Connect with us
Advertisement

शारिरिक आपङ्गता भएकी एकल बृद्धालाई राहतनै नदिई फर्काइदिए बडाअध्यक्ष भण्डारीले

Published

on

 पथरी  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण लागि जारी गरेको परिपत्रको खिल्ली उडादै राहत वितरण कार्य गरेका पथरी शनिश्चरे ४ का वडाध्यक्षले शारिरिक रुपमा अशक्त रहेकी एक बृद्धालाई रित्तो हात फर्काएका छन् । गत मंगलवार वडा नम्वर ४ ले लकडाउनको पिडामा रहेका ज्याला मजदुरी गरि जिवीको पार्जन गर्ने आफ्ना नगरीकलाई राहत वितरण गरेको थियो ।

वडाले वितरण गरेको राहत लिन पुगेकी एक शारिरिक रुपमा आपङ्गता भएकी एकल ६८ वर्षीय वृद्धा गोमादेवी थापालाई वडा अध्यक्ष गोविन्द भण्डारीले बृद्ध भत्ता आउछ राहत पाईदैन भन्दै फर्काको लकडाउन पिडित वृद्धाले बताईन । पिडित वृद्धालाई हामीले राहत वाडेको समयमा तपाई गएर राहत माग गर्नु भएन? भनेर प्रश्न गर्दा उहाँको प्रतिक्रिया यस्तो आयो जुन हामीले यहाँ जस्ताको तस्तै राखेका छौँ–“हैन जान त गए ऽऽऽऽ बृद्ध भत्ता पाउनेले रासिन पानी पाँउदैन ऽऽऽऽ अँ ऽऽऽऽ जा दिन्न भनेर ३ चोटी सम्म त्यसो भनेपछि आँ मत बृद्ध भएत नपाउने पो रैछु भनेर मत घर फर्किएर आए”। ३ भाई छोरा र १ वहिनी छोरीकी आमा विगत सात वर्ष देखि एकल जिवन विताउदै आउनु भएको हो । २०५१ साल देखी श्रीमान बेप्पता भएपछि छोराछोरीको साहारामा जिवन व्यातित गर्दै आउनु भएकी उहाँ छोराछोरी लाखापाखा लागेपछि वृद्धा अवस्थामा एक्लै हुनुभएको छ । हामीले उहाँलाई सारोगारोमा छोराछोरी कस्ले हेरचाह गर्छ भनेर सोध्दा उहाँ यसो भन्नुहुन्छ–“एउटा छोरा अहिले सम्म वेप्पता छ, एउटा ईन्डिया तिर गएको छ कमाई खान, ६ वर्ष भयो अहिले सम्म घर फर्केर आएको छैन, अर्को छोरा काठमान्डौ– विराटनगर गर्छ ।

आफुत यता विरामी पनि छु जिउ लगलग काम्छ केहिको भर छैन हातको, छोराहरुले दिने गरेका छैनन् विदेशमा रहेकी छोरीले हेर्ने गरेको छे त्यो पनि काम रोकीयो अँ ऽऽऽऽ के खादैछे के गर्दैछे त्यसै मन पोल्छ ।” एक ६८ वर्षीय बृद्धाले आफुले राहत नपाएको गुनासो यसरी पोखेपछि हामीले सो विषयमा वडाअध्यक्ष भण्डारीलाई बृद्धालाई तपाईले बृद्धालाई फर्काउनु भएको हो? भनेर प्रश्न गर्दा भण्डारी भन्नुहुन्छ–“मलाई थाहा छैन त्यो वडा सदस्यलाई फोन गरेर सोध्नु न म नम्वर दिन्छु”। “नाम टिप्ने वडा सदस्य हो मैले त्यो आमोइलाई फर्काएको छैन।” भनेर गैह्रजिम्मेवार जवाफ फर्काउनु भयो । हामीले यस विषयमा थप जानकारी लिनका लागि नगर उप–प्रमुख तथा राहत व्यावस्थापन तथा वितरण समिति संयोजक यमुना विष्टलाई राहत वितरणको प्राथमिकता के हो ? भन्ने प्रश्नमा विष्ट भन्नुहुन्छ–“लकडाउनमा परेका दैनिक ज्याला मजदुरी गरेरे जिविको पार्जन गर्ने नगरवासी र गैह्रनगरवासी जो लकडाउनमा परेका छन् उनिहरु भोकै नहुन भनेर राहत वितरण गरिएको हो । बृद्धभत्ता आउछ भन्दैमा यो लकडाउनको समयमा राहत दिन्न भन्न मिल्दैन।” विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव नेपालमा पनि परे सगै अहिले पुरै देश लकडाउनमा रहेको छ ।

यसको ठुलो असर दैनिक रुपमा ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने समुहलाई परेको छ । त्यसमा पनि एकल महिला, शरिरिक आपङ्गता, भएका बेसहारा बृद्धबृद्धाहरुलाई यो लकडाउन कोरोना भन्दा पनि सकस वनेको छ । ईतिहासमै पहिलो पटक कोरोना संक्रमणका कारण आम सर्वसाधरण घरमै वन्दी जिवन विताउन वाध्य भएका छन् । यस्तो बेला निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको भुमिका भनेको अभिभावकीय हुनुपर्नेमा अध्यक्षको भुमिका भने पक्षपाती देखिएको स्थानियहरले बताएका छन् । वडामा राहत वितरण गर्नका लागि ४ वटा केन्द्रमा विभाजन गरिएको थियो । जनकल्याण आधारभूत विद्यालयमा राहतका अपराह्न तिर सामाग्री झरेको स्थानीयहरुले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक