Connect with us
Advertisement

धनपालथानमा काङ्ग्रेसलाई समाजवादीले सघाउने

Published

on

विराटनगरः मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई र समाजवादी पार्टीले तालमेल गरेका छन् ।

धनपालथान वडा नम्बर २ को अध्यक्षमा काङ्ग्रेसले नारायणप्रसाद साहलाई उम्मेद्वार बनाएको छ । समाजवादी पार्टीले साहलाई समर्थन गरेको छ ।

समाजवादीले डम्बरलाल मण्डललाई वडाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । दुवै पार्टीले बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले दुवै पार्टीले चुनावमा एक भएर लड्नको लागि तालमेल गरिएको बताए ।

काङ्ग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले चुनावमा तालमेल गर्न दुवै पार्टीले छलफल गरी निर्णयमा पुगेको बताए । भने, ‘दलगत रूपमा एकताको सन्देश दिनको लागि पनि हामीले चुनावमा तालमेल गरेका हौं ।’ उनले चुनावी परिणाम आफूहरूकै पक्षमा आउने दाबी गरे ।

यसअघि तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष बलिराम भगतको सर्पले डसेर २०७५ जेठ २४ गते मृत्यु भएपछि धनपालथानमा वडाध्यक्ष पद खाली थियो । त्यहाँ चुनावी तालमेलपछि नेकपाका उम्मेदवारलाई समाजवादी र काङ्ग्रेसका उम्मेदवारले टक्कर दिने समाजवादी पार्टीका मोरङ अध्यक्ष यादवले बताए । त्यहाँ हुने उप चुनावमा ४ हजार १ सय ४२ मतदाताले मतदान गर्नेछन् ।

Continue Reading

Facebook Comment

28 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

Published

on

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।

सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।

सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।

Continue Reading

Banner

बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी

Published

on

विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक