Connect with us
Advertisement

कोरोनाको कहरः मनोसामाजिक समस्याको जोखिम

Published

on

कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।
कस्ता लक्षण देखिन्छन् ?
मनमा कुरा खेल्नु ,झर्काे लाग्नु, हातखुट्टा, जीउ काँप्नु, कटकट् खानु वा झमझमाउनु, जीउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको वा पेट दुख्नु, रिँगटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निद्रा नलाग्नु, छिटोछिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरीरमा थकान हुनु, सास फेर्न गाह्रो भएको महसुस हुनु आदि लक्षण देखिन्छन् ।
त्यस्तै, छाती भारी हुनु, रिस उठ्नु, ध्यान केन्द्रित गर्न नसक्नु, चाँडै बिर्सनु, मन दुःखी हुनु, सामान्यभन्दा बढी डर र चिन्ता र पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षण  देखिन सक्छन् । विपत् वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन् ।
यस्ता लक्षणहरु विपत् वा संकटको समयमा कतिपयलाई तुरुन्तै  देखिन्छ भने कतिपयलाई केही दिनपछि मात्र देखिन शुरु हुन्छ । कोहीकोहीलाई भने केही महिना वा वर्षपछि पनि अचानक लक्षण देखा पर्न सक्छ ।
समस्या कसरी कम गर्न सकिन्छ ?
मनका बह पोख्न पाउँदा, घरपरिवार, साथीभाइ वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदानप्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्जन, खेलकुद, व्यायाम, ध्यान पूजापाठ जस्ता कुरामा मन लगाउँदा, रिस र आक्रोश पोख्न पाउँदा, मन खोली रुन पाउँदा, सकारात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यले माथि भनिएका लक्षण आफैँ हराउँदै जान्छन् ।
केहीलाई भने लक्षण कम हुँदै जानुको सट्टा झन् बढ्ने पनि हुन सक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्वास्थ्य समस्याको जोखिम बढेर जान्छ । यस्तो नहोस् भन्नका लागि स्वंय व्यक्तिले आफ्नो शारीरिक स्वास्थ्यको साथै मनको स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई स्वहेरचाह भनिन्छ ।
आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउँदा मन ढुक्क हुन्छ । यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वस्थ छु भन्ने आत्मबल बढ्छ ।
२. फुर्सदको बेला मानसिक तनाव नहोस् भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोनासम्बन्धी कुरा खेल्न पाउँदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढ्न सक्छ ।
३. कोरोनाको जोखिमबाट जोगिन सत्यतथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिनेभन्दा बढी जानकारी लिन खोज्ने र समाचार पटकपटक हेरिरहने जस्ता व्यवहार गर्नुहुँदैन ।
४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउन सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्ने, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाइला र ज्ञानबद्र्धक  फिल्म हेर्ने काम गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
५. तनाव कम गर्न शारीरिक व्यायाम, योग, मेडिटेसन, श्वासप्रश्वासको व्यायाम, ध्यान केन्द्रित गर्ने अभ्यास तथा अन्य आरामदायी अभ्यासले ठूलो मदत पुर्याउँछ । तनावको बेला पर्याप्त निदाउनु जरुरी हुन्छ ।
६. तनावको बेला सजिलैसँग पच्ने तथा पोषणयुक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागूपदार्थको सेवनले त झनै समस्या बढाउँछ ।
कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्याः
१.  एन्जाइटीः विभिन्न किसिमका डर र चिन्ताजन्य  समस्याहरु ।
२. डिप्रेसनः दिक्दारीपन तथा आत्महत्याको सोचाइ वा प्रयास ।
३. मानसिक आघातः पीडादायक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याकः एक्कासी बिनाकारण उत्पन्न हुने अत्यधिक त्रास ।
५. समायोजनको समस्याः परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्सः एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोयाईरहने मानसिक रोग ।
७. जाँडरक्सी, लागू पदार्थको लत ।
८. कन्भर्सन डिसअडर्सः डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्सः तत्कालै देखा पर्ने तनावजन्य समस्या ।
यस्तो बेलामा विज्ञको सहयोग लिनुपर्छ 
प्रत्येक व्यक्तिको मानसिक क्षमता फरकफरक हुने हुँदा यसले पार्ने असर पनि फरकफरक हुन्छ । साथै व्यक्तिअनुसार कोही चाँडै सामान्य अवस्थामा फर्कन सक्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय पनि लाग्न सक्छ । धेरैजसो मानिसहरु ढिलोचाँडो सामान्य अवस्थामा फर्किन सक्ने भए तापनि केही प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या देखिन सक्छ ।
लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसकेमा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लागू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, व्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
(लकडाउनको अवधिभरि फोनमार्फत् निःशुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।)
लेखकः मार्क नेपाल मनो सेवा केन्द्रका अध्यक्ष हुन् ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक