Connect with us
Advertisement

कम विकसित मुलुकमा कोरोनाको सङ्क्रमण पनि किन कम ?

Published

on

चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।

मानव सभ्यतकै चुनौतीको रुपमा देख परेको कोरोना भाइरस चिन युरोप अमेरीका हुँदै हाम्रै देश नेपालमा समेत देखा परिसकेको अबस्था छ । यो सारा धर्तीका मानिसहरुले अहिले दुस्ख भोगीरहेका छन्, पीडा भोगीरहेका छन, आक्रान्त भोगीरहेका छन, भय भोगीरहेका छन की दुनियामा यो कोराना भाइरसलाई जित्ने कुनै औषधी बनेको छैन । यसको एउटै औषधी शरीरमा जन्मजात रुपमा लिएर आएका हुन्छौँ  “रोगप्रतिरोधात्मक क्षमता” त्यसलाई मजवुत बनाउनु हो ।

सम्पूर्ण संसारमा यो फैलिइ रहँदा, सम्पूर्ण मान्छेलाई आक्रान्त पारिरहँदा यसलाई अलि सुक्ष्म ढङ्गले नियालेर हेर्दा एउटा अद्‌भूतको चित्र अगाडि आउँछ । चिनबाट शुरु भएको यो माहामारी युरोप हुँदै अमेरिका फैलिएको छ, अफ्रिका फैलिएको छ र एशियाको त कुरै छोडौँ । अद्‌भूत कुरो यो छ की विकसित मुलुकका मान्छेहरु जहाँ मान्छेहरु बढी सभ्य, बढी शिक्षित, बढी वैज्ञानिक देखिन्छन त्यहिँका मान्छेहरु यसबाट बढी पिडित छन्, बढी मारिएका छन् ।

यो अबस्थामा हामीले बुझ्नु पर्ने कुरा के हो भने कोरोना भाइरसले एशियमा पनि आक्रमण गर्यो तर त्यति मान्छे मरेनन जति युरोपमा मरिरहेका छन् । अमेरिकामा जति फैलँदो छ त्यति अफ्रिकमा फैलँदो छैन ।

अफ्रिकामा थोरै भन्दा थोरै मान्छे मरिरहेका छन तुलनात्मक रुपमा हेर्ने हो भने । विकसित मानिसहरु र विकसित देशलाई मात्र निसाना बनाएर आएको भाइरस हो त कोरोना रु अनुमान गरेजस्तो यदि यो अफ्रिका जस्तो देशमा फैलियो भने, यदि यो नेपाल जस्तो देशमा फैलियो भने वा निम्न आयश्रोत भएको मुलुकमा फैलियो भने यसले ठूलो विनास गर्छ भन्ने पूर्वानुमान एक किसिमबाट सिथिल भएकोछ ।

यो नेपाल मात्र हैन अफ्रिकामा पनि त्यस्तो भयानक रुपलिन पाएको छैन । अब प्रश्न यो छ की किन यो कम विकसित मुलुकमा कमै फैलियो । माहामारी चर्को हुनु पर्ने, भटाभट मान्छे मर्नु पर्ने तर त्यस्तो देखिएन । यसको कारणलाई नियाल्दा हामीले विकसित मुलुकका मानिसको दिनचर्यालाई बुझ्नु पर्ने हन्छ ।

विकसित मुलुकमा मानिसहरु शारीरिक श्रम कम गर्छन् र मानसिक श्रम बढी गर्छन् । जहाँ मानसिक श्रम बढी भन्दा बढी हुन्छ, मानसिक दवाव बढी भन्दा बढी हुन्छ त्यहा स्वतस् मान्छे चिन्ताग्रस्त हुन्छ, तनावग्रस्त हुन्छ र टेन्सनको सिकार हुन्छ । जो मान्छेलाई तनावले गाज्छ दिनरात त्यो मान्छेको रोगप्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा कमजोर हुन्छ ।

रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि धेरै कुरामध्य सबभन्दा बलियो कुरा मानसिकता, सकरात्मकता, खुसी, आनन्द, सबै खालको सकरात्मक भावना हो । विकसित मुलुकमा मानसिक दवावको कारणले गर्दा यी कुराहरु खोसिएका हुन्छन् । यसकारण उनीहरुको रोगसँग लड्ने क्षमता कम हुनु स्वभाविक हो । दुनियामा भाइरसलाई जित्ने कुनै ‍औषधी बनेको छैन त्यसको एउटै औषधी भनेको हामीले जन्मजात रुपमा लिएर आएको नेचुरल किलर (रोगप्रतिरोधी क्षमता) बढाउनु हो । त्यसको सङ्ख्या बढदै जानु भनेको कोरोना र यसभन्दा पछि आउने भाइरसहरुबाट पनि बच्नु हो ।

यहाँबाट बुझ्नै पर्ने कुरा के हो भने मानसिक स्वास्थ्यलाई जोगाइ राख्नु र शरीरलाई चलाइ राख्नु आजको युगको आवश्यकता हो । एउटा दृष्टान्त हेरौँ वनस्पतिको शरीर र मानव शरीर दुबै प्राणि हो । वनस्पतिको शरीर धेरै चलायौँ भने भाचिन्छ तर मानव शरीर ठीक त्यसको उल्टो धेरै चलाएनौँ भने रुग्ण हुँदै जान्छ, रोगी हुदै हँदै जान्छ । कम विकसित मुलुकका मानिसहरुले बिहानदेखि बेलुकीसम्म मजदुरी गर्नु पर्छ, खेती गर्नु पर्छ ।

अझै पनि धेरै मेसिनको विकास, रोवटको विकास र पहुच नभएको कारणले शारीरिक परिश्रम गरिरहेका हुन्छन् र त्यो देशमा कोरोनाले कम आक्रान्त पारेको तथ्याङ्क हाम्रो अगाडि छ । यसबाट हामीले के सिक्न जरुरी छ भने कुनै न कुनै रुपले हाम्रो शरीरलाई चलायमान राख्नु जरुर छ र मनलाई शान्त र शन्तुलित राख्नका लागि ध्यान, प्राणायाम, भजनकिर्तन अथवा आध्यात्मिक प्रणालिका कुराहरु छन् जसले मनलाई शान्त राख्छ त्यो गर्न जरुर छ । शान्त मन र बलिष्ठ तन भयो भने हामीलाई कोरोना जस्ता भाइरसहरुले केही गर्न नसक्ने कुरा अहिले छर्लङ्ग भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।

वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Continue Reading

Banner

दुर्गा प्रसाईँ पक्राउ

Published

on

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।

Continue Reading

Banner

धनवन्तरी जयन्ती कि धनतेरस

Published

on

महाभारतका अनुसार समुद्र मन्थनद्वारा अमृतको कलशसँगै प्रकट भएका, विष्णुका १२ औं अवतार र ओखती (आयुर्वेद)का अधिष्ठाता, देवताहरूका वैद्य धन्वन्तरीको प्राकट्य दिवस÷कार्तिक कृष्ण त्रयोदशीलाई नै धन्वन्तरि जयन्ती भनिन्छ ।

यस दिनमा धन्वन्तरीको आराधनाबाट आयु, आरोग्य एवम् ऐश्वर्य प्राप्त हुने कुरा शास्त्रीय मान्यता हो । तर कुरा नै नबुझेर केही भारतीय व्यापारीले सामान बेच्न चलाएको धनतेरसको हल्लामा हल्लिन अहिले सामाजिक सञ्जालमा पनि यो र त्यो किन्नुपर्छ भन्दै घातक मलजल गरेको पाइन्छ ।

यसले पसलमा भीडभाड हुने त पक्का छ तर कुरा नबुझेर गरेको अन्धविश्वासले मात्रै न त संस्कार बच्दछ न ऐश्वर्यलाई नै बचाउन सकिन्छ । त्यसैले सचेत बनौ, महङ्गीका मारमा नफसौं । भगवान धन्वन्तरीले हामी सबैलाई तन र मनले स्वस्थ राखून्..।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक