Connect with us
Advertisement

भगवान

Published

on

पोखरामा बस्ने सीता अमेरिकामा बस्ने विदेशी नागरिकसँग प्रेम विवाह गरेर गई । अमेरिकाको सपना देखेर सीताका बाआमाले पनि स्वीकारे । सीता पोखरामा पथप्रदर्शक थिई । उनीहरुको प्रेम भएपछि विवाह भएको थियो ।

सीता अमेरिकामै रमाउन थाली । महङ्गोमहङ्गो गाडी चढ्न पाई । विदेशी रहनसहनमा घुलमिल भई । कपाल छोटो पारी । कपाल रंगीचंगी बनाएर हिँड्न थाली । अमेरिकामा बस्न थालेपछि पैसा पनि कमाउन थाली ।

समय बित्दै गयो । विवाह गरेको ७ वर्ष पुग्दा पनि सन्तान नभएपछि उनीहरु चिन्तित हुन पुगे । नेपालमा भएको एक मन्दिरमा पूजापाठ गर्दा सन्तान हुन्छ भनेको सुनेपछि दुवै जना नेपाल आए । बेलुका मन्दिर छेउको होटलमा बास बसे ।

सीताको बाल्यकालदेखिको साथी प्रकाशले होटल चलाएको रहेछ । दिनभरि हिँडेर थाकेर आएकाले सीताको लोग्ने बेलैमा सुत्यो । सीता भने बालसखा प्रकाशसँग गफ गर्न थाली ।

‘विवाह किन नगरेको नि ?’

‘१२ कक्षा पास गर्न नसकेपछि म विदेश गएँ । उता पनि सोचेजस्तो भएन । अनि म फर्किएँ स्वदेश । अलिअलि कमाएको पैसाले यहाँ व्यवसाय गरेको । व्यवसायमा लागेपछि बिहेतिर ध्यानै गएन । तिमी त बिहे गरेर अमेरिका गएछौ । केटाकेटी कति भए नि ?’

सीता केही बोलिन । रात छिप्पिँदै थियो ।

प्रकाशले कुरा कोट्यायो, ‘तिमी झन् राम्री भइछ्यौ नि ।’

दुवै जना मस्कीमस्की कुरा गर्न थाले । प्रकाशले कफी लिएर आयो ।

‘म सानोमा तिमीलाई मन पराउँथे नि । तर तिमीलाई भन्न सकिनँ ।’

‘म पनि तिमीलाई राम्रो लाग्थ्यो नि ।’ सीताले सहमति जनाई ।

बिस्तारै दुवैमा कामवासना जागृत भयो । प्रकाशले हात समाएर कुरा गर्याे । पुसको चिसो महिनामा प्रकाशको तातो हातको स्पर्शपछि सीता रोमाञ्चित भई । बिस्तारै बिस्तारै आलिङ्गन र चुम्बनमा दुवै मग्न भए । त्यसपछि सीताले आफ्नो लोग्ने साथमै छ भन्ने नै बिर्सिई । प्रकाशसँग ज्यादै खुशी भई त्यो रात ऊ ।

बिहान सबरै उठेर सीताका दम्पत्ति बाटो लागे । वर्ष दिन नहुँदै सीताले छोरो पाई । सीता र उसको लोग्ने पनि खुसी भए ।

छोरो ५ वर्ष पुग्यो । अमेरिकाको एक पार्कमा खेलिरहेको थियो । सीताको लोग्नेले भन्यो, ‘लुक एट द आओर सन् । ड्याट इज गड गिफ्ड ।’

सीता हेरिरहेकी थिई प्रकाशको प्रतिबिम्ब ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन

Published

on

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

Continue Reading

Banner

धेरै वर्षपछि आइन् पवित्र सुब्बा, नझरेका फूलहरूले गर्‍यो सम्मान

Published

on

नझरेका फूलहरूद्वारा सुप्रसिद्ध गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान-२०८२’ प्रदान गरिएको आयोजक केपी घिमिरेले जानकारी दिएका छन्।
सुनसरीको इटहरीमा चैत १५ गते आइतबार आयोजित सम्मान समारोहको प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए।

नझरेका फूलहरूले प्रदान गर्ने स्रष्टा सम्मानको यो शृङ्खला पनि आफ्नो नियमित कार्यक्रम अन्तर्गत गरिएको घिमिरेको भनाइ छ। कार्यक्रमको सभापति गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी.लिम्बू , विशिष्ट अतिथि सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई, साहित्यकार पुरन याक्खा लगायत रहेको बताइएको छ।

पवित्र सुब्बा सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहण पश्चात् गायिका सुब्बाले समेत आफ्ना लोकप्रिय गीतहरू सुनाएकी थिइन्।

इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो।

गीतकार एवम् कवि केपी घिमिरेको आयोजनामा नझरेका फूलहरूले विगत एघारवर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति र पलेँटी शृङ्खला सञ्चालन गर्दै आइरहेको छ।

Continue Reading

Banner

पवित्र सुब्बा सम्मान साँझ हुने

Published

on

नझरेका फूलहरूले चैत्र १५ गते साँझ नेपाली साङ्गीतिक क्षेत्रकी लोकप्रिय गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई विशेष साङ्गीतिक समारोहका बीच सम्मान गर्न लागिएको जनाएको छ।कार्यक्रम सुनसरीको इटहरी चोक स्थित सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा हुनेछ।

चालीसको दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय सुब्बाका तिमी तारेभीर,याङ्जी नाना,कहिले प्रीतिको फूल,तिम्रो जोबन, सिरानीले बिझायो कि, पाएँ मैले तिम्रो चिठी, चोखो छ है लगायतका सयौँ गीत लोकप्रिय छन् । उनको मुख्य अभिनय रहेको ‘मितेरी गाउँ’ दर्शकले अत्यन्तै मन पराएको चलचित्र हो।
नझरेका फूलहरूले स्रष्टा सम्मानको नियमित शृङ्खला अन्तर्गत गायिका पवित्र सुब्बा सम्मान साँझ आयोजना गर्न लागेको नझरेका फूलहरूका प्रस्तुतकर्ता केपी घिमिरेले बताए।
कार्यक्रममा अन्य गायक गायिकाको समेत प्रस्तुति रहने घिमिरेले जानकारी दिएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक