अर्थ
कोरोनाको कहरमा ६३ औं राष्ट्रिय सहकारी दिवस (सहकारी दिवस विशेष १)
नेपालमा सहकारी अभियानको शुरुवात भएको दिन । विगत वर्षहरुमा यतिबेला सरकार, विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु तथा प्रारम्भिक सहकारी संस्थाहरु सहकारी दिवस मनाउने क्रममा रहेका हुन्थे । तर यतिबेलाको स्थिति फरक छ । सहकारी दिवस मनाउने तयारीमा रहेकै क्रममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यसरी आयो की ? सारा विश्व त्राही त्राही छ । चीनको एउटा प्रान्तबाट २०१९ डिसेम्बरबाट शुरु भएको कोरोना संक्रमणले यतिबेला विश्व त्रासमा छ ।
मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने थिमका साथ यस वर्ष भव्य रुपमा दिवस मनाउने तयारीमा रहेका देशभरका सहकारी अभियानकर्मीहरु लकडाउनका कारण खुम्चेर बसेका छन् । नेपालमा सहकारीको शुरुवात भएको २०१३ चैत २० गतेका दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको छ । यस पटक ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ लगायत सहकारी सम्बद्ध संघ संस्थाहरुले सहकारी दिवस मनाउने तयारी स्वरुप मुल समारोह समिति गठन गरेका, गर्ने तयारीमा रहेकाहरुले सहकारी दिवस भन्दा सदस्यहरु र आम जनताका लागि कोरोना विरुद्धको अभियानमा जुटेका छन् ।
नेपालमा ३४ हजार ७ सय ३७ प्रारम्भिक सहकारी संस्थाहरु, ७० वटा जिल्ला सहकारी संघहरु, २ सय ५३ वटा विषयगत जिल्ला सहकारी संघहरु, २० वटा केन्द्रीय संघहरु, एउटा राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ सहित देशभर ३५ हजार ८२ सहकारी संघ संस्था रहेको विभागको पछिल्लो तथ्यांक छ । करिब ६३ लाख जनाको सहभागिता रहेको सहकारीमा २ लाख ४७ हजार ८ सय २७ जना सञ्चालक समितिका पदाधिकारी सदस्यहरु, ६० हजार ५ सय १७ कर्मचारी रहेको विभागको तथ्यांकमा उल्लेख छ । सहकारीहरुले ७६ अर्ब भन्दा बढी शेयर पूँजि, ३ खर्ब ४५ अर्ब भन्दा बढी निक्षेप र ३ खर्ब ३२ अर्ब भन्दा बढी ऋण लगानी गरेका छन् । वित्तीय सहकारीहरुको तथ्यांक जस्तै उत्पादनका सहकारीहरुले कृषि, फलफूल, दुग्ध लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । सेवा क्षेत्रका सहकारीहरुले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेका छन् । उत्पादन र सेवा क्षेत्रका सहकारीहरुको योगदानको सही तथ्यांक सार्वजनिक हुन सकिरहेको छैन ।
विगत वर्षहरुमा सहकारी दिवसका सन्दर्भमा गरिने कार्यक्रमहरुमा सहकारीहरुले गरेका यस्तै काम र योगदानका बारेमा चर्चा परिचर्चाहरु हुने गर्थे । यतिबेला परिस्थिति फरक छ, सहकारीहरु आफ्ना सदस्यहरुलाई सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने अभियानमा लागेको अवस्था छ । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरु र आम जनतालाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्ने, आवश्यक परेको अवस्थामा आर्थिक तथा अन्य सहयोग गर्ने, संक्रमणको शंका लागेकाहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउने, खाद्यान्न, दुध, कृषिजन्य वस्तु लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सहयोग गर्नुका साथै सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाहरुमार्फत उपचारमा सघाउने काम गरेका छन् । सहकारीहरुले आफ्नो तर्फबाट राज्यले बनाएका कोषहरुमा आर्थिक सहयोग गरेर समेत योगदान गरेका छन् । विगत वर्षहरुमा उल्लासमय वातावरणमा मनाउने गरेको सहकारी दिवस यस वर्ष लकडाउनमै विताउनु पर्दा सहकारीकर्मीहरु चिन्तित छन् । सारा विश्व कोरोनाको कहरसंग जुधिरहेको अवस्थामा सहकारी अभियान पनि त्यसबाट पर रहन सक्दैन । यस वर्षको सहकारी दिवस कोरोनाको कहरमै बित्ने भएको छ ।
सहकारी दिवस कसरी मनाउने अभियानकर्मीहरुमा छलफलको विषय बनेको छ । यसै सन्दर्भमा यस पटकको सहकारी दिवसका अवसरमा सिंगो सहकारी अभियानलाई सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग गर्न सकेमा थप प्रभावकारी हुन सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय पद्मा कुमारी अर्यालले सहकारीहरुको तर्फबाट राज्यले सञ्चालन गरेको कोरोना विरुद्धको अभियानमा योगदान गर्न आव्हान गर्नु भएको छ । यतिबेला तीन तहका सरकारहरु कोरोना विरुद्ध जुटिरहेका छन् । सबै तहले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरी सहयोगको आव्हान गरिरहेका छन् । सरकारले विनियोजन गरेका अन्य बजेटहरु रकमान्तर गरी कोरोना निन्यत्रण र उपचारमा लगाउनुका साथै विदेशबाट ऋण ल्याउने निर्णय समेत गरेको छ । सिंगो देश कोरोनाको रोकथाम र उपचारमा केन्द्रीत भएको समयमा सहकारीहरुको थप प्रभावकारी कदम हुन्छ ।
विगतमा सहकारी दिवसमा प्रभातफेरी, ¥याली, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, रक्तदान लगायत रचनात्मक, सिर्जनात्मक कामका लागि ठुलै खर्च गरिन्थ्यो । प्राय सहकारीहरुले दिवसका अवसरमा आयोजित कार्यक्रमका लागि व्यानर, प्लेकार्ड लगायत सामग्री बनाउने गर्दथे । औपचारिक अनौपचारिक कार्यक्रमका लागि सहकारी क्षेत्रबाट गरिने खर्चको एकिन तथ्यांक कसैसंग छैन । राज्यसंग देशभरका सहकारीको नै सही तथ्यांक छैन भने सहकारीहरुले सहकारी दिवसमा गर्ने खर्चको तथ्यांक हुने कुरै भएन । सहकारीहरुले सहकारी दिवसका लागि बजेट नै व्यवस्था गरेका हुन्छन् । त्यो बजेटलाई सबै मिलेर एकत्रित रुपमा कोरोना विरुद्धको अभियानमा जोड्ने हो भने सहकारीको योगदान स्मरण गर्न सक्ने खालको हुन सक्छ ।
प्रत्येक सहकारीले सहकारी दिवसमा गर्ने खर्च कोरोना विरुद्धको अभियानमा लगाउने र त्यसको तथ्यांक राष्ट्रिय सहकारी महासंघले राख्ने हो भने सहकारीको एकमुष्ट योगदान देखिन सक्छ । राज्यलाई परेको अप्ठेरोमा अभियानको अगुवाई गर्ने राष्ट्रिय सहकारी महासंघले योजना बनाएर आव्हान गर्ने र जिल्ला सहकारी संघहरुले त्यसलाई व्यवस्थापन गर्ने हो भने सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ ।
तिन तहका सरकार छन्, सहकारीहरु पनि ति तिन तहका सरकारको मातहतमा छन् । महासंघको आव्हानमा सबै सहकारीहरुलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोगका लागि आव्हान गर्ने, तीन वटा तह अन्तरगतका सहकारीहरुले संकलन गरेको रकम मध्ये स्थानीय तह अन्तरगतका सहकारीमार्फत संकलित स्थानीय तह, प्रदेश अन्तरगत संकलित रकम प्रदेश सरकार र संघ अन्तरगत संकलित रकम संघीय सरकारलाई सहयोग गर्ने र त्यसको एकमुष्ट हिसाव महासंघले राखेर चैत २० गते सहकारी अभियानका तर्फबाट राज्यलाई गरिएको सहयोग घोषणा गर्न तर्फ लागौ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुटेका स्थानीय स्तरका स्वास्थ्य संस्थाहरु, खाद्यान्न, दुध, कृषिजन्य पदार्थ, फोहोर व्यवस्थापन लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सक्रिय सहकारी संघ संस्थाहरु लगायत अन्य संस्थाहरु, वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार मध्ये कसैलाई सहकारी संघ संस्थाको तर्फबाट आर्थिक लगायत अति आवश्यक सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने र त्यसको अभिलेख जिल्ला सहकारी संघहरुमार्फत राष्ट्रिय सहकारी महासंघमा संकलन गर्न सके यस पटकको सहकारी दिवसको सान्दर्भिकता रहन्छ । सहकारीहरुले आ–आफ्नो तरिकाले आफु अनुकुलका संघ संस्था वा सरकारलाई सहयोग गर्ने र त्यसको अभिलेख सहकारी अभियानले राख्न सके आगामी दिनमा सहकारीको योगदान बढाउन पनि मद्दत पुग्दछ ।
विश्व समुदायमा देखिएको संवेदनशिल यो घडिमा पर्न गएको राष्ट्रिय सहकारी दिवसलाई आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, राज्यका सबै तहहरु र अप्ठेरोमा परेकाहरुलाई साथ दिने पर्वको रुपमा मनाउन सबैले ध्यान दिऔं । सहकारी दिवसका अवसरमा सबैमा शुभकामना ।- सहकारी खबर डट कमबाट
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login