Connect with us
Advertisement

पथरीशनिश्चरेको जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग

Published

on

विराटचोकः मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले सङ्घीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि बढाएको छ ।

सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसमक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको हो ।

समितिकी संयोजक एवम् नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमक्ष आवश्यक कागजातसहितको जानकारी दिँदै जग्गा व्यवस्थापन गरिदिन अनुरोध गरिन् । समितिका सदस्यहरुको उपस्थितिमा समितिले वन तथा वातावरण मन्त्रालयमा पनि जग्गा प्राप्तिको पहल अघि बढाएको संयोजक बास्तोलाले जनाइन् ।

२०६८ साउन ३२ को सर्वदलीय सहमतिले वडा नम्बर १० को भुटानी शरणार्थी शिविरमा केन्द्र राख्ने सहमति गरेको र सरकारले पनि त्यहाँ केन्द्र तोकिदिएको थियो । तर सरकारी तबरले सो स्थलमा जग्गा व्यवस्थापन नहुँदा कार्यालय भवन निर्माण हुन समस्या परिरहेको टोलीले जानकारी गराएको छ ।

साथै सो टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नगरमा लामो समयदेखि ठूलो समस्याका रूपमा रहेको बसोबासको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री पद्मा अर्यालसँग सो विषयमा कुराकानी गर्दा सभामुखको विवादका कारण ऐन प्रमाणित गर्न बाँकी रहेकाले ऐन प्रमाणित भएपछि काम अघि बढ्ने बताइएको टोली संयोजक बास्तोलाको भनाइ छ ।

टोलीका सदस्यमा, १० नम्बर वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य निर्मला गदाल, सामाजिक अगुवा मोहनकुमार न्यौपाने, पर्शुराम कार्की, जीवन खतिवडा, रमेश राईलगायत सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक