मधेस प्रदेश
प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोना संक्रमित
विराटचोकः नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ जना पुगेको छ । आज थप भएका संक्रमितमध्ये १ जना सिरहा जिल्लामा संक्रमित भेटिएपछि प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
प्रदेश नम्बर २ मा सबैभन्दा धेरै पर्सामा ९१ जना संक्रमित भेटिएका छन् । सबैभन्दा कम सिरहा र सप्तरीमा १\१ जना संक्रमित भएका छन् ।
संक्रमितको संख्या २७३, सिरहासहित ५ जिल्लामा थपिए ६ जना कोरोना संक्रमित
Facebook Comment
Banner
महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना
जलेश्वरः जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ ।
विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव–प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।
पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए ।
हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।
Banner
चुरियामाईमा बस दुर्घटना हुँदा ६ जना भारतीय सहित ७ जनाको मृत्यु
हेटौंडाः आज बिहान १ बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा ६ जना भारतीय नगरिकहरू र एक जना नेपालीको ज्यान गएको हो ।
मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजयन्ती देवी, ६५ वर्षीया मीरादेवी र नेपाली नागरिकमा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केही भने उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Banner
मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
विराटचोकः आज मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरीको सम्भावना पनि रहेको छ ।
भारी वर्षाका कारण ती प्रदेशको जनजीवन प्रभावित हुन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login