कोशी प्रदेश
एसईई रोकिएको थाहा नपाएका परीक्षार्थी यसरी आए सुकुना स्कुलमा
शब्दः खेमचन्द्र , तस्बिरः कृष्णचन्द्र
विराटचोकः अर्काे सूचना नभएसम्मका लागि सरकारले एसईई परीक्षा स्थगित गरेको थाहा नपाएका कतिपय परीक्षार्थी आज परीक्षाको निर्धारित समयअगावै परीक्षा केन्द्रमा पुगे ।
बिहान साढे ६ बजे सुकुना माध्यमिक विद्यालयमा पुग्दा केही विद्यार्थी गेटबाहिर बसेर परीक्षा रोकिएकोमा चिन्ता व्यक्त गरिरहेका थिए । ७ बजेसम्ममा लगभग १ सय जना विद्यार्थी परीक्षा केन्द्रमा उपस्थित भएका थिए ।
उपस्थित भएका धेरैजसो विद्यार्थीलाई परीक्षा स्थगित भएको थाहा थिएन । कतिपयले भने बाटोमा आउँदा अरुले भनेको सुने पनि विद्यालय आएको बताए ।
‘एसईई चाहिँ नसार्नू नि अरु परीक्षा सारे पनि’, सरकारप्रति आक्रोशित भएकी जनता मावि सुन्दरहरैंचा– १ की तारा साहले भनिन्, ‘अब पछि परीक्षा सारेपछि अहिले पढेको बिर्सिहालिन्छ नि ।’ सो विद्यालयबाट १ सय २० जना परीक्षार्थी रहेको उनले बताइन् ।
सुकुना माध्यमिक विद्यालयमा सुकुना, जनता तथा बुद्ध माध्यमिक विद्यालय केराबारीका परीक्षार्थी उपस्थित भएका थिए । आश्चर्यचकित भावमा कोही कुरा गरिरहेका थिए भने कोही आक्रोशित भइरहेका थिए ।
कोरोनाका कारण परीक्षा रोकिएको जानकारी पाएपछि केही विद्यार्थी कोरोना मान्छे नै होइन कसरी परीक्षा रोक्यो भनी कुरा गरिरहेका पनि थिए । सुकुनामै अध्ययनरत दावा शेर्पा पनि परीक्षा रोकिएकोमा आक्रोशित थिए । मोटो ज्यानका उनले सोही विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीसँग उनले भने, ‘सर, यो त रातभरी करायो, दक्षिणा हरायो भनेझैँ भइगयो नि ।’
सुकुना माध्यमिक विद्यालयमा ३ ओटा सामुदायिक विद्यालयसहित ९ ओटा विद्यालयका ४ सय १८ जना परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको थियो ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login