Connect with us
Advertisement
Advertisement

प्रहरी र सिकारीबीच गोली हानाहान, २ थान भरुवा बन्दुकसहित ३ जना सिकारी पक्राउ

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना सिकारी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र सशस्त्र वन रक्षक डिभिजन वन कार्यालय सलकपुरको संयुक्त टोलीले २ नाल भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, सोही ठाउँका २७ वर्षीय किसान कार्की र झापाको धाइजनका २७ वर्षीय किरण धिमाल रहेका छन् ।

सलकपुर र केराबारीका गरी ४० जना जतिको समूहमा सिकार खेलिरहेको थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुरका सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराईको नेतृत्वमा गएको टोलीलाई देखेपछि सिकारीले फायर गरेका थिए । सिकारीको संख्या ठूलो भएको र हतियारसहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बलबाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको बताइएको छ ।

वन रक्षकबाट ७ राउण्ड, सशस्त्र प्रहरीबाट १ राउण्ड र सिकारीबाट ९ राउण्ड फायर भएको प्रहरी निरीक्षक भट्टराईले बताए । सिकारीको साथबाट २ सय ग्राम बारुद र एउटा मोबाइल बरामद गरिएकाे छ । नियन्त्रणमा लिइएका सिकारीलाई कानुनी कार्वाहीका लागि प्रक्रिया अघि बढाइने सब डिभिजन बन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले बताए ।

Continue Reading

Facebook Comment

Advertisement
17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ताप्लेजुङमा २ जना सहायक वन अधिकृत २ लाख रुपैयाँ घुससहित पक्राउ

Published

on

विराटचोकः डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत जीवनकुमार यादव र सब डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साह २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जडीबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

दुवै जनाले १÷१ लाख रुपैयाँ घुसबापत लिइसकेको अवस्थामा सो रकमसहित डिभिजन वन कार्यालय, ताप्लेजुङ परिसरबाट उनीहरु हिजो मंगलबार पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

इनरुवाका प्रमुख मालपोत अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा (अख्तियारको विज्ञप्तिसहित)

ललितपुरका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड २७ लाख बिगो दाबी

Continue Reading

Banner

ललितपुरका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड २७ लाख बिगो दाबी

Published

on

काठमाडौंः सुनसरी मालपोतका अधिकृतलगायतले राजश्व छली गरेको भनी मुद्दा दायर भएको २ दिनपछि मंगलबार ललितपुरका मालपोत अधिकृतलाई भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

१० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा, जग्गा तथा शेयर बिक्री सबै गर्दा ४ करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरेको देखिने अख्तियारले जनाएको छ । तर, सो अवधिमा उनले गरेको खर्चसहित सम्पत्तिको मूल्यांकन भने १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ भएको छ ।

ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको पाइएको छ । गैरकानुनी रुपमा कमाएको रकम लुकाउन अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोलेर आफूले सञ्चालन गरेको पाइएको छ । सो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले बताएको छ ।

ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

इनरुवाका प्रमुख मालपोत अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा (अख्तियारको विज्ञप्तिसहित)

Continue Reading

Banner

सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्ति पक्राउ, यस्तो लेखेका थिए

Published

on

विराटचोकः सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट अफवाह फैलाएको आरोपमा १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा बुधबार इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ सुन्दरहरैचा– ९ का दीपक भनिने चेतनाथ देवकोटालाई पक्राउ गरेको हो । देवकोटाले सुन्दरहरैंचा नगरपालिकास्थित झरना पुलमा भएको सवारी दुर्घटनाको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेका थिए ।

दुर्घटना भएको विषयमा तथ्यसत्य नबुझी देवकोटाले एम्बुलेन्सले ठक्कर दिएको भनी सामाजिक सञ्जालमा अफवाह फैलाएका थिए । प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा साइकल र मोटरसाइकल ठक्कर भई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताएको छ । घटनाको सत्यतथ्य नबुझी सामाजिक सद्भाव भड्किने र झुटो सूचना सम्प्रेषण गरेको आरोपमा देवकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

देवकोटालाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जानकारी दिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक