Connect with us
Advertisement

कोरोनाको कहरमा ६३ औं राष्ट्रिय सहकारी दिवस (सहकारी दिवस विशेष १)

Published

on

नेपालमा सहकारी अभियानको शुरुवात भएको दिन । विगत वर्षहरुमा यतिबेला सरकार, विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु तथा प्रारम्भिक सहकारी संस्थाहरु सहकारी दिवस मनाउने क्रममा रहेका हुन्थे । तर यतिबेलाको स्थिति फरक छ । सहकारी दिवस मनाउने तयारीमा रहेकै क्रममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यसरी आयो की ? सारा विश्व त्राही त्राही छ । चीनको एउटा प्रान्तबाट २०१९ डिसेम्बरबाट शुरु भएको कोरोना संक्रमणले यतिबेला विश्व त्रासमा छ ।

मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने थिमका साथ यस वर्ष भव्य रुपमा दिवस मनाउने तयारीमा रहेका देशभरका सहकारी अभियानकर्मीहरु लकडाउनका कारण खुम्चेर बसेका छन् । नेपालमा सहकारीको शुरुवात भएको २०१३ चैत २० गतेका दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको छ । यस पटक ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ लगायत सहकारी सम्बद्ध संघ संस्थाहरुले सहकारी दिवस मनाउने तयारी स्वरुप मुल समारोह समिति गठन गरेका, गर्ने तयारीमा रहेकाहरुले सहकारी दिवस भन्दा सदस्यहरु र आम जनताका लागि कोरोना विरुद्धको अभियानमा जुटेका छन् ।

नेपालमा ३४ हजार ७ सय ३७ प्रारम्भिक सहकारी संस्थाहरु, ७० वटा जिल्ला सहकारी संघहरु, २ सय ५३ वटा विषयगत जिल्ला सहकारी संघहरु, २० वटा केन्द्रीय संघहरु, एउटा राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ सहित देशभर ३५ हजार ८२ सहकारी संघ संस्था रहेको विभागको पछिल्लो तथ्यांक छ । करिब ६३ लाख जनाको सहभागिता रहेको सहकारीमा २ लाख ४७ हजार ८ सय २७ जना सञ्चालक समितिका पदाधिकारी सदस्यहरु, ६० हजार ५ सय १७ कर्मचारी रहेको विभागको तथ्यांकमा उल्लेख छ । सहकारीहरुले ७६ अर्ब भन्दा बढी शेयर पूँजि, ३ खर्ब ४५ अर्ब भन्दा बढी निक्षेप र ३ खर्ब ३२ अर्ब भन्दा बढी ऋण लगानी गरेका छन् । वित्तीय सहकारीहरुको तथ्यांक जस्तै उत्पादनका सहकारीहरुले कृषि, फलफूल, दुग्ध लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । सेवा क्षेत्रका सहकारीहरुले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेका छन् । उत्पादन र सेवा क्षेत्रका सहकारीहरुको योगदानको सही तथ्यांक सार्वजनिक हुन सकिरहेको छैन ।

विगत वर्षहरुमा सहकारी दिवसका सन्दर्भमा गरिने कार्यक्रमहरुमा सहकारीहरुले गरेका यस्तै काम र योगदानका बारेमा चर्चा परिचर्चाहरु हुने गर्थे । यतिबेला परिस्थिति फरक छ, सहकारीहरु आफ्ना सदस्यहरुलाई सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने अभियानमा लागेको अवस्था छ । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरु र आम जनतालाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्ने, आवश्यक परेको अवस्थामा आर्थिक तथा अन्य सहयोग गर्ने, संक्रमणको शंका लागेकाहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउने, खाद्यान्न, दुध, कृषिजन्य वस्तु लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सहयोग गर्नुका साथै सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाहरुमार्फत उपचारमा सघाउने काम गरेका छन् । सहकारीहरुले आफ्नो तर्फबाट राज्यले बनाएका कोषहरुमा आर्थिक सहयोग गरेर समेत योगदान गरेका छन् । विगत वर्षहरुमा उल्लासमय वातावरणमा मनाउने गरेको सहकारी दिवस यस वर्ष लकडाउनमै विताउनु पर्दा सहकारीकर्मीहरु चिन्तित छन् । सारा विश्व कोरोनाको कहरसंग जुधिरहेको अवस्थामा सहकारी अभियान पनि त्यसबाट पर रहन सक्दैन । यस वर्षको सहकारी दिवस कोरोनाको कहरमै बित्ने भएको छ ।

सहकारी दिवस कसरी मनाउने अभियानकर्मीहरुमा छलफलको विषय बनेको छ । यसै सन्दर्भमा यस पटकको सहकारी दिवसका अवसरमा सिंगो सहकारी अभियानलाई सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग गर्न सकेमा थप प्रभावकारी हुन सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय पद्मा कुमारी अर्यालले सहकारीहरुको तर्फबाट राज्यले सञ्चालन गरेको कोरोना विरुद्धको अभियानमा योगदान गर्न आव्हान गर्नु भएको छ । यतिबेला तीन तहका सरकारहरु कोरोना विरुद्ध जुटिरहेका छन् । सबै तहले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरी सहयोगको आव्हान गरिरहेका छन् । सरकारले विनियोजन गरेका अन्य बजेटहरु रकमान्तर गरी कोरोना निन्यत्रण र उपचारमा लगाउनुका साथै विदेशबाट ऋण ल्याउने निर्णय समेत गरेको छ । सिंगो देश कोरोनाको रोकथाम र उपचारमा केन्द्रीत भएको समयमा सहकारीहरुको थप प्रभावकारी कदम हुन्छ ।

विगतमा सहकारी दिवसमा प्रभातफेरी, ¥याली, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, रक्तदान लगायत रचनात्मक, सिर्जनात्मक कामका लागि ठुलै खर्च गरिन्थ्यो । प्राय सहकारीहरुले दिवसका अवसरमा आयोजित कार्यक्रमका लागि व्यानर, प्लेकार्ड लगायत सामग्री बनाउने गर्दथे । औपचारिक अनौपचारिक कार्यक्रमका लागि सहकारी क्षेत्रबाट गरिने खर्चको एकिन तथ्यांक कसैसंग छैन । राज्यसंग देशभरका सहकारीको नै सही तथ्यांक छैन भने सहकारीहरुले सहकारी दिवसमा गर्ने खर्चको तथ्यांक हुने कुरै भएन । सहकारीहरुले सहकारी दिवसका लागि बजेट नै व्यवस्था गरेका हुन्छन् । त्यो बजेटलाई सबै मिलेर एकत्रित रुपमा कोरोना विरुद्धको अभियानमा जोड्ने हो भने सहकारीको योगदान स्मरण गर्न सक्ने खालको हुन सक्छ ।

प्रत्येक सहकारीले सहकारी दिवसमा गर्ने खर्च कोरोना विरुद्धको अभियानमा लगाउने र त्यसको तथ्यांक राष्ट्रिय सहकारी महासंघले राख्ने हो भने सहकारीको एकमुष्ट योगदान देखिन सक्छ । राज्यलाई परेको अप्ठेरोमा अभियानको अगुवाई गर्ने राष्ट्रिय सहकारी महासंघले योजना बनाएर आव्हान गर्ने र जिल्ला सहकारी संघहरुले त्यसलाई व्यवस्थापन गर्ने हो भने सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ ।

तिन तहका सरकार छन्, सहकारीहरु पनि ति तिन तहका सरकारको मातहतमा छन् । महासंघको आव्हानमा सबै सहकारीहरुलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोगका लागि आव्हान गर्ने, तीन वटा तह अन्तरगतका सहकारीहरुले संकलन गरेको रकम मध्ये स्थानीय तह अन्तरगतका सहकारीमार्फत संकलित स्थानीय तह, प्रदेश अन्तरगत संकलित रकम प्रदेश सरकार र संघ अन्तरगत संकलित रकम संघीय सरकारलाई सहयोग गर्ने र त्यसको एकमुष्ट हिसाव महासंघले राखेर चैत २० गते सहकारी अभियानका तर्फबाट राज्यलाई गरिएको सहयोग घोषणा गर्न तर्फ लागौ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुटेका स्थानीय स्तरका स्वास्थ्य संस्थाहरु, खाद्यान्न, दुध, कृषिजन्य पदार्थ, फोहोर व्यवस्थापन लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सक्रिय सहकारी संघ संस्थाहरु लगायत अन्य संस्थाहरु, वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार मध्ये कसैलाई सहकारी संघ संस्थाको तर्फबाट आर्थिक लगायत अति आवश्यक सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने र त्यसको अभिलेख जिल्ला सहकारी संघहरुमार्फत राष्ट्रिय सहकारी महासंघमा संकलन गर्न सके यस पटकको सहकारी दिवसको सान्दर्भिकता रहन्छ । सहकारीहरुले आ–आफ्नो तरिकाले आफु अनुकुलका संघ संस्था वा सरकारलाई सहयोग गर्ने र त्यसको अभिलेख सहकारी अभियानले राख्न सके आगामी दिनमा सहकारीको योगदान बढाउन पनि मद्दत पुग्दछ ।

विश्व समुदायमा देखिएको संवेदनशिल यो घडिमा पर्न गएको राष्ट्रिय सहकारी दिवसलाई आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, राज्यका सबै तहहरु र अप्ठेरोमा परेकाहरुलाई साथ दिने पर्वको रुपमा मनाउन सबैले ध्यान दिऔं । सहकारी दिवसका अवसरमा सबैमा शुभकामना ।- सहकारी खबर डट कमबाट 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनचाँदीको मूल्य घट्यो

Published

on

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

Continue Reading

Banner

राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

Published

on

राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

आज देशको राजनीतिक बहस भ्रष्टाचार, शक्ति संघर्ष र सत्ताकेन्द्रित प्रतिस्पर्धामा अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान, अदालतका बहस र संसदभित्रका आरोप–प्रत्यारोपबीच नागरिक विश्वास क्रमशः कमजोर बन्दै गएको छ । यस्तो समयमा एउटा सामान्य देखिने तर अर्थपूर्ण कागजातले फरक प्रश्न उठाएको छः राजनीति सेवा हो कि सुविधा ?

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखाले २०८३ असार ४ गते जारी गरेको पत्रमा उल्लेख भएअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनिलकुमार शर्माले आफ्नो कार्यकालभर संसद् सचिवालयबाट उपलब्ध हुने कुनै पनि प्रकारको तलब, भत्ता तथा सुविधा ग्रहण गरेनन् । उनले आफ्नो कार्यकालभर राज्यबाट एक रुपैयाँ तलबभत्ता समेत नलिई अनवरत जनताको पक्षमा काम गरे ।

राजनीतिलाई धेरैले अवसर, पहुँच र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा हेर्ने परिप्रेक्ष्यमा राज्यले दिने सेवा–सुविधा अस्वीकार गर्नु आफैँमा दुर्लभ अभ्यास हो । अझ सांसद पदमा रहँदा तलबभत्ता नलिनु नेपाली राजनीतिक इतिहासमै विरलै देखिने उदाहरणमध्ये एक मानिन्छ ।

शर्मा संसदभित्र सक्रिय सांसदका रूपमा परिचित थिए । स्वास्थ्य सेवा, स्वास्थ्य बीमा विस्तार, मेडिकल शिक्षामा पहुँच र नागरिकको आधारभूत स्वास्थ्य अधिकारका विषयमा उनले निरन्तर आवाज उठाएका थिए । उनका अभिव्यक्तिहरू प्रायः जनसरोकारका मुद्दामा केन्द्रित हुने गर्थे ।

राजनीतिक भूमिकासँगै उनी स्वास्थ्य क्षेत्रमार्फत सामाजिक सेवामा पनि संलग्न छन् । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालसँग आबद्ध शर्माले आर्थिक अभावका कारण उपचार नपाउने बिरामीलाई सहयोग गर्ने गतिविधिहरू गर्दै आएको चर्चा हुने गर्छ ।

मिर्गौला प्रत्यारोपणदेखि आकस्मिक उपचारसम्म, आर्थिक संकटमा परेका बिरामीहरूलाई सहयोग गरेको उदाहरणहरू सार्वजनिक रूपमा उल्लेख गरिन्छ । शर्मा अहिले पनि हजारौँ गरिब, असहाय र विपन्न नागरिकका लागि आशाको केन्द्र बनिरहेका छन् । मिर्गौला प्रत्यारोपण गर्न नसकेर मृत्यु पर्खिरहेका बिरामीलाई जीवन दिने कामदेखि आर्थिक अभावमा उपचार गराउन नसक्ने परिवारसम्म पुगेर सहयोग गर्ने उनको अभियान आज पनि निरन्तर छ ।

शर्माको राजनीतिक शैली चुनाव जितेपछि मात्र होइन, पद बाहिर हुँदा पनि निरन्तर सक्रिय देखिन्छ । पद, शक्ति र सुरक्षाको घेराबन्दी बाहिर पनि जनसरोकारका काममा सक्रिय रहनु उनको राजनीतिक अभ्यासको विशेषता मानिन्छ ।

आजको राजनीतिक वातावरणमा संसद् र सरकारका समाचार प्रायः विवाद, आरोप र शक्ति संघर्षमा केन्द्रित हुने गर्छन् । यस्तो पृष्ठभूमिमा संघीय संसद् सचिवालयको उक्त पत्रले प्रश्न उठाएको छ– राजनीति अन्ततः जनताको सेवा हो कि व्यक्तिगत अवसरको व्यवस्थापन ? यो प्रश्नको जवाफ भने पूर्व सांसद शर्माले जनताको सेवा गरेर दिएका छन् ।

शर्माको राजनीतिक शैलीलाई धेरैले राजनीतिक इमानदारी र सेवाभावको संकेतका रूपमा हेर्छन् । उसो त, यसलाई व्यक्तिगत अभ्यासका रूपमा मात्र व्याख्या पनि गर्ने गरिन्छ । तर पद र शक्तिको दुरुपयोग नगरी जनताको सेवामा खटिने शर्माले आफ्नो कार्यकालभरि संसदीय गतिविधि मात्रै नभएर जनताको सेवालाई प्राथमिकतामा राखे ।

तर जे भए पनि एउटा तथ्य भने स्पष्ट छ, राजनीतिमा असामान्य अभ्यासहरूले नै सामान्य बहसलाई पुनर्जीवित गर्ने गर्छन् । राजनीतिमा नाम पदका कारण होइन, व्यवहारका कारण स्मरणीय बन्ने गर्छ भन्ने तर्कलाई शर्माको अभ्यासले थप एउटा उदाहरण दिएको छ ।

शर्माको यो अभ्यास प्रशंसाको विषय मात्र होइन, बहसको विषय पनि हो । सार्वजनिक पदमा रहेर सेवा–सुविधा नलिनु नै आदर्श राजनीतिक चरित्र त हो नै यससँगै प्रणालीभित्र सुधार आवश्यकता पनि उत्तिकै जरुरी छ । राजनीति व्यक्तिगत त्यागमा भर पर्नु उपयुक्त भए पनि संस्थागत पारदर्शिता र जबाफदेहिता नै मुख्य कुरा हो ।

Continue Reading

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक