कोशी प्रदेश
पीएलओ लुब्रिकेन्टद्वारा सलकपुरमा ७० बेडको क्वारेन्टाइन निर्माण
विराटचोकः विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) का सङ्क्रमितको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले पूर्वाञ्चल ल्युब आयल प्रालि (पीएलओ) ले सलकपुरमा ७० ओटा बेड भएको क्वारेन्टाइन निर्माण गरेको छ ।
वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टग्राम कभर्ड हलमा ७० बेडको क्वारेन्टाइन निर्माण गरी नगरप्रमुुख शिवप्रसाद ढकाललाई पीएलोका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले चाबी हस्तान्तरण गरेका छन् ।

चाबी ग्रहण गर्दै मेयर ढकालले आवश्यक परेको खण्डमा सो क्वारेन्टाइनलाई नगरपालिकाले सञ्चालन गर्ने बताए ।
महामारी फैलिएमा र अस्पतालमा बेडको अभाव भएमा सो स्थानबाट सबै सेवा सञ्चालन गर्न मिल्ने गरी क्वारेन्टाइन निर्माण गरिएको समेत निर्देशक दुलालले बताए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष खेम न्यौपाने पनि उपस्थित थिए ।
विश्वमा कोरोना सङ्क्रमणले भयावह अवस्था लिने देखिएकाले होम क्वारेन्टाइनमा बस्न समेत दुलालले सबैलाई अनुरोध गरेका छन् ।
यसैगरी, आफ्ना कम्पनीमा कार्यरत कर्मचारीलाई निःशुल्क मास्क, पञ्जा र सेनिटाइजर वितरण गरिएको उनले बताए । वडा नम्बर ८ मा रहेका केही परिवारलाई पनि उनले मास्क वितरण गरेका थिए । मास्क किन्न जान नपाएकालाई बस्तीमै गई मास्क वितरण गरिएको उनले बताए । मास्क वितरणका क्रममा कोरोनाका बारेमा सचेतना जगाउने काम पनि गरिएको उनले बताए ।
पीएलओले यसअघि सुन्दरहरैंचाका विभिन्न सार्वजनिक स्थानमा सेनिटाइजरसहित हात धुने धारा जडान गरेको थियो ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login