Connect with us
Advertisement

नेल्टाको ऐतिहासिक प्रदेश सम्मेलन भर्चुअल माध्यमबाट

Published

on

विराटचोकः नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरुको सङ्गठन नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) प्रदेश न.ं १ ले भर्चुअल सम्मेलन सम्पन्न गरेको छ ।

लकडाउनको समयको उच्चतम उपयोग गर्दै २ सय ५० भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षकहरुको समूहमा भर्चुअल माध्यमबाट २ दिने सम्मेलन भएको हो । देश र विदेशका प्रबुद्ध समूहको जमघट गराउन भएको सम्मेलनलाई लकडाउनको समयमा नेपालमा गरिएका बहसहरुमा सबैभन्दा ठूलो ठानिएको छ ।

सम्मेलनमा विश्व महामारीको समयमा र यसपछिको अङ्ग्रेजी भाषा शिक्षण कसरी विकसित हँुदैछ ? महामारीको असर भाषा र भाषिक विकासमा कत्तिको परेको छ ? बालबालिका तथा शिक्षकहरुमा महामारीका के कस्ता मानसिक असरहरु हुँदैछन् ? भन्ने विषयमा बौद्धिक बहस चलाउने काम भएको छ ।

पहिलो दिन मोरङ बेलबारी घर भई अष्ट्रेलियाको तास्मानिया विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. सुवास कोइरालाले अनुसन्धानात्मक अध्ययनहरुले बालबालिकामा भविष्यसम्म पर्न सक्ने मानसिक प्रभाव र त्यसलाई कम गर्न सकिने उपायहरुका बारेमा प्रस्तुति दिएका थिए । नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरुको सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष हेमन्तराज दाहालले पाठ्यक्रम विकासका लागि आवश्यक रणनीतिक सवाललाई प्रस्तुत गरेका थिए । महामारीबाट भाषा विकासमा परेको प्रभाव तथा महामारीबाट भाषिक पदावलीमा आएका परिवर्तनका सन्दर्भमा नेल्टा प्रदेश नं. १ का सभापति एन.पी. भण्डारीले प्रतिविम्बन गरेका थिए ।

त्यसैगरी नेल्टा केन्द्रीय कमिटीका सदस्य केशव भट्टराईले महामारी र बन्दाबन्दीमा अनलाइन शिक्षण तत्कालीन विकल्प मान्न र प्रयोग गर्न सकिने प्रतिविम्बन गरेका थिए।

दोस्रो दिन अमेरिकी दूतावास अङ्ग्रेजी भाषा क्षेत्रीय कार्यालय काठमाडौंका विशेषज्ञ विश्वराज गौतमले अनलाइनका स्रोतहरु प्रस्तुत गरेका थिए । नेल्टा प्रदेश कमिटीका सदस्य गुणराज नेपालले हालै सम्पन्न अन्तर्राष्ट्रिय नेल्टा टेसल २०१९ मा प्रस्तुत अङ्ग्रेजी भाषा शिक्षणमा इकोलोजीको सन्देशलाई प्रस्तुत गरेका थिए ।

त्यसपछि  जिल्ला शाखाका प्रमुखहरु राजेन्द्र बराल (इलाम), धर्मेन्द्र भट्टराई (झापा), रविन बराल (सुनसरी) र पदम बिक (उदयपुर) ले प्रतिविम्बन गरेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले महामारीमा शिक्षकको स्वास्थ्य कसरी कायम राख्न सकिन्छ भन्ने सन्दर्भमा उदाहरण प्रस्तुत गरेका थिए । सो प्रस्तुतिमा डा. इन्दिरा मिश्र (सुनसरी) र डा. मोहनकुमार तुम्बाहाङले प्रतिविम्बन गरेका थिए ।

स्थानीय विज्ञतालाई प्राथमिकता दिँदै मिश्रित मोडलमा गरिएको यो बहस नौलो कार्यक्रम भएको साथै यो विधिबाट प्रदेश नं. १ मा र पूर्वमा बौद्धिक बहसहरु चलाउन सकिने सन्देश दिन सकिने बताइएको थियो । यस विधिबाट नयाँ बौद्धिक स्थान र समूहको खोजी गर्न सकिने, स्थानीय विशेषज्ञतालाई प्राथमिकता दिँदै लैजान सकिने सन्देश दिन खोजिएको नेल्टाका प्रदेश अध्यक्ष एनपी भण्डारीको ठहर छ ।

कार्यक्रमको उद्घाटन नेल्टाकी प्रमुख मोतिकला सुब्बा देवानबाट भएको थियो । अमेरिकी दूतावास अङ्ग्रेजी भाषा क्षेत्रीय कार्यालय काठमाडांैका प्रमुख कर्टिस चानले समेत मन्तव्य राखेका थिए । ३ सय जनाको क्षमताको जुम मिटिङ टुलबाट नेल्टा प्रदेश १ का महासचिव चेतनाथ निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक