कोशी प्रदेश
घरको छतमा कसरी सम्भव भयो अमला, कागतीदेखि केरा खेती
विराटचोकः लकडाउनका कारण अहिले तरकारीको भाउ महङ्गिएको छ । तरकारी लिन पसलसम्म जान पनि कोरोना संक्रमणको डर हुन्छ । तरकारी पसलसम्म कसरी सुरक्षित तरिकाले जाने र फर्किने भन्ने डर मनमा रहिरहेको हुन्छ ।

तर, यस्तो समयमा पनि आफ्नै घरको छतमा गरिएको कौसी खेतीका कारण यो त्रासदेखि पर रही लकडाउनको पूर्ण पालना गर्ने परिवार पनि पाइन्छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ बस्ने गोविन्द आचार्यले घरको छतमा खेती गरेर अर्गानिक सागसब्जी खाने गरेका छन् । यो खेती गर्नका लागि लागत धेरै लाग्दैन ।

‘माछाको सामान्य क्रेट, बाल्टी, गमला लगायतले नै हुन्छ,’ आचार्यले भने, ‘यहाँ मेरोमा माछाको क्रेट २० ओटा जति छ ।’ उनको छतमा कागती, आँप, वन अमला, अम्बा, केरा, उखु, नीमपत्ता, मुन्तला, अङ्गुर, अनार, सजिवन, वरपीपल आदि रहेका छन् । वास्तुशास्त्रअनुसार शुभ मानिने र सकारात्मक ऊर्जा दिने भएकाले केरा, उखु लगाएको उनी बताउँछन् ।

सुन्तलाजस्तै देखिने अमिलो जातको फल मुन्तला उनको कौसीमा फलेको छ । ‘यो सिमटस भेराइटी भन्छ । यो चाहिँ अर्नामेन्टल प्लान्ट नै हो,’ उनले भने, ‘सुन्तला नै चाहिँ अलि गारो हुन्छ ।’ किन्नो जातको पाकिस्तानी भेराइटीको पाकिस्तानी सुन्तला चाहिँ फलाएको उनी बताउँछन् । नेपालमा हुने सुन्तला भने यो मौसममा नफल्ने उनले बताए ।

यसरी खेती गर्नुको उद्देश्य पनि उनले बताए । बजार क्षेत्रमा अलि बढी धुँवाधुलो हुने र हरियाली नदेखिने हुनलो अक्सिजन कमी भएर लाग्ने विभिन्न रोग लाग्छन् ।
‘यसरी सबैको घरमा सब्जी र फलफूल रोप्ने हो भने शहर नै हरियाली हुन्छ र घरमा बस्दा कसरत पनि हुन्छ’, उनले भने, ‘शरीरलाई फुर्तिलो बनाउन व्यायाम आवश्यक छ ।’ घरमा भएका १ सय गमलालाई सिँचाइ गर्दै विभिन्न फूलको बास्ना अनि फूल देख्दा धेरै रोग आफैँ निको भएको आभास समेत यसले दिलाउने उनको बुझाइ छ । दैनिक २ घण्टा समय निकालेर सबै फलफूललाई स्याहार्न सकिने उनकी श्रीमती लक्ष्मी आचार्य बताउँछिन् ।
उनले स्कुस, तोरी, रायो, लट्टे, जिम्मु, धनियाँ, पुदिना, सिमी, बोडी, बेथु, तितेकरेला, पान, कच्छु, ड्रागन फुड, खुर्सानी, लगायत धेरै प्रकारका तरकारी घरभित्रै फलाएको देख्दा बाटो हिँड्ने जो कोहीको आँखा त्यही छतमा पुग्ने गर्दछ ।
कसरी गर्ने घरको छतमा खेती
सामान्यतः माछा ल्याइने क्रेटमा माटो प्रयोग गरेर खेती गर्ने गरिन्छ । माटो र बजारमा पाइने नरिवलको काेकोपिट, मिसाएर प्रयोग गर्दा सिँचाइ गर्न सजिलो हुन्छ । दैनिक पानी लगाउनेभन्दा पनि मौसमअनुसार पानी लगाउनुपर्छ ।

प्राङ्गारिक पदार्थ भएको दोमट माटो प्रयोग गर्ने र चिम्ट्याइलो माटो भए ४० प्रतिशत माटो, ४० प्रतिशत मल र २० प्रतिशत बालुवा हाल्नुपर्ने हुन्छ । मल्चिङ गरेर घरबाट निस्किएको कुहिने फोहोर व्यवस्थापन गर्न पनि यो खेती राम्रो हुन्छ । कौसी खेती गर्न उनी सबैलाई अग्रहसमेत गर्दछन् ।
अहिलेको सिजनमा भिण्डी, काँक्रो, लट्टे, र अलि पछि घिरौँला, तीतेकरेला लगाउँदा हुन्छ । कुरिलो स्वस्थकर भएकाले सबैले यसलाई रोपेर सेवन गर्दा स्वास्थ्यलाई राम्रो हुने उनी बताउँछन् ।
(आचार्य कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख हुन् ।)
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login