मुख्य
मुख्यमन्त्री राई भन्छन्, ‘धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस्’
विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशवासीको जिम्मा प्रदेश सरकारले लिने बताएका हुन् । कोरोना भाइरसविरुद्धको संघर्षका बारेमा भइरहेका कामको बारेमा जानकारी दिने उद्धेश्यले प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तो छ मुख्यमन्त्री राईले आइतबार गरेको सम्बोधनको पूर्ण पाठः
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, नमस्कार
हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अवधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।
अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन पीसीआर प्रविधिबाट दुई ठाउँ बीपीकेआइएचएस र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ ।
आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिड डाइग्नोष्टिक टेस्ट आरडीटीबाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु ।
आरडीटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा दुई हजार ८१ जनाको परीक्षण गरिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।
हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय ५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार १ सय ११ जना बस्नु भएको छ ।
दाजुभाई तथा दिदीबहिनिहरु
हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भूल्के स्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्ने क्रममा कोरोना संक्रमण देखा परेको हो ।
११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ । उहाँहरुलाई अहिले उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखिएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वास सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ ।
हामीले उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै हामीले थप सजगता र सावधानी अपाउनुपर्नेछ । त्यसैले तपाईहरुले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनुहुनेछ ।
म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताबद्ध भएको खण्डमा हामीहरु कोरोनालाई जित्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login