मुख्य
विज्ञापन
राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!!
नागरिकता ! नागरिकता !! नागरिकता !!!
गणतन्त्र ! गणतन्त्र !! गणतन्त्र !!!
२०६२\०६३ को जनआन्दोलन वा अगाडिका आन्दोलन
जनयुद्ध होस् वा सशस्त्र युद्ध
आँखामा स्वर्णिम सपना सजाएर मैदानमा उत्रिएका योद्धाहरू
जो, शरीरमा गोली, बमका छर्रा बोकेर
प्रवासी भूमिमा रगत, पसिना बगाइरहँदा
खै ! राष्ट्रियताले सिमानामा छेक्न सकेको ?
खै ! नागरिकताले ‘नजा’ भन्न सकेको ?
खै ! गणतन्त्र रोजगारी बनेर आउन सकेको ?
पोहोरपरार भूकम्पले भा’को छाप्रोसमेत भत्किँदा
खुला छिँडीमुनि चाउचाउसमेत नपाएर
उपवासै सुत्नु पर्दा
खै ! राष्ट्रियता खाँबो बनेर ठडिन सकेको ?
खै ! नागरिकता त्रिपाल बनेर ओत ढाक्न सकेको ?
खै ! गणतन्त्र चिउरा र सातु बनेर आउन सकेको ?
परार सालै छिमेकीले नाकाबन्दी गर्दा
खाद्यान्न, औषधीलगायत
ग्यास, पेट्रोल, डिजेल नपाएर त्राहिमाम हुँदा
खै ! मेरो राष्ट्रियता औषधी बनेर आएको ?
खै ! मेरो नागरिकता ग्यास, डिजेल, पेट्रोल बनेको ?
खै ! मेरो गणतन्त्र खाद्यान्न बनेर आएको ?
यसपाली कोरोनाले विश्व भयभीत हुँदा
छोराछोरीको गाँसबासलाई मुग्लान भासिएका
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू
कोरोनाको त्रासले पैदलै मातृभूमिको सिमानामा आइपुग्दा,
मलाई मेरो देशभित्र छिर्न देऊ,
म मरे पनि परिवारसँगै मातृभूमिमै मर्छु भनी पुकार गरिरहँदा
खै ! राष्ट्रियताले सीमाको काँडेतार पन्छाएको ?
खै ! नागरिकताले नेपालीको पुकार सुनेको ?
खै ! गणतन्त्र हिमनदी झैँ पग्लिएको ?
बिहानबेलुकी चुलो बाल्न नपाई भोकले तडपिइरहँदा,
ज्वरोको सामान्य उपचारसमेत नपाई
मृत्युवरण गर्नुपर्दा
खै ! राष्ट्रियता सिटामोल बनेर आउन सकेको ?
खै ! नागरिकताले चुलो बाल्न सकेको ?
खै ! गणतन्त्र भोकलाई भोजन बनेर आएको ?
यदि
विषम परिस्थितिमा
मेरो राष्ट्रियता, मेरो नागरिकता, मेरो गणतन्त्र
छहारी बनेर आउन सक्दैन भने
लैजाऊ मेरो राष्ट्रियता,
लैजाऊ मेरो नागरिकता,
लैजाऊ मेरो गणतन्त्र,
मेरो राष्ट्रियता, मेरो नागरिकता, मेरो गणतन्त्र
विज्ञापनमा राखेको छु,
जसले चाहनुहुन्छ लैजानुहोस्, विज्ञापनमा छ ।
बदलामा केही दिनुपर्दैन
Facebook Comment
Banner
कोसी साहित्य–कला परिषद्को नयाँ पहल : बौद्धिक श्रमको अनिवार्य मूल्यांकन सुरु
मोरङको बेलबारीमा आयोजित पहिलो औपचारिक कार्यक्रममा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबदेखि कुनै पनि बौद्धिक तथा सिर्जनात्मक काम बिनाशुल्क नगर्ने नीति घोषणा गरेको छ। अध्यक्ष केशु विरहीले साहित्य, कला र सिर्जनामा लागेको मेहनतको उचित मूल्यांकन हुनुपर्ने भन्दै संस्थाले गराउने प्रत्येक बौद्धिक कार्यमा न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा दिने बताएका छन्।
यही अभियानको थालनीस्वरूप कार्यक्रममा सहभागी विमर्शकहरूलाई जनही एक–एक हजार रुपैयाँ र साहित्यिक पुस्तक प्रदान गरिएको थियो। वक्ता, कवि तथा कलाकारलाई पनि साहित्यिक कृतिमार्फत मायाको चिनो दिइयो।
कार्यक्रममा साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि केन्द्रित विशेष विमर्श गरियो, जसमा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, मिश्र बैजयन्तीलगायतले सुवेदीका साहित्यिक पाटाबारे विशद् प्रस्तुत गरे।
वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा स्थानीय स्रष्टाको व्यापक उपस्थिति थियो। सुवेदीका कविता वाचन तथा उनका गीतहरू प्रस्तुत गरिएकाले कार्यक्रम कला–साहित्य दुवै पक्षबाट जीवन्त बनेको थियो।
संस्थाले आगामी दिनमा अग्रज सम्मान, युवा अभिप्रेरणा, साहित्य–कला ग्रामको अवधारणा, साहित्यको बजारीकरण र अन्तर्राष्ट्रियकरणजस्ता विस्तृत कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
Banner
श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान
नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।
मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।
खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।
साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।
Banner
कविता कन्सर्टमा अस्मिता विष्ट
नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका फूलहरूले प्रस्तुत गर्ने बताइएको छ। कन्सर्ट दिउॅंसो २:१५ बजेदेखि इटहरीको आँपगाछीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको हलमा आयोजना हुनेछ।
केही समयअघि मात्र विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ। उनका कवितामा समसामयिक जीवन भोगाइका विभिन्न पाटाहरूका साथै नारी मनका कोमल संवेदनाहरू समेटिएका हुन्छन्।
अंग्रेजी साहित्य प्राध्यापन गर्ने डा. विष्ट कविता, समालोचनाका साथै विचारमूलक लेखरचानहरू पनि लेख्ने गर्छिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा उनका धेरै लेखरचना प्रकाशित भइसकेका छन्।
कविता कन्सर्टको अन्य आकर्षणमा कवि मनु मन्जिल र गायक कृष्णराजा श्रेष्ठ सहित अन्य सर्प्राइज प्रस्तुति समेत रहने नझरेका फूलहरूका परिकल्पनाकार,व्यवस्थापक एवम् संचालक केपी घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login