Connect with us
Advertisement

रुसमा संक्रमितको संख्या ३ लाख नाघ्यो, मृतक भने तुलनात्मक रुपमा कम

Published

on

विराटचोकः युरोपियन मुलुक रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुनेम रुस दोस्रो स्थानमा रहेको छ भने युरोपेली महादेशमा पहिलो स्थानमा रहेको छ ।

विगत २४ घण्टामा रुसमा ८ हजार ७ सय ६४ जना संक्रमित थपिएसँगै ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित पुगेका हुन् । युरोपियन देशमा रुसपछि स्पेनमा २ लाख ७८ हजार ८ सय ३ जना संक्रमित छन् । त्यस्तै, बेलायतमा २ लाख ४८ हजार ८ सय १८, इटलीमा २ लाख २६ हजार ६ सय ९९, फ्रान्समा १ लाख ८० हजार ८ सय ९ र जर्मनीमा १ लाख ७७ हजार ८ सय २७ जना संक्रमित भएका छन् ।

रुसमा मृतकको संख्या भने थोरै
अन्य देशको तुलनामा रुसमा मृतकको संख्या भने थोरै रहेको छ । विगत २४ घण्टामा १ सय ३५ जनाको मृत्यु हुँदा रुसमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय ७२ जना पुगेको छ । तर २ लाख ७८ हजार संक्रमित भएको स्पेनमा २७ हजारभन्दा बढीको ज्यान गएको छ । त्यस्तै ५५ हजार संक्रमित हुने नेदरल्याण्डमा ५ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार ३० हजार ७ सय ९९ जना संक्रमित भएको स्वीडेनमा ३ हजार ७ सयभन्दा बढी संक्रमितको ज्यान जाँदा ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएको रुसमा मृतकको संख्या पुगनपुग ३ हजार छ ।

रुसमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ३४ हजार निको

रुसमा पनि १ लाखभन्दा बढी कोरोना संक्रमित, १ लाखभन्दा बढी कोरोना संक्रमित हुने देश ८ ओटा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading

Banner

फुटबल मैदानमा गोलीकाण्ड : ११ जनाको मृत्यु

Published

on

मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये एक महिला र एक बालक छन्।

मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”

सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन्।

सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन्।

Continue Reading

Banner

इरानमाथि आक्रमणको तयारीमा अमेरिका

Published

on

इरानमा पश्चिमा देशलाई चुनौती दिइरहेको इस्लामिक सत्ता हटाएर आफू अनुकूल सत्ता निर्माण गर्न अमेरिकाले आक्रमणको अन्तिम तयारी गरिरहेको छ । केही दिनभित्र मध्यपूर्वमा देखिएका घटनाक्रमले इरानको अन्त्य निकै चाँडो हुनसक्ने विश्लेषण भइरहेको छ ।

त्यसैकारण इरानसँग अब दुई विकल्प छन्, पहिलो अमेरिकाले इरानभित्र जस्तो चाहन्छ, त्यस्तै गर्न दिने र दोस्रो अमेरिकी सैन्य आक्रमणको सामना गर्ने । यी दुईमध्ये जुन विकल्प रोजे पनि इरानको अस्तित्व मेटिने निश्चित छ ।

अमेरिकाको रक्षा मन्त्रालय अर्थात् डिपार्टमेन्ट अफ वारले हालै एउटा अनक्लासिफाइड डकुमेन्ट भन्दै नेशनल डिफेन्स स्ट्राटेजी सार्वजनिक गरेको छ । जुन दस्तावेजमा इरानसँग अझै पनि परमाणु हतियार प्राप्त गर्नसक्ने क्षमता रहेको र यो अमेरिकाका लागि खतरा हुनसक्ने उल्लेख गरिएको छ ।

यहाँ के बुझ्नुपर्छ भने अमेरिकाले आफ्नो लागि खतरा भनेर विश्लेषण गर्नु नै उसको आक्रमणको ब्याकराउण्ड तयार पार्नु हो । जस्तै, सन् २००३ मा इराकमा आक्रमण गर्नुअघि पनि अमेरिकाले यस्तै दस्तावेज जारी गरेको थियो । जसमा इराकसँग आम विनाशका हतियार हुनसक्ने भएकाले आक्रमण गर्नुपर्छ भनिएको थियो ।

उसले विश्वमा अमेरिकी आक्रमण जायज र वैधानिक भएको देखाउन तथा अमेरिकासहित पश्चिमा देशमाथि इरान खतरनाक चुनौती बन्नबाट रोक्न पनि आक्रमण गर्नुपरेको तर्क दिनका लागि यस्ता काम गर्दै आएको छ । जुन यसअघि पनि धेरैपटक गरेको छ ।

यसपटक अमेरिकी आक्रमणमा केही रोचक कुरा देखिन्छ । जस्तो कि सन् २००१ मा अफगानिस्तान होस् वा सन् २००३ मा इराकमाथि गरेको आक्रमण होस्, उसले नेटो देशसँगको सहकार्यमा आक्रमण गर्दै आएको थियो । तर यसपटक नेटो देशलाई कुनै सुइको समेत नदिई भेनेजुएलामाथि आक्रमण गर्‍यो भने इरानमाथि समेत अमेरिका एक्लैले हमला गर्ने तयारी गरिरहेको छ । अर्कोतिर ग्रीनल्याण्डको विषयलाई लिएर युरोपसँग अमेरिकाको टसल बढिरहेको छ । यी घटना क्रमबाट अब अमेरिकाका लागि युरोपको आवश्यकता करिब सकियो भन्ने देखाउँछ । यो भनेको नेटोको भविष्य समेत खतरामा परेको अर्थमा बुझिन्छ ।

अब फेरि इरानतर्फ फर्कौं । अमेरिकाले एउटा दस्तावेज सार्वजनिक गर्दैमा इरानमाथि हमला भइहाल्छ त भन्ने प्रश्न धेरैको मनमा उठेको हुनुपर्छ । किनकि एउटा दस्तावेज सार्वजनिक हुनु भनेको आक्रमणको सबै तयारी हुनु होइन । तर दस्तावेजसँगै यतिबेला अमेरिकी सैन्य मुभमेन्ट पनि मध्यपूर्वमा देखिन थालेको छ ।

वालस्ट्रिट जर्नलका अनुसार ट्रम्प इरानमाथि सैन्य विकल्पबारे अन्तिम निर्णय गर्ने योजनामा छन् र उनी निर्णायक सैन्य विकल्पको खोजीमा छन् । सोही अनुसार रक्षा मन्त्रालय पेन्टागनले काम गर्न सुरु गरेको छ । यो योजनामा इरानी सत्ता पल्टाउने योजना समेत छ ।

CG Group

अमेरिकाको इन्डोप्यासिफिक क्षेत्रमा रहने सेभेन्थ फ्लिटको युएसएस अब्राहम लिंकनसहितका धेरै एयरक्राफ्ट क्यारियर मध्यपूर्वतर्फ अघि बढिरहेका छन् । यी एयरक्राफ्ट क्यारियर जापानबाट साउदी, कतारतिर आइरहेका छन् । मध्यपूर्वमा टर्की, कुवेत, इराक, जोर्डन, साउदी, युएई र ओमानसहितका देशमा अमेरिकाका सैन्य एयरबेसहरू छन् । जसमध्ये केही स्थानमा नेभल फ्यासिलिटी पनि छन् ।

इरानमाथि हमला भएको खण्डमा इरानले मध्यपूर्वका यी सैन्य बेसलाई निशाना बनाउन सक्छ । त्यसैले यिनीहरूको क्षमता बढाउनका लागि अमेरिकाले सेभेन्थ फ्टिलाई अमेरिकाले जापानबाट मध्यपूर्व पठाएको हो ।

ट्रम्प आफैँले शुक्रबार जंगी जहाजहरू मध्यपूर्वतर्फ अघि बढेको पुष्टि गरेका थिए । यद्यपि इरानसँग छलफल पनि भइरहेकाले सम्भवतः आफूहरूले तिनीहरूको प्रयोग गर्न नपर्ने बताएका थिए । यो भनेको आफ्नो शक्ति देखाएर इरानलाई सम्झौतामा आउन बाध्य पार्नु हो । सैन्य हिसाबले तुलना गर्ने हो भने अमेरिकासँग इरानले लड्न कठिन छ ।

अमेरिकाले चाहेमा इरानमाथि ठूलो क्षति पुर्‍याउन सक्छ । तर यो अवस्थामा इरानलाई सहयोगको बचन दिइरहेका रुस र चीनको भूमिका के हुन्छ भन्ने कुराले पनि अर्थ राख्छ । इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी बेसलाई भने क्षति पुर्‍याउन सक्छ । त्यसैले त्यसले ट्रम्पको भनाइ एउटा ‘साइकोलोजिकल वार’ पनि हो ।

ट्रम्पले अब इरानको सत्ता परिवर्तन आफ्नो प्राथमिकतामा रहेको सन्देश दिइसकेका छन् । उनले इरानमा सरकारविरोधी प्रदर्शन चर्किदै गएका बेला खामेनेईको सत्ता केही दिनको पाहुना मात्रै भएको बताएका थिए ।

इरानमा सत्ता पल्टाउन अमेरिकाले गरिरहेको युद्धको तयारीबीच जंगी जहाज युएसएस अब्राहम लिंकन अरब सागरमा इरानतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यसअघि यो दक्षिण चीन सागरमा तैनाथ थियो । १८ जनवरीमा यसले स्ट्रेट अफ मलक्का पारेर हिन्द महासागरमा पुग्यो । जुन अरब सागरतर्फ अघि बढेसँगै इरानका केही शहर यसको स्ट्राइक रेन्जमा छन् । अमेरिकाको सी–३७–बी एयरक्राफ्ट पनि इरानको उत्तरमा तुर्कमेनिस्तानको अशगाबाद बेसमा पुगेको छ ।

यूएसएस अब्राहम लिंकनको निर्माण शीत युद्धको अन्त्यतिर सन् १९८८ मा एनएनएस कम्पनीले बनाएर सन् १९८९ मा अमेरिकी सेनामा सामेल भएको हो । जसको लम्बाई करिब ३३३ मिटर र चौडाई ७६.८ मिटर छ । १ लाख टनको युएसएस अब्राहम लिंकनको गति ५६ देखि ६० किलोमिटर प्रतिघन्टा छ ।

२५ देखि ३० वर्षसम्म रिफ्युलिङ गर्नु नपर्ने यो न्युक्लियर पावर्ड वारसिपले ७५ देखि ८० वटा एयरक्राफ्ट लैजान सक्छ । अब्राहम लिंकनसँगै केही डिस्ट्रोयर जहाज र परमाणु पनडुब्बी पनि चलिरहेका छन् । एयरक्राफ्ट क्यारियरमा ४८ देखि ६० एफ/ए–१८ फाइटर जेट रहेका छन् । जसले २३ सय किलोमिटरको दुरीसम्म हमला गर्न सक्छन् ।

रोयटर्सका अनुसार अमेरिकी एयरफोर्सले जोर्डनमा कम्तीमा १२ वटा एफ–१५ जेट तैनाथ गरेको छ । २० देखि २२ जनवरीमा अमेरिकी सी–१७ सैन्य ट्रान्सपोर्ट विमान केही पटक जोर्डनको मफराक अल–खवाजा एयरबेस पुगेका थिए । जुन विमानमा प्याट्रियट–३ मिसाइल डिफेन्स सिस्टम लगाइएको थियो ।

यसको उद्देश्य इजरायललाई इरानी जवाफी कारबाहीबाट बचाउनु हो । किनकि तेहरानले यसअघि नै इरानमाथि हमला गरे बदला लिने धम्की दिइसकेको छ । योबाहेक हिन्द महासागरस्थित डिएगो गार्सिया द्विपमा रहेको अमेरिकी सैन्य अड्डामा लगातार कार्गो विमान उत्रिरहेका छन् । यसबाट अमेरिकाले सम्भावित सैन्य अपरेशनका लागि बन्दोबस्तीका सामग्री र सैनिकको तैनाथी बढाएको अनुमान गर्न सकिन्छ ।

अमेरिकाले आक्रमणको तयारी तीव्र पारेसँगै इरान पनि त्यसको प्रतिकारका लागि तयारी अवस्थामा छ । इरानका वरिष्ठ सैनिक अधिकारी जनरल अली अब्दोल्लाही अलीअबादीले अमेरिकाले हमला गरे मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अड्डा इरानको निशानामा पर्ने बताएका छन् । अर्कोतर्फ इरानको इस्लामिक रिभोल्युसनरी गार्डस् कप्र्स (आईआरजी) का कमाण्डर मोहम्मद पाकपुरले इरानी सेनाको औला ट्रिगरर्म रहेको बताएका छन् ।

आज इरानमा जुन अवस्था देखिदैछ, यो अवस्था ल्याउन अमेरिकाले केही समयदेखि नै भूमिका खेलिरहेको थियो । इरानमाथि अमेरिकी प्रतिबन्ध, इरानको तेल किन्ने देशमाथि समेत भन्सार लगाएर उसँगको व्यापारलाई निरुत्साहित पार्नेदेखि इरानमा रहेको विपक्षीलाई एकजुट गराएर पटकपटक आन्दोलन चलाउने गर्छ । जस्तो कि २८ डिसेम्बरमा सुरु भएको हिंसात्मक आन्दोलनले इरानमा ठूलो जनधनको क्षति भयो । यही आन्दोलनबीच रेजा पहलवी सत्तामा फर्किएर अमेरिकी चाहाना अनुसार इरानको परमाणु कार्यक्रम रद्द गर्ने र इरानी तेल कुवामा अमेरिकी अधिकार स्थापित गराउन चाहेका छन् ।

अमेरिकाले इरानमा मानवअधिकार नभएकोदेखि आम जनताको जीवन कष्टकर बनिरहेको कुरालाई मूल मुद्दा बनाइरहेको छ । तर एउटा सत्य के हो भने अमेरिकाले इरानमाथि हमला गरेर सत्ता नै पल्टाएर अमेरिका अनुकूल सत्ता ल्याए पनि वा अहिलेको खामेनेईको सत्ताले नै अमेरिकासँग सौदाबाजी गरे पनि इरानी जनतालाई भने कुनै फाइदा हुने छैन ।

यो कुरा अमेरिकाले आक्रमण गरेका इराक, अफगानिस्तान, सिरिया, लिबियाजस्ता दर्जनौं देशको उदारहणबाट पुष्टि हुन्छ । जतिबेला इरानमाथि सत्ताविरोधी प्रदर्शन चर्किरहेको थियो, त्यसबेला इरानी सरकारको पक्षमा उर्लिएको भीडले भन्छ,– इरानमा अहिलेको सत्ता पल्टिनु स्थायित्वको सुरुवात होइन, बरु अस्थिरता र गृहयुद्धको खतरा बढ्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक