कोशी प्रदेश
नेल्टाको ऐतिहासिक प्रदेश सम्मेलन भर्चुअल माध्यमबाट
विराटचोकः नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरुको सङ्गठन नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) प्रदेश न.ं १ ले भर्चुअल सम्मेलन सम्पन्न गरेको छ ।
लकडाउनको समयको उच्चतम उपयोग गर्दै २ सय ५० भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षकहरुको समूहमा भर्चुअल माध्यमबाट २ दिने सम्मेलन भएको हो । देश र विदेशका प्रबुद्ध समूहको जमघट गराउन भएको सम्मेलनलाई लकडाउनको समयमा नेपालमा गरिएका बहसहरुमा सबैभन्दा ठूलो ठानिएको छ ।
सम्मेलनमा विश्व महामारीको समयमा र यसपछिको अङ्ग्रेजी भाषा शिक्षण कसरी विकसित हँुदैछ ? महामारीको असर भाषा र भाषिक विकासमा कत्तिको परेको छ ? बालबालिका तथा शिक्षकहरुमा महामारीका के कस्ता मानसिक असरहरु हुँदैछन् ? भन्ने विषयमा बौद्धिक बहस चलाउने काम भएको छ ।
पहिलो दिन मोरङ बेलबारी घर भई अष्ट्रेलियाको तास्मानिया विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. सुवास कोइरालाले अनुसन्धानात्मक अध्ययनहरुले बालबालिकामा भविष्यसम्म पर्न सक्ने मानसिक प्रभाव र त्यसलाई कम गर्न सकिने उपायहरुका बारेमा प्रस्तुति दिएका थिए । नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरुको सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष हेमन्तराज दाहालले पाठ्यक्रम विकासका लागि आवश्यक रणनीतिक सवाललाई प्रस्तुत गरेका थिए । महामारीबाट भाषा विकासमा परेको प्रभाव तथा महामारीबाट भाषिक पदावलीमा आएका परिवर्तनका सन्दर्भमा नेल्टा प्रदेश नं. १ का सभापति एन.पी. भण्डारीले प्रतिविम्बन गरेका थिए ।
त्यसैगरी नेल्टा केन्द्रीय कमिटीका सदस्य केशव भट्टराईले महामारी र बन्दाबन्दीमा अनलाइन शिक्षण तत्कालीन विकल्प मान्न र प्रयोग गर्न सकिने प्रतिविम्बन गरेका थिए।
दोस्रो दिन अमेरिकी दूतावास अङ्ग्रेजी भाषा क्षेत्रीय कार्यालय काठमाडौंका विशेषज्ञ विश्वराज गौतमले अनलाइनका स्रोतहरु प्रस्तुत गरेका थिए । नेल्टा प्रदेश कमिटीका सदस्य गुणराज नेपालले हालै सम्पन्न अन्तर्राष्ट्रिय नेल्टा टेसल २०१९ मा प्रस्तुत अङ्ग्रेजी भाषा शिक्षणमा इकोलोजीको सन्देशलाई प्रस्तुत गरेका थिए ।
त्यसपछि जिल्ला शाखाका प्रमुखहरु राजेन्द्र बराल (इलाम), धर्मेन्द्र भट्टराई (झापा), रविन बराल (सुनसरी) र पदम बिक (उदयपुर) ले प्रतिविम्बन गरेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले महामारीमा शिक्षकको स्वास्थ्य कसरी कायम राख्न सकिन्छ भन्ने सन्दर्भमा उदाहरण प्रस्तुत गरेका थिए । सो प्रस्तुतिमा डा. इन्दिरा मिश्र (सुनसरी) र डा. मोहनकुमार तुम्बाहाङले प्रतिविम्बन गरेका थिए ।
स्थानीय विज्ञतालाई प्राथमिकता दिँदै मिश्रित मोडलमा गरिएको यो बहस नौलो कार्यक्रम भएको साथै यो विधिबाट प्रदेश नं. १ मा र पूर्वमा बौद्धिक बहसहरु चलाउन सकिने सन्देश दिन सकिने बताइएको थियो । यस विधिबाट नयाँ बौद्धिक स्थान र समूहको खोजी गर्न सकिने, स्थानीय विशेषज्ञतालाई प्राथमिकता दिँदै लैजान सकिने सन्देश दिन खोजिएको नेल्टाका प्रदेश अध्यक्ष एनपी भण्डारीको ठहर छ ।
कार्यक्रमको उद्घाटन नेल्टाकी प्रमुख मोतिकला सुब्बा देवानबाट भएको थियो । अमेरिकी दूतावास अङ्ग्रेजी भाषा क्षेत्रीय कार्यालय काठमाडांैका प्रमुख कर्टिस चानले समेत मन्तव्य राखेका थिए । ३ सय जनाको क्षमताको जुम मिटिङ टुलबाट नेल्टा प्रदेश १ का महासचिव चेतनाथ निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login