Connect with us
Advertisement

किसानलाई अनुदानमा धानको बीउ वितरण, १५ प्रतिशत उत्पादनमा वृद्धि गर्ने लक्ष्य

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका कृषि प्रसार शाखाले किसानलाई धानको बीउ वितरण गरेको छ । आइतबार नगरपालिकामा बीउ वितरण कार्यक्रम आयोजना गरिएकोे हो ।

बीउ वितरण कार्यक्रममा कृषि प्रसार शाखाका प्रविधिक सुदीप भण्डारीले धानमा लाग्ने रोग र धानका प्रकारको बारेमा जानकारी दिएका थिए । त्यस्तै, धान उत्पादन कसरी वृद्धि गर्ने र नेपालमा धान उत्पादनको अवस्था कस्तो छ भन्ने बारेमा पनि उनले जानकारी गराएका थिए । हाल नेपालमा ६३ प्रतिशत धान उत्पादन हुने गरेको उनले बताए । वितरण गरिएको बीउले नगरमा १५ प्रतिशत धान उत्पादन वृद्धि हुने उनको भनाइ थियो ।

नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले कान्छी मन्सुली, साम्भा मन्सुली, गरिमा, मन्सुली, स्वर्ण सब, महिमा, अल्का बास्मती, राधा १२, रञ्जितलगायत धानका प्रकार यो क्षेत्रमा माटो सुहाउँदो भएकाले ती जातको बीउ रोपिएका उत्पादनमा वृद्धि हुने बताए ।

बीउ वितरणका लागि ३ महिना अगाडिबाट आवेदन माग गरिएको र प्राप्त आवेदन अनुसार ३ लाख ४० हजार ४ सय ३३ रुपैयाँ किसानबाट र सोही बराबरको नगरपालिकाबाट अनुदान दिई बीउ खरीद गरी किसानलाई प्रदान गरिएको शाखा प्रमुख भट्टराईले बताए ।

बीउ वितरण गर्दै नगरउपप्रमुख धनमाया तामाङले किसानका धेरै समस्या हुने गरेको आफूलाई थाहा भएको बताइन् । उत्पादन बढाउन नसक्दाको निराशालाई कम गर्न नगरले उत्पादनमा वृद्धि हुने खालका बीउ वितरण गरेको बताइन् । किसानले लगेको बीउले उत्पादन बढाउन सहयोग गर्ने उनको भनाइ थियो । आगामी दिनमा माटो परीक्षणको व्यवस्था पनि गरिने तामाङले जानकारी दिइन् ।

मकैमा लागेको फौजी कीराले उत्पादनमा गिरावट ल्याएको हुनाले त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न किसानले राखेका थिए । मल नपाउने समस्याका कारण मिहिनेत गरे पनि किसान निराश बन्नुपर्ने अवस्थालाई नगरपालिकाले सहजीकरण गर्नुपर्ने किसान दीपनारायण चौधरीले बताए । उता, कृषि शाखाले भने लकडाउन अवधिमा २ हजार बोरा मल आएको र नगरमा मलको अभाव नभएको बताएको छ ।

बीउ वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाई, लेखा अधिकृत शेखर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

   

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक