मुख्य
राहत वितरणमा विवाद हुँदा मिर्चैयामा हवाइ फायर र अश्रुग्यास
विराटचोकः राहत वितरणको विषयमा झडप हुँदा सिराहाको मिर्चैया–७ स्थित फूलबरियामा सोमबार दिउँसो झडप भएको छ ।
झडप हुन थालेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले ९ राउन्ड हवाइ फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा डीएसपीसहित ४ जना प्रहरी र २ जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विपन्न वर्गलाई नदिई अरुलाई दिइएको भन्दै राहत नपाएका स्थानीयले राहत माग्दै वडा कार्यालय परिसरमा धर्ना दिएका थिए । धर्नाकै बीच प्रहरीको सहयोगमा राहत वितरण सकेर फर्कँदा वडाध्यक्षसहित जनप्रतिनिधिको समूहमाथि स्थानीयहरूले ढुंगामुढा गरेपछि झडप भएको थियो ।
Facebook Comment
Banner
वीरगञ्जमा जारी कर्फ्यू आज बेलुकी ६ बजेसम्म
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेकाे कर्फ्यू आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप भएकाेमा फेरि बेलुकी ६ बजेसम्म लम्बिएकाे हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा; पश्चिममा सिर्सिया नदी; उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । 
Banner
मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै
मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।
यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।
यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।
Banner
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।
अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login