Connect with us
Advertisement

धनकुटाका रामजी र भोजपुरका उमेशलाई कतारमा कोरोना संक्रमण

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको संक्रमणमा विदेशमा रहेका नेपाली पनि परेका छन् ।

यसैबीच, धनकुटाको महालक्ष्मी नगरपालिकाका रामजी कटुवाल र भोजपुर पौवादुङ्मा गाउँपालिकाका उमेश अधिकारीले आफूहरुलाई कोरोना लागेको बताउँदै निको भएपछि घर फर्कने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

कतारको अलखोर हमाद हस्पिटलमा कार्यरत उनीहरुले आफूहरु क्वारेन्टाइनमा रहेको र सो क्वारेन्टाइनमा ४ सयभन्दा बढी संक्रमित रहेको कटुवालले बताएका छन् ।

खान, बस्नको सुविधा भए पनि संक्रमण पुष्टि भएको ९ दिनसम्म पनि थप चेक नहुँदा भने आफ्नो थप स्वास्थ्य अवस्था थाहा हुन नसक्दा दुःख लागेको अधिकारीले बताए ।

कतार सरकारले हालसम्म गरेको सहयोग र व्यवस्थापन राम्रो भए पनि कतारस्थित दूतावास तथा श्रमिकको हितमा खुलेका संगठन भने श्रमिकको समस्याको बारेमा बेखबर भएजस्तो देखिएको उनीहरुको भनाइ छ ।

Banner

प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने

Published

on

प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।

नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

Continue Reading

Banner

ताइवान आसपास चिनियाँ रकेट प्रक्षेपण, तनाव बढ्ने संकेत

Published

on

चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।

चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।

अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ । लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।

Continue Reading

Banner

कर्णालीले लगातार जित्यो वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि

Published

on

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । ​त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई २६-२४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा पराजित गर्‍यो

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक