Connect with us
Advertisement

किच्चकगढः ओझेलमा परेको सुन्दरहरैंचाको पर्यटकीय क्षेत्र

Published

on

विराटचोकः  ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका कतिपय क्षेत्र वर्षौंदेखि ओझेलमा परेका मात्रै छैनन् कतिपयको अस्तित्व नै सङ्कटमा परेको छ । यस्तै क्षेत्रमध्येको एउटा क्षेत्र हो मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा रहेको किच्चकगढी क्षेत्र ।

ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अतिक्रमणको चपेटामा पनि परेको छ । करीब २ बिघा १४ कठ्ठा क्षेत्रफल रहेको किच्चकगढीको ९ धुरभन्दा बढी जग्गा अतिक्रमण भएको संरक्षण समितिको भनाइ छ । वरीपरी गहिरो खेत तथा बीचमा रहेको अण्डाकार डाँडामा बुट्यानले भरिएको छ । सोही डाँडो नै किच्चकगढी क्षेत्र हो ।

यस क्षेत्रको बारेमा यहाँका मानिसमा अनेकौं किंवदन्ती पाइन्छ । ऐतिहासिक क्षेत्र भए पनि स्थानीय सरकार र स्थानीयवासीले यसको संरक्षणमा पहल गरेको पाइँदैन । चुनावमा जित्नासाथ यस क्षेत्रको विकास गर्ने भनी आश्वासन दिनेबाहेक वडाध्यक्षले अन्य काम नगरेको स्थानीयको गुनासो छ ।

किच्चकगढको संरक्षणको लागि स्थानीयले समिति गठन गरेका छन् । किच्चकगढ ग्रामथान समितिका सचिव धामनारायण विश्वासका अनुसार भजनलाल खवास र उनका काका रेशमलाल खवासले यो क्षेत्रको संरक्षण गरेको बताउँछन् ।

 

‘विराट राजाको राजधानी विराटनगरमा थियो । विराट राजाको सालो किच्चक यस क्षेत्रमा आएर बसोबास गरेको थियो । यहाँ उसले क्याम्प बनाएको थियो,’ किच्चकगढीको बारेमा प्रचलित किंवदन्ती भन्ने क्रममा विश्वासले भने, ‘यहाँ धेरै बहुमुल्य वस्तु खनिज राखेको थियो । सो खनिजको रेखदेख गर्न किच्चक आएको थियो ।’

उनका अनुसार पश्चिमतर्फ खदम खोला र पूर्वबाट लोहन्द्रा खोलाले सो गढीको जमिन काटेर खनिज लिन खोजे । डराएको किच्चकले खनिज जोगाउन चर्तिकाला देखाउन थाल्यो । खनिज जोगाउन मरेका गाईवस्तुको, हाड, छाला खोलामा फ्याँक्ने र फोहोरी प्रवृत्ति देखाएर खोलाको कटान रोक्ने काम उसले गर्न थाल्यो ।

विश्वासका अनुसार ५०÷६० वर्षअघिसम्म यहाँ नर्कट घारी थियो । सर्पहरूको बासस्थान थियो । घना जङ्गल थियो । जडिबुटीको खानी थियो । ‘सानोमा म गोठालासँग यहाँ आउँथे । गोठालाले धेरै कुरा बताएका थिए’, जनता माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विश्वासले भने, ‘यो ऐतिहासिक ठाउँ हो । तर यसको उचित संरक्षण हुन सकेको छैन । वडाध्यक्षमा निर्वाचित हुनासाथ विनोद बस्नेतले यहाँ ५० फिट अग्लो शिवको मूर्ति बनाउँछु भन्नुभएको थियो तर हालसम्म त्यसतर्फ केही काम गर्न आउनुभएको छैन ।’

४०÷५० वर्ष पहिले आफूले सुनेको घटना पनि विश्वासले सुनाए । उनका अनुसार टण्टलापुर घाममा अदृश्य शक्तिले सिक्काहरू सुकाएको पाइन्थ्यो । कतिपय मानिस त्यो सिक्का देखेर लोभिन्थे । त्यो सिक्का चलाउन वैदिक नियम तथा तन्त्रमन्त्र हुन्थ्यो र त्यो पालना गरेपछि चल्तीमा आउँथ्यो भन्ने त्यसबेला सुनेको उनले स्मरण गरे । त्यो पैसाको लोभमा परेका कतिपय मानिस बहुलाए र कतिपय मरे भनी बुढापाकाले भनेका थिए ।

समितिका अध्यक्ष ओमप्रकाश खवासका अनुसार यहाँको थानमा धेरै पहिले बोट धँगेरोको रुख थियो । त्यो रुखमा ५÷६ ओटा घण्ट थिए । ती चोरी भए । ती घण्ट चोरी नभएको भए यसको ऐतिहासिकता थाहा हुन्थ्यो । उनका अनुसार यहाँका स्थानीय राजवंशीले सो घण्ट थानमा चढाएका थिए ।

यहाँ माटोका हात्ती घोडा स्थापना गरेर मुख्य पुजारी अर्थात् राजधामीले पूजा गर्ने परम्परा छ । हरेक वर्षको बैशाख १४ गते यहाँ मेला लाग्ने गर्दछ । हनुमानको मूर्ति पनि यहाँ छ । मुख्य पुजारी (धामी) बलिराम धामीले यहाँ पूजा गर्ने गर्छन् । बाबुको मृत्युपछि उनी त्यहाँको पुजारी भएका हुन् । अध्यक्ष खवासका अनुसार मूल धामीको मृत्युपछि उनकै छोरा मूल धामी बन्ने परम्परा छ ।

किच्चकगढ क्षेत्र अहिले पिननिक खान स्थानीय जाने गरेका छन् । प्रचारप्रसारको अभावमा टाढाटाढाका मानिस पिकनिक खान नआएको उनले बताए । पिकनिक खान आउनेको लागि समितिले निःशुल्क स्थान दिने गरेको छ । सो ठाउँको आसपासमा कुनै नयाँ घर निर्माण गर्दा स्थानीयले निर्माण सामग्री सो स्थानमा चढाउने गरेका छन् ।

स्थानीयले इँटा, ढुङ्गा, जस्तापाता आदि चढाउने गर्दछन् । त्यहाँ मुख्य थान रहेको भवनको जस्तापाता भने गत फागुन २२ गते आएको हुरीले उडाएको छ ।

माटोका हात्ती, घोडा आदि स्थापना गरेर मुख्य पुजारी अर्थात् राजधामीले पूजा गर्ने गरेका छन् । परम्परागत रूपमा पूजाआरधना हुने सो थानमा हनुमानजीको मन्दिरसँगै रहेको भकारी छेउमा बुढासुब्बाको मन्दिर पनि छ । त्यहाँ पनि पूजा हुने गर्दछ ।

ग्रामथान स्थललाई घेराबारा गर्न सके र व्यवस्थित बनाउन सके पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ । पछिल्लो समयमा स्थानीयले यहाँ वृक्षरोपण गरेका छन् ।

पूर्वपश्चिम राजमार्गबाट करीब ५ किलोमिटर दक्षिणमा यो क्षेत्र रहेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ पचामबाट लगभग ७ सय मिटर कच्ची बाटो हुँदै पूर्व लागेपछि किच्चकगढी पुगिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक