Connect with us
Advertisement

बिरामीसहित यात्रु बोकेको आरोपमा एम्बुलेन्स नियन्त्रणमा

Published

on

विराटचोकः सुत्केरी बोकेको एम्बुलेन्समार्फत् अन्य व्यक्ति पनि बोकेको पाइएको भन्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुन्दरहरैंचाको प्रेरणा बहुउद्देश्यीय सहकारीमार्फत् सञ्चालित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्स चालक रञ्जीत भगतलाई एउटा घरमा राखिएको बताइएको छ । उनले त्यहाँ आफैँ किनेर खाना खाने गरेको र वरपर हिँडडुल गर्ने गरेको बताए । चालक भगतले प्रहरीले चाबी र कागजपत्र लिएर गाउँपालिकालाई दिएको बताए । को १ च ५८६७ नम्बरको एम्बुलेन्स भने गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनस्थल नजिकै राखिएको बताइएको छ ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईसँग बुझ्दा १ जना सुत्केरीलाई लिएर आउनुपर्नेमा अन्य व्यक्ति पनि बोकेको पाइएकाले यस्तो घटना दोहोरिए समुदाय नै असुरक्षित हुने भएकाले एम्बुलेन्स नियन्त्रणमा राखेको बताए । उनले एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले आइन्दा यस्तो नहुने बताए जुनसुकै समयमा छोड्ने पनि बताए । एम्बुलेन्सले चर्काे भाडा लिएको समेत आरोप लागेको छ । २८ हजार भाडा लिएकाले यो अन्य सवारी भन्दा धेरै महङ्गो भएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

यता, प्रेरणा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोपालबहादुर थापाले गाउँपालिका अध्यक्षसँग सम्पर्क गरिरहेको बताए । यस्तै उनले एम्बुलेन्सले भाडा भने महङ्गो नलिएको बताए । एम्बुलेन्स चालकले बाटोमा मान्छे बोक्ने गरेको पाइए कावाएही गर्न मिल्ने तर मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सवारी साधन नियन्त्रणमा राख्न नहुने थापाको भनाइ छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० बाट सुत्केरी महिला बोकेर सो एम्बुलेन्स गएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफूलाई गाउँपालिकाबाट यो विषयमा १ पटक जानकारी गराएको तर पुनः कसैले पनि जानकारी नगराएको बताए । एम्बुलेन्सले गल्ती गरेको पाइए कार्वाही हुने समेत उनले बताए । यस विषयमा कसैले पनि लिखित जानकारी नगराएको बताउँदै लिखित जानकारी गराए एम्बुलेन्स फिर्ता ल्याउन पहल गर्ने प्रजिअ भुजेलले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading

Banner

कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने

Published

on

नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।

कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।

Continue Reading

Banner

उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।

आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।

कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।

नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।

शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।

यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक