Connect with us
Advertisement

नेपालका सातै प्रदेशमा भेटिए कोरोनाका संक्रमित, दैलेखका संक्रमित जेठ १ मा भारतबाट आएका थिए

Published

on

सुर्खेतः पछिल्लो पटक कोरोना पुष्टि भएका १८ जनामध्ये १ जना कर्णाली अञ्चलको दैलेख जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १ साततलाका ३५ वर्षीय युवक रहेछन् । उनी कर्णाली अञ्चलमा कोरोना पुष्टि हुने पहिलो व्यक्ति हुन् ।

आज बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । पुनः परीक्षणका लागि नेपालगञ्ज पठाउँदा त्यहाँ पनि रिपोर्ट पोजेटिभ नै आएको थियो ।

कर्णालीका पहिलो संक्रमित पुष्टि भएका उनी जेठ १ गते भारतबाट आएका थिए । रोजगारीका लागि गएका उनी भारतको आग्राबाट आएका थिए । उनी आठबीस नगरपालिका–१ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीसहित ३९ जना सो क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीसँग एकै बसमा ४८ जना भारतबाट आएका थिए ।

तीमध्ये ८ जना दैलेखको ठाँटीकाँध गाउँपालिका र १ जना चामुण्डा विन्द्रासैनी नगरपालिकाका भएको र उनीहरु क्वारेन्टाइनबाट घर गइसकेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु

Published

on

सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Continue Reading

Banner

नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु

Published

on

सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

Continue Reading

Banner

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प

Published

on

सुर्खेतः शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस गरिएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भूकम्पपीडितको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक