Connect with us
Advertisement

किसानलाई अनुदानमा धानको बीउ वितरण, १५ प्रतिशत उत्पादनमा वृद्धि गर्ने लक्ष्य

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका कृषि प्रसार शाखाले किसानलाई धानको बीउ वितरण गरेको छ । आइतबार नगरपालिकामा बीउ वितरण कार्यक्रम आयोजना गरिएकोे हो ।

बीउ वितरण कार्यक्रममा कृषि प्रसार शाखाका प्रविधिक सुदीप भण्डारीले धानमा लाग्ने रोग र धानका प्रकारको बारेमा जानकारी दिएका थिए । त्यस्तै, धान उत्पादन कसरी वृद्धि गर्ने र नेपालमा धान उत्पादनको अवस्था कस्तो छ भन्ने बारेमा पनि उनले जानकारी गराएका थिए । हाल नेपालमा ६३ प्रतिशत धान उत्पादन हुने गरेको उनले बताए । वितरण गरिएको बीउले नगरमा १५ प्रतिशत धान उत्पादन वृद्धि हुने उनको भनाइ थियो ।

नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले कान्छी मन्सुली, साम्भा मन्सुली, गरिमा, मन्सुली, स्वर्ण सब, महिमा, अल्का बास्मती, राधा १२, रञ्जितलगायत धानका प्रकार यो क्षेत्रमा माटो सुहाउँदो भएकाले ती जातको बीउ रोपिएका उत्पादनमा वृद्धि हुने बताए ।

बीउ वितरणका लागि ३ महिना अगाडिबाट आवेदन माग गरिएको र प्राप्त आवेदन अनुसार ३ लाख ४० हजार ४ सय ३३ रुपैयाँ किसानबाट र सोही बराबरको नगरपालिकाबाट अनुदान दिई बीउ खरीद गरी किसानलाई प्रदान गरिएको शाखा प्रमुख भट्टराईले बताए ।

बीउ वितरण गर्दै नगरउपप्रमुख धनमाया तामाङले किसानका धेरै समस्या हुने गरेको आफूलाई थाहा भएको बताइन् । उत्पादन बढाउन नसक्दाको निराशालाई कम गर्न नगरले उत्पादनमा वृद्धि हुने खालका बीउ वितरण गरेको बताइन् । किसानले लगेको बीउले उत्पादन बढाउन सहयोग गर्ने उनको भनाइ थियो । आगामी दिनमा माटो परीक्षणको व्यवस्था पनि गरिने तामाङले जानकारी दिइन् ।

मकैमा लागेको फौजी कीराले उत्पादनमा गिरावट ल्याएको हुनाले त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न किसानले राखेका थिए । मल नपाउने समस्याका कारण मिहिनेत गरे पनि किसान निराश बन्नुपर्ने अवस्थालाई नगरपालिकाले सहजीकरण गर्नुपर्ने किसान दीपनारायण चौधरीले बताए । उता, कृषि शाखाले भने लकडाउन अवधिमा २ हजार बोरा मल आएको र नगरमा मलको अभाव नभएको बताएको छ ।

बीउ वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाई, लेखा अधिकृत शेखर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

   

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको मूल्य नयाँ कीर्तिमानमा

Published

on

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

Continue Reading

Banner

नेप्से स्थिर, कारोबार रकम भने उछालिँदै ४.६८ अर्ब नाघ्यो

Published

on

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।

बिहीबार नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

Continue Reading

Banner

नेप्से लगातार उकालो, कारोबार रकममा पनि हल्का वृद्धि

Published

on

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।यस दिन नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँबराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक