शिक्षा / स्वास्थ्य
कतारमा कोरोना जितेका कटुवाल भन्छन्, ‘मनोबल दह्रो बनाउनुपर्छ’ (कोरोना जित्नेको अनुभव २)
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का रामबहादुर कटुवाल कतारस्थित अल खोर हमाद हस्पिटलमा काम गर्दागर्दै कोरोना संक्रमित भए । लन्ड्री इन्जिनियरिङ अन्तर्गत मेन्टेन्स विभागमा काम गर्ने उनीसहित धेरै नेपाली संक्रमित भएका थिए ।
झण्डै १ महिनासम्म क्वारेन्टाइनमा बसेर उनीलगायत सबैले कोरोनालाई जिते । आइसोलेसनको अभाव भएपछि वैदेशिक रोजगारमा जाने सबैलाई एउटै क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा बस्दा बिहान र बेलुका खाना तथा दिउँसो खाजा कतार सरकारले दिएको थियो । उनका अनुसार संक्रमितलाई ए, बी र सी गरेर ३ ओटा श्रेणीमा विभाजन गरिएको थियो । उनी सी श्रेणीमा परेका थिए । सी श्रेणीमा पर्नेलाई उपचार गरिँदैन थियो । संक्रमित कसैलाई पनि ठूलो समस्या नदेखिए पनि शरीरमा आलस्यता आउने, चक्कर लाग्ने, शरीर कमजोर हुने र खानाको स्वाद नहुने लक्षण देखिएको उनले बताए ।

कतार सरकारले कोरोना संक्रमितलाई गरेको व्यवहार र क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुनाले तथा संक्रमित ४ सयभन्दा बढी एकै ठाउँमा बस्दा मनोबल बढाउन सहयोग पुगेको उनको ठम्याइ छ ।
‘बिहान बेलुका खाना र दिउँसो नास्ता दिन्थ्यो । मिनरल वाटर पनि दिन्थ्यो,’ उनले सुनाए, ‘क्वारेन्टाइनको चारैतिर जाली लगाइएको थियो । बाहिर प्रहरी तैनाथ थिए । इन्टरनेटको सुविधा पनि थियो । नेट बिग्रिँदा डाटा चलाए पनि रिचार्ज कार्डको समस्या हुँदा क्वारेन्टाइनबाहिर भएका साथीले रिचार्ज गरिदिए ।
ओढ्ने, ओछ्याउने, दन्तमञ्जन, दारी काट्ने मेसिन आदिको व्यवस्था कम्पनीले नै गरिदिएको थियो । परिवारको सद्भाव, साथीभाइको हौसला र ईश्वरसँगको प्रार्थनाले आत्मबल बढाएको उनले सुनाए ।
डाक्टरले के भने
आँखा, नाक, मुखबाट भाइरस भित्र पस्ने हुनाले हात सफा राख्नुपर्ने र अनुहार छोइराख्ने बानी हटाउनुपर्ने सल्लाह डाक्टरले दिएका थिए । अन्य औषधी नखान र खानैपर्ने अवस्थामा आएमा जँचाएर मात्रै खान पनि डाक्टरले सल्लाह दिएका थिए । सिटामोल चाहिँ खाँदा हुन्छ भनेको थियो । तातो पानी र फलफूल प्रशस्त खाएको पनि उनले सुनाए ।
झण्डै १ महिना क्वारेन्टाइनमा बसेर निको भएका उनी २ साता आराम गरेपछि काममा फर्किएका छन् । आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिए । एक पटक संक्रमित भएकालाई पुनः दोहोरिन सक्ने सम्भावना १० प्रतिशतमात्रै हुने डाक्टरले भनेका र संक्रमण दोहोरिए पनि गाह्रो नहुने भनी डाक्टरले भनेका हुनाले ढुक्क भएर काममा जान थालेको उनी सुनाउँछन् ।
कम्पनीले आफू संक्रमितको भएको समयको पनि पारिश्रमिक दिनुका साथै फलफूल खानलाई भनेर ५ सय रियाल थपेको उनले सुनाए ।
थप समाचार पनि पढ्नुहोस्
स्वीडेनमा कोरोना जितेका अधिकारी दम्पत्ति भन्छन्ः घरै बसेर निको भयौँ (कोरोना जित्नेको अनुभवः १)
धनकुटाका रामजी र भोजपुरका उमेशलाई कतारमा कोरोना संक्रमण
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: कोरोना जितेका वडाध्यक्ष भन्छन्ः ‘कोरोनासँग नडराऔँ, हेलचेक्र्याइँ पनि नगरौँ’ (कोभिड जित्नेको अ