Connect with us
Advertisement

अत्यावश्यक वस्तुको विक्रिवितरण पारदर्शी ढंगलेगर्न बेलवारी वाणिज्य सङ्घको अपील

Published

on

बेलबारी: उद्योग वाणिज्य सङ्घ बेलवारीले कारोना भाईरसको महामारीबाट सुरक्षीत रहँदै अत्यावश्यक वस्तुको विक्रिवितरण पारदर्शी ढंगले गर्न उद्योगी व्यवसायीहरुमा अपिल गरेको छ ।

कोरोना भाइरसको संक्रमणले विश्वभरीनै उद्योग व्यवसायमा असर गरिरहेको बताउदै संघले यस कठिन परिस्थितिमा सबै उद्योग व्यवसाय क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको तर्फ उद्योग वाणिज्य संघ बेलवारीले सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

उद्योग वाणीज्य संघले आईतवार जारी गरेको विज्ञप्तीमा भनीएको छ “अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनिटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रि वितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा उद्योग वाणिज्य संघ बेलवारीले आफ्ना सदस्य उद्योग प्रतिष्ठानहरू उद्यमी व्यवसायीहरू सबैमा हार्दिक आव्हान गर्दछ ।

साथै कोरोना भाइरसको महामारीबाट व्यापार व्यवसाय क्षेत्रमा पर्न गएको नोक्सानी प्रति उद्योग वाणिज्य संघ बेलवारीले गहीरो दुःख व्यक्त गरेको उद्योग वाणीज्य संघ बेलवारीका महासचिव विवेक मिश्रले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

Published

on

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।

सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।

सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।

Continue Reading

Banner

बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी

Published

on

विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक