कोशी प्रदेश
अत्यन्तै व्यवस्थित ढङ्गबाट सुन्दरहरैंचा एकमा राहत वितरण
विराटचोकः कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकार चैत्र ११ गतेबाट बन्दाबन्दी अर्थात् (लकडाउन) गरेको छ । लकडाउनका कारण सबै नागरिक घर भित्र बस्दा शहरमा दैनिक ज्यालादारी गरेर जीविका धान्नेहरु यतिबेला कसरी आफ्नो भोक मेटिरहेका होलान् ? कसरी बालबच्चाको भोक शान्त गरिरहेका होलान् ? कसरी दाल–चामल, ग्याँस आदिको जोहो गरिरहेका होलान् ? औषधि–उपचार कसरी गरिरहेका होलान् ? एकपटक सोचौँ त !
यहि कुरालाई मध्यनजर गर्दै केही हद सम्म राहत पुर्याउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने अति विपन्न, अपाङ्ग, एकल परिवालाई राहत सङ्कलन तथा वितरणलाई तिव्रता दिएको छ । नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालको संयोजकत्वमा नगर स्तरिय समिति निमार्ण गरेको छ । एकद्वार प्रणालीबाट वितरण तथा संकलन कार्य अहिले भइरहेको छ ।
यसै सन्दर्भमा बुधबार वडा नम्बर १ मा राहत वितरण गरीएको छ । वडा अध्यक्ष विनोदबहादुर बस्नेत लगायत वडा स्तरीय राहत वितरण समितिले घरघरमा गई यस अघि नै डाटा सङ्कलन गरेको थियो । वितरण प्रणालीलाई व्यवस्थित गर्न हिजो नै टोल अनुसारको समय सीमा निर्धारण गरी घर-घरमा कुपन वितरण गरिएको थियो । । सो कुपनका आधारमा बुधबार बिहान ८ बजे बाट वडा कार्यालयमा आएका परिवारलाई बितरण गरिएको हो । वडामा जम्मा ४ सय परिवारलाई राहत वितरण गरिएको छ ।
वडा नम्बर १ का अति विपन्न प्रति परिवार चामल २० किलो, दाल १ किलो र नुन १ किलो वितरण गरिएको वडा अध्यक्ष बस्नेतले बताए खाद्यान्न वितरण गर्दा भाइरस सक्रमण हुन सक्ने भएकाले गेटमा साबुनपानीले हात धुने र सेनिटाइजर लगाई दुरीकाय गरी वितरण गरिएको थियो । वितरण सहज बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षाको प्रवन्ध मिलाएको थियो । अध्यक्ष बस्नेतले यहाँ कोही पनि गलामा सिक्री र हातमा औँठी लगाउनेलाई राहत नदिइ अत्यन्त नाजुक र दयनीय अबस्था भएका नागरिकहरु छनौट गरी राहत वितरण गरेको बताउँदै यसमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरे ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login