समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयले पाएको सो सुविधालाई कटौती नगर्ने हो भने विद्यार्थीको सङ्ख्या बढाउन सहयोग पुग्ने छ ।’

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक