Connect with us
Advertisement

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

Published

on

बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाका विभिन्न क्षेत्रहरुबाट मोटरसाइकल तथा स्कुटरहरु हराइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न रहेका ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका–२ का २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० वर्षीय रोशन गिरी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका–४ का २२ वर्षीय सन्दीप लिम्बू रहेका छन् ।

मोटरसाइकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न अपरेशन हन्ट नाम दिई सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको हो भने अन्य ११ थान मोटरसाइकल विभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

देशभर सामान्य बदली : तराईमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान

Published

on

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान कोशी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य पानी परेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेकाले केही ठाउँमा बदली र बर्षा भएको हो ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ ।

यसैबीच तराई मधेशका क्षेत्रमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान रहेको छ । बदली र हावाहुरीका कारण गर्मी केही घटेपनि केही दिन तातो हालाको लहरको जोखिम भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Continue Reading

Banner

आज – २० जेठ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन्। आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

Published

on

आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ ।  उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।

यसै साता अमेरिकाले ह्युस्टनमा बंगलादेशविरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो । अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् । जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक