Connect with us
Advertisement

उदयपुरका पत्रकारमा पनि कोरोना संक्रमण

Published

on

विराटचोकः उदयपुरका पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्ने पत्रकारको संख्या ४ पुगेको छ । पर्सामा २, धनुषामा १ र उदयपुरमा १ जना पत्रकार कोरोना संक्रमित भएका हुन् ।

नेपाल पत्रकार महासंघको समन्वयमा उदयपुरमा कार्यरत पत्रकारको स्वाब परीक्षण गर्दा १ जना पत्रकारमा कोरोना पुष्टि भएको हो । हिजो साँझ उदयपुरमा संक्रमित पुष्टि भएका उनी पत्रकार भएको खुलेको हो । नेपालमा हालसम्म २ सय ६७ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading

Banner

मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Published

on

 मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहानका राति आफैं अनियन्त्रित भएर दुर्घटना पर्दा सहचालकको मृत्यु भएको छ ।

बिहान ५:४५ बजेतिर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ७:३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।  मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझी घाइते भएका थिए ।

नोबेल शिक्षण अस्पतालमा माझीको आइतबार बिहान ३:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ  । मोटरसाइकल चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

Continue Reading

Banner

लुम्बिनीले जित्याे एनपीएल उपाधि,

Published

on

सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।

पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।

लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक