Connect with us
Advertisement
Advertisement

नेपालमा भन्दा बढी कोरोना संंक्रमित भए पनि संक्रमितको मृत्यु नभएका देशहरु

Published

on

विराटचोकः नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । नेपालमा भएका कोरोना संक्रमितको मृत्युदर कम रहेको अनुमान गरिएको बेला २ जनाको मृत्यु भएपछि नेपालीमा त्रास फैलिएको छ ।

कोरोनाबाट संक्रमित भएकाको मृत्युदर सामान्यत २ प्रतिशत मानिएको छ । यस अर्थमा प्रत्येक १ सय जना संक्रमितमा २ जनाको मृत्यु हुन्छ । तर देशअनुसार यस्तो संक्रमित दर फरक पाइएको छ ।

नेपालमा २ सय ९५ जना संक्रमित हुँदा २ जनाको ज्यान गएको छ । तर केही देशमा नेपालमा भन्दा बढी कोरोना संक्रमित हुँदा पनि मृत्यु संख्या शून्य छ ।

यी हुन् नेपालभन्दा कम मृत्युदर भएका देशः
रियुनियन (४४३ जना संक्रमित): अफ्रिका महादेशको रियुनियन नामक देशमा ४ सय ४३ जना कोरोना संक्रमित हुँदा १ जनाको पनि मृत्यु भएको छैन । ३ सय ५४ जना निको भएर घर फर्किइसकेका छन् भने ८९ जनाको उपचार भइरहेको छ । तीमध्ये ४ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

क्यार (३२७ जना संक्रमित): अफ्रिका महादेशकै क्यार नामक देशमा ३ सय २७ जना संक्रमित हुँदा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ १३ जना उपचारपछि घर फर्किइसकेका छन् भने ३ सय १४ जनाको उपचार भइरहेको छ ।

भियतनाम (३२० जना संक्रमित): एशिया महादेशको भियतनाममा ३ सय २० जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भए पनि कसैको पनि मृत्यु भएको छैन । त्यहाँ २ सय ६० जनाको सफल उपचार भएको छ भने ६० जना उपचाररत रहेका छन् । २ जनाको अवस्था भने जटिल रहेको वर्ल्ड ओ मिटर्स डट इन्फोले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

प्रदेश नं. १

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published

on

विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै मोरङको केराबारीमा र्याली निकालिएको छ । अन्तरजातीय प्रेमबाट सिर्जित घटनाको विरोध गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ केराबारीले र्याली निकालेको हो ।


जाजरकोटका नवराज बिक तथा रुकुमको चौरजहारीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध रहेको र सो सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीसहित प्रेमिकाको घर गएका थिए । तर नवराजलाई जातीय गालीगलौजसहित अपमान गरी गाउँले र वडाध्यक्षसहित मिली लखेटेर कुटपिट गरेका थिए ।
हत्याकाण्ड सम्पुर्ण दोषीहरूलाई कडा कार्वाहीको माग राख्दै मंगलबार नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ मार्फत केराबारी बजारमा विरोध र्याली गरी केराबारी गाउँपालिका मार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको नेपाल दलित संघ केराबारीका अध्यक्ष सरु सुनामले बताए

Continue Reading

अर्थ

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Published

on

इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का २५ जना किसानलाई २५ ओटा कोरली गाई वितरण गरेकी हुन् ।

इटहरीलाई दूधमा आत्मनिर्भर बनाउन गाईपालन क्षेत्र घोषित वडाका किसानलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले बताइन् । केही दिन अघिमात्र इटहरी २० का २५ जना किसानलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गरेका थिए ।

अब वडा नम्बर २ का २५ जना किसानलाई पनि कोरली गाई वितरण गरिने बताइएको छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Continue Reading

Banner

नेपालमा ५४ हजार ४ सय २४ पीसीआर परीक्षण, आरडीटी ९७ हजार ९ सय ६७

Published

on

विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ हजार ९ सय ६७ नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यो संख्या हिजो ९५ हजार १ सय १२ थियो । नेपालका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ४३ जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जेठ १३ गतेसम्मको प्रादेशिक अवस्थाः

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक