Connect with us
Advertisement

पथरीशनिश्चरेको जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग

Published

on

विराटचोकः मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले सङ्घीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि बढाएको छ ।

सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसमक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको हो ।

समितिकी संयोजक एवम् नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमक्ष आवश्यक कागजातसहितको जानकारी दिँदै जग्गा व्यवस्थापन गरिदिन अनुरोध गरिन् । समितिका सदस्यहरुको उपस्थितिमा समितिले वन तथा वातावरण मन्त्रालयमा पनि जग्गा प्राप्तिको पहल अघि बढाएको संयोजक बास्तोलाले जनाइन् ।

२०६८ साउन ३२ को सर्वदलीय सहमतिले वडा नम्बर १० को भुटानी शरणार्थी शिविरमा केन्द्र राख्ने सहमति गरेको र सरकारले पनि त्यहाँ केन्द्र तोकिदिएको थियो । तर सरकारी तबरले सो स्थलमा जग्गा व्यवस्थापन नहुँदा कार्यालय भवन निर्माण हुन समस्या परिरहेको टोलीले जानकारी गराएको छ ।

साथै सो टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नगरमा लामो समयदेखि ठूलो समस्याका रूपमा रहेको बसोबासको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री पद्मा अर्यालसँग सो विषयमा कुराकानी गर्दा सभामुखको विवादका कारण ऐन प्रमाणित गर्न बाँकी रहेकाले ऐन प्रमाणित भएपछि काम अघि बढ्ने बताइएको टोली संयोजक बास्तोलाको भनाइ छ ।

टोलीका सदस्यमा, १० नम्बर वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य निर्मला गदाल, सामाजिक अगुवा मोहनकुमार न्यौपाने, पर्शुराम कार्की, जीवन खतिवडा, रमेश राईलगायत सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक