Connect with us
Advertisement

विमान दुर्घटनामा लोकगायिका निरा छन्त्यालको मृत्यु

Published

on

पोखराः आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ ।

उनकी दिदी हीरा छन्त्यालका अनुसार निरा पोखरामा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन पोखरा आउँदै थिइन् ।

गायिका छन्त्याल आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् । यस वर्ष उनले ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन् ।

आज बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन् ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न।

Published

on

काठमाडौं,

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले  सर्वनाम थिएटर कालिकास्थान को रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्।

लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला , तेक्वान्दो , बासुरी ,भाषण ,गायन लगायतका विधामा प्रतिभा देखायको कलश इभेन्टसका प्रबन्ध निर्देसक बर्षा महर्जनले बताए। यस कार्यक्रममा निर्णायक को भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु , प्रोफेसनल उदघोसक सेसेमी लिम्बु र बरिस्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए। लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनज्युले जानकारी दिनु भयो

Continue Reading

Banner

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

Published

on

फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् ।

२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केहि दिनमा गर्ने उनले जानकारी दिएका छन् ।

रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

Continue Reading

Banner

आज – २१ जेठ २०८१ सोमवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक कार्यमा पनि मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक