कोशी प्रदेश
किच्चकगढः ओझेलमा परेको सुन्दरहरैंचाको पर्यटकीय क्षेत्र
विराटचोकः ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका कतिपय क्षेत्र वर्षौंदेखि ओझेलमा परेका मात्रै छैनन् कतिपयको अस्तित्व नै सङ्कटमा परेको छ । यस्तै क्षेत्रमध्येको एउटा क्षेत्र हो मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा रहेको किच्चकगढी क्षेत्र ।

ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अतिक्रमणको चपेटामा पनि परेको छ । करीब २ बिघा १४ कठ्ठा क्षेत्रफल रहेको किच्चकगढीको ९ धुरभन्दा बढी जग्गा अतिक्रमण भएको संरक्षण समितिको भनाइ छ । वरीपरी गहिरो खेत तथा बीचमा रहेको अण्डाकार डाँडामा बुट्यानले भरिएको छ । सोही डाँडो नै किच्चकगढी क्षेत्र हो ।
यस क्षेत्रको बारेमा यहाँका मानिसमा अनेकौं किंवदन्ती पाइन्छ । ऐतिहासिक क्षेत्र भए पनि स्थानीय सरकार र स्थानीयवासीले यसको संरक्षणमा पहल गरेको पाइँदैन । चुनावमा जित्नासाथ यस क्षेत्रको विकास गर्ने भनी आश्वासन दिनेबाहेक वडाध्यक्षले अन्य काम नगरेको स्थानीयको गुनासो छ ।
किच्चकगढको संरक्षणको लागि स्थानीयले समिति गठन गरेका छन् । किच्चकगढ ग्रामथान समितिका सचिव धामनारायण विश्वासका अनुसार भजनलाल खवास र उनका काका रेशमलाल खवासले यो क्षेत्रको संरक्षण गरेको बताउँछन् ।
‘विराट राजाको राजधानी विराटनगरमा थियो । विराट राजाको सालो किच्चक यस क्षेत्रमा आएर बसोबास गरेको थियो । यहाँ उसले क्याम्प बनाएको थियो,’ किच्चकगढीको बारेमा प्रचलित किंवदन्ती भन्ने क्रममा विश्वासले भने, ‘यहाँ धेरै बहुमुल्य वस्तु खनिज राखेको थियो । सो खनिजको रेखदेख गर्न किच्चक आएको थियो ।’
उनका अनुसार पश्चिमतर्फ खदम खोला र पूर्वबाट लोहन्द्रा खोलाले सो गढीको जमिन काटेर खनिज लिन खोजे । डराएको किच्चकले खनिज जोगाउन चर्तिकाला देखाउन थाल्यो । खनिज जोगाउन मरेका गाईवस्तुको, हाड, छाला खोलामा फ्याँक्ने र फोहोरी प्रवृत्ति देखाएर खोलाको कटान रोक्ने काम उसले गर्न थाल्यो ।

विश्वासका अनुसार ५०÷६० वर्षअघिसम्म यहाँ नर्कट घारी थियो । सर्पहरूको बासस्थान थियो । घना जङ्गल थियो । जडिबुटीको खानी थियो । ‘सानोमा म गोठालासँग यहाँ आउँथे । गोठालाले धेरै कुरा बताएका थिए’, जनता माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विश्वासले भने, ‘यो ऐतिहासिक ठाउँ हो । तर यसको उचित संरक्षण हुन सकेको छैन । वडाध्यक्षमा निर्वाचित हुनासाथ विनोद बस्नेतले यहाँ ५० फिट अग्लो शिवको मूर्ति बनाउँछु भन्नुभएको थियो तर हालसम्म त्यसतर्फ केही काम गर्न आउनुभएको छैन ।’
४०÷५० वर्ष पहिले आफूले सुनेको घटना पनि विश्वासले सुनाए । उनका अनुसार टण्टलापुर घाममा अदृश्य शक्तिले सिक्काहरू सुकाएको पाइन्थ्यो । कतिपय मानिस त्यो सिक्का देखेर लोभिन्थे । त्यो सिक्का चलाउन वैदिक नियम तथा तन्त्रमन्त्र हुन्थ्यो र त्यो पालना गरेपछि चल्तीमा आउँथ्यो भन्ने त्यसबेला सुनेको उनले स्मरण गरे । त्यो पैसाको लोभमा परेका कतिपय मानिस बहुलाए र कतिपय मरे भनी बुढापाकाले भनेका थिए ।
समितिका अध्यक्ष ओमप्रकाश खवासका अनुसार यहाँको थानमा धेरै पहिले बोट धँगेरोको रुख थियो । त्यो रुखमा ५÷६ ओटा घण्ट थिए । ती चोरी भए । ती घण्ट चोरी नभएको भए यसको ऐतिहासिकता थाहा हुन्थ्यो । उनका अनुसार यहाँका स्थानीय राजवंशीले सो घण्ट थानमा चढाएका थिए ।
यहाँ माटोका हात्ती घोडा स्थापना गरेर मुख्य पुजारी अर्थात् राजधामीले पूजा गर्ने परम्परा छ । हरेक वर्षको बैशाख १४ गते यहाँ मेला लाग्ने गर्दछ । हनुमानको मूर्ति पनि यहाँ छ । मुख्य पुजारी (धामी) बलिराम धामीले यहाँ पूजा गर्ने गर्छन् । बाबुको मृत्युपछि उनी त्यहाँको पुजारी भएका हुन् । अध्यक्ष खवासका अनुसार मूल धामीको मृत्युपछि उनकै छोरा मूल धामी बन्ने परम्परा छ ।

किच्चकगढ क्षेत्र अहिले पिननिक खान स्थानीय जाने गरेका छन् । प्रचारप्रसारको अभावमा टाढाटाढाका मानिस पिकनिक खान नआएको उनले बताए । पिकनिक खान आउनेको लागि समितिले निःशुल्क स्थान दिने गरेको छ । सो ठाउँको आसपासमा कुनै नयाँ घर निर्माण गर्दा स्थानीयले निर्माण सामग्री सो स्थानमा चढाउने गरेका छन् ।
स्थानीयले इँटा, ढुङ्गा, जस्तापाता आदि चढाउने गर्दछन् । त्यहाँ मुख्य थान रहेको भवनको जस्तापाता भने गत फागुन २२ गते आएको हुरीले उडाएको छ ।
माटोका हात्ती, घोडा आदि स्थापना गरेर मुख्य पुजारी अर्थात् राजधामीले पूजा गर्ने गरेका छन् । परम्परागत रूपमा पूजाआरधना हुने सो थानमा हनुमानजीको मन्दिरसँगै रहेको भकारी छेउमा बुढासुब्बाको मन्दिर पनि छ । त्यहाँ पनि पूजा हुने गर्दछ ।
ग्रामथान स्थललाई घेराबारा गर्न सके र व्यवस्थित बनाउन सके पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ । पछिल्लो समयमा स्थानीयले यहाँ वृक्षरोपण गरेका छन् ।
पूर्वपश्चिम राजमार्गबाट करीब ५ किलोमिटर दक्षिणमा यो क्षेत्र रहेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ पचामबाट लगभग ७ सय मिटर कच्ची बाटो हुँदै पूर्व लागेपछि किच्चकगढी पुगिन्छ ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login