मुख्य
गृहजिल्ला पुगेर मन्त्री भट्टराईले भने, ‘आगलागीप्रभावितको पुनर्स्थापनाको लागि सरकार तयार छ’
ताप्लेजुङः आइतबार ताप्लेजुङ पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । प्रभावित परिवारको पुनस्र्थापनाको लागि सरकार तयार रहेको उनले जनाएका छन् ।
आगलागीप्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा आगलागीप्रभावितलाई पुनस्र्थापना गर्ने आश्वासन दिएका हुन् । पछिल्लो पटक सरकारले लिएको विपद् व्यवस्थापन सम्बन्धी नीति तथा प्रयासले मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा उनले विश्वास व्यक्त गरेका हुन् ।
आगलागीपीडितहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरेका थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुखद भएको बताए ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीय स्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताए । शुक्रबार भएको आगलागीले ७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । २९ परिवार विस्थापित भएका छन् ।
Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login