कोशी प्रदेश
घरको छतमा कसरी सम्भव भयो अमला, कागतीदेखि केरा खेती
विराटचोकः लकडाउनका कारण अहिले तरकारीको भाउ महङ्गिएको छ । तरकारी लिन पसलसम्म जान पनि कोरोना संक्रमणको डर हुन्छ । तरकारी पसलसम्म कसरी सुरक्षित तरिकाले जाने र फर्किने भन्ने डर मनमा रहिरहेको हुन्छ ।

तर, यस्तो समयमा पनि आफ्नै घरको छतमा गरिएको कौसी खेतीका कारण यो त्रासदेखि पर रही लकडाउनको पूर्ण पालना गर्ने परिवार पनि पाइन्छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ बस्ने गोविन्द आचार्यले घरको छतमा खेती गरेर अर्गानिक सागसब्जी खाने गरेका छन् । यो खेती गर्नका लागि लागत धेरै लाग्दैन ।

‘माछाको सामान्य क्रेट, बाल्टी, गमला लगायतले नै हुन्छ,’ आचार्यले भने, ‘यहाँ मेरोमा माछाको क्रेट २० ओटा जति छ ।’ उनको छतमा कागती, आँप, वन अमला, अम्बा, केरा, उखु, नीमपत्ता, मुन्तला, अङ्गुर, अनार, सजिवन, वरपीपल आदि रहेका छन् । वास्तुशास्त्रअनुसार शुभ मानिने र सकारात्मक ऊर्जा दिने भएकाले केरा, उखु लगाएको उनी बताउँछन् ।

सुन्तलाजस्तै देखिने अमिलो जातको फल मुन्तला उनको कौसीमा फलेको छ । ‘यो सिमटस भेराइटी भन्छ । यो चाहिँ अर्नामेन्टल प्लान्ट नै हो,’ उनले भने, ‘सुन्तला नै चाहिँ अलि गारो हुन्छ ।’ किन्नो जातको पाकिस्तानी भेराइटीको पाकिस्तानी सुन्तला चाहिँ फलाएको उनी बताउँछन् । नेपालमा हुने सुन्तला भने यो मौसममा नफल्ने उनले बताए ।

यसरी खेती गर्नुको उद्देश्य पनि उनले बताए । बजार क्षेत्रमा अलि बढी धुँवाधुलो हुने र हरियाली नदेखिने हुनलो अक्सिजन कमी भएर लाग्ने विभिन्न रोग लाग्छन् ।
‘यसरी सबैको घरमा सब्जी र फलफूल रोप्ने हो भने शहर नै हरियाली हुन्छ र घरमा बस्दा कसरत पनि हुन्छ’, उनले भने, ‘शरीरलाई फुर्तिलो बनाउन व्यायाम आवश्यक छ ।’ घरमा भएका १ सय गमलालाई सिँचाइ गर्दै विभिन्न फूलको बास्ना अनि फूल देख्दा धेरै रोग आफैँ निको भएको आभास समेत यसले दिलाउने उनको बुझाइ छ । दैनिक २ घण्टा समय निकालेर सबै फलफूललाई स्याहार्न सकिने उनकी श्रीमती लक्ष्मी आचार्य बताउँछिन् ।
उनले स्कुस, तोरी, रायो, लट्टे, जिम्मु, धनियाँ, पुदिना, सिमी, बोडी, बेथु, तितेकरेला, पान, कच्छु, ड्रागन फुड, खुर्सानी, लगायत धेरै प्रकारका तरकारी घरभित्रै फलाएको देख्दा बाटो हिँड्ने जो कोहीको आँखा त्यही छतमा पुग्ने गर्दछ ।
कसरी गर्ने घरको छतमा खेती
सामान्यतः माछा ल्याइने क्रेटमा माटो प्रयोग गरेर खेती गर्ने गरिन्छ । माटो र बजारमा पाइने नरिवलको काेकोपिट, मिसाएर प्रयोग गर्दा सिँचाइ गर्न सजिलो हुन्छ । दैनिक पानी लगाउनेभन्दा पनि मौसमअनुसार पानी लगाउनुपर्छ ।

प्राङ्गारिक पदार्थ भएको दोमट माटो प्रयोग गर्ने र चिम्ट्याइलो माटो भए ४० प्रतिशत माटो, ४० प्रतिशत मल र २० प्रतिशत बालुवा हाल्नुपर्ने हुन्छ । मल्चिङ गरेर घरबाट निस्किएको कुहिने फोहोर व्यवस्थापन गर्न पनि यो खेती राम्रो हुन्छ । कौसी खेती गर्न उनी सबैलाई अग्रहसमेत गर्दछन् ।
अहिलेको सिजनमा भिण्डी, काँक्रो, लट्टे, र अलि पछि घिरौँला, तीतेकरेला लगाउँदा हुन्छ । कुरिलो स्वस्थकर भएकाले सबैले यसलाई रोपेर सेवन गर्दा स्वास्थ्यलाई राम्रो हुने उनी बताउँछन् ।
(आचार्य कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख हुन् ।)
Facebook Comment
Banner
डा. सुनील शर्माले सम्हाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व, १ हजार विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।
पितातुल्य राजनीतिक अभिभावक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि केवल पद नभई ठूलो जिम्मेवारी र भावनात्मक क्षण भएको डा. शर्माले बताए।
“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भने।
गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गर्ने कामबाट स्वर्गीय गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।
यसै अवसरमा डा. शर्माले स्वास्थ्य सेवामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण घोषणा पनि गरेका छन्। उनले यस वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अभियानलाई समेत अघि बढाउने डा. शर्माको घोषणाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गर्ने संकेत गरेको छ।
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login