शिक्षा / स्वास्थ्य
मोरङमा थप १ जनामा कोरोना पुष्टि, शुक्रबार आएका थिए भारतबाट
विराटचोकः मोरङमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दिउँसो थप भएका ५३ जना संक्रमितमध्ये १ जना मोरङका रहेका छन् ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १ सोनापुरका २५ वर्षीय युवामा संक्रमण देखिएको हो । आज दिउँसो बाँकेमा १ महिलासहित ४७ जना तथा गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना संक्रमित भेटिएका थिए ।
ती युवा शुक्रबार राती भारतको मुम्बईबाट आएर १ रात घरमा बसेका थिए । शनिबार बिहान उनलाई उनका काकाले मोटरसाइकलमा राखेर नगरपालिकाको हेल्थ डेस्कमा लगेर आरडीटी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङमा हिजो विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी र १ जना माछा व्यापारीमा संक्रमण पुष्टि भएको थियो । आज थप भएका संक्रमितसँगै मोरङमा ३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
मोरङका २ र धनकुटाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि
Facebook Comment
Banner
कक्षा १२ परीक्षा मिति तोकियो, तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ । यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन् ।
Banner
पत्रकार महासंघ मोरङले गर्यो ‘भिआईए’ स्क्रिनिङ
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरूलाई लक्षित गर्दै स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङको सहकार्यमा सम्पन्न भएको हो।
स्वास्थ्य शिविरमा १८ जना महिला पत्रकारले ‘भिआईए’ स्क्रिनिङ र स्तन परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा समस्या देखिएका पत्रकारहरूको विराट मेडिकल कलेजमा थप उपचारको व्यवस्था गरिने महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षण हुनेगरी महासंघले पहल गर्ने बताउनुभयो।
शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा. बबिता साहलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। शिविरसँगै आयोजित क्यान्सर सचेतना कार्यक्रमको सहजीकरण डा. रायमाझीले गर्नुभएको थियो।
सचेतना कार्यक्रममा डा. रायमाझीले हाल महिलामा पाठेघरभन्दा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार महिला र पुरुष दुवैमा मुख, नाक र घाँटीको क्यान्सर, बालबालिकामा ब्लड क्यान्सर तथा १८–२० वर्ष उमेर समूहमा हड्डीको क्यान्सर बढी देखिने गरेको छ। पछिल्ला दिनमा पुरुषमा समेत स्तन क्यान्सरका बिरामी देखिन थालेको जानकारी पनि उहाँले दिनुभयो।
डा. रायमाझीले नियमित स्वास्थ्य परीक्षण र रोगको प्रारम्भिक पहिचान भए क्यान्सरको उपचार सम्भव हुनेमा जोड दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापालगायतले स्वास्थ्यप्रति सचेत रहन र नियमित परीक्षण गराउन आग्रह गर्नुभएको थियो।
महिला पत्रकारहरूको स्वास्थ्य र क्यान्सरजस्तो गम्भीर रोगप्रति सचेतना बढाउने उद्देश्यले आयोजित यो कार्यक्रमलाई सहभागीहरूले समय सान्दर्भिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
Banner
माध्यमिक तह शिक्षक पदका लागि दरखास्त खुल्यो
शिक्षक सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।
मावि तहका चारसय ४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिकलगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login