Connect with us
Advertisement

धनकुटाका रामजी र भोजपुरका उमेशलाई कतारमा कोरोना संक्रमण

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको संक्रमणमा विदेशमा रहेका नेपाली पनि परेका छन् ।

यसैबीच, धनकुटाको महालक्ष्मी नगरपालिकाका रामजी कटुवाल र भोजपुर पौवादुङ्मा गाउँपालिकाका उमेश अधिकारीले आफूहरुलाई कोरोना लागेको बताउँदै निको भएपछि घर फर्कने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

कतारको अलखोर हमाद हस्पिटलमा कार्यरत उनीहरुले आफूहरु क्वारेन्टाइनमा रहेको र सो क्वारेन्टाइनमा ४ सयभन्दा बढी संक्रमित रहेको कटुवालले बताएका छन् ।

खान, बस्नको सुविधा भए पनि संक्रमण पुष्टि भएको ९ दिनसम्म पनि थप चेक नहुँदा भने आफ्नो थप स्वास्थ्य अवस्था थाहा हुन नसक्दा दुःख लागेको अधिकारीले बताए ।

कतार सरकारले हालसम्म गरेको सहयोग र व्यवस्थापन राम्रो भए पनि कतारस्थित दूतावास तथा श्रमिकको हितमा खुलेका संगठन भने श्रमिकको समस्याको बारेमा बेखबर भएजस्तो देखिएको उनीहरुको भनाइ छ ।

Banner

ताइवान आसपास चिनियाँ रकेट प्रक्षेपण, तनाव बढ्ने संकेत

Published

on

चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।

चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।

अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ । लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।

Continue Reading

Banner

कर्णालीले लगातार जित्यो वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि

Published

on

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । ​त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई २६-२४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा पराजित गर्‍यो

Continue Reading

Banner

मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठायो कूटनीतिक नोट

Published

on

नेपालले मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै आधिकारिक कूटनीतिक नोट पठाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नोट परराष्ट्र मन्त्रालयमार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै गत शुक्रबार मलेसियाली सरकारलाई पठाइएको हो। दूतावासले मलेसियाको परराष्ट्र मन्त्रालयलाई इमेल र प्रत्यक्ष भेटमार्फत सो नोट बुझाउने तयारी गरेको जनाएको छ।

नेपालले मलेसियाको प्रस्तावित मापदण्डले वैदेशिक रोजगार एजेन्सीबीच सिन्डिकेट प्रणाली लागू गर्ने प्रयास गरेको ठहर गर्दै त्यसको कार्यान्वयन असम्भव रहेको प्रष्ट पारेको छ।

सरकारको धारणा अनुसार उक्त मापदण्डले नेपालमा दर्ता भएका म्यानपावर कम्पनीहरूको समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धामा नकारात्मक असर पार्ने भएकाले स्वीकार्य छैन।

पत्रमा नेपालले मलेसियालाई रोजगारका अवसरका लागि धन्यवाद ज्ञापन गर्दै आफ्नो नीति, कानुन, संविधान, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय श्रम प्रतिबद्धता अनुसार मात्र कार्य गर्न सकिने उल्लेख गरेको छ।

मापदण्ड स्वीकृत भएमा मलेसियाली श्रम बजारमा दक्ष जनशक्ति आपूर्तिमा नकारात्मक प्रभाव पर्ने चेतावनी पनि दिइएको छ।

नेपालले मलेसियासँग आपसी छलफल र सहकार्यका माध्यमबाट समाधान खोज्न तयार रहेको स्पष्ट पारेको छ।

मलेसियाले गत अक्टोबर २७ मा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका लागि म्यानपावर कम्पनी छनोटका १० बुँदे मापदण्ड पठाएको थियो।

मापदण्डमा पाँच वर्षको लाइसेन्स, तीन वर्षभित्र कम्तीमा ३ हजार श्रमिक पठाएको अनुभव, तीन देशमा कामदार पठाएको रेकर्ड, वैद्य तालिम–मूल्यांकन अनुमति र गुड कन्डक्ट सर्टिफिकेटजस्ता शर्तहरू राखिएका थिए।

यसलाई नेपालका म्यानपावर व्यवसायीहरूले सिन्डिकेट प्रणाली वैधानिक गर्ने प्रयास भन्दै अस्वीकार गरेका छन्। उनीहरूले आन्दोलन र मलेसियामा कामदार नपठाउने चेतावनी समेत दिएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत आफ्नो आधिकारिक धारणा श्रम मन्त्रालयमा बुझाउँदै मलेसियाको मापदण्ड व्यावसायिक वातावरणका लागि हानिकारक भएको निष्कर्ष पेस गरेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक