कोशी प्रदेश
सुन्दरहरैंचाका पत्रकारको लघुबीमा गरिदियो उद्योग वाणिज्य संघ सुन्दरदुलारीले

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले एक वर्षे कोरोना लघु बीमा गरिदिएको छ ।
बुधबार नगरप्रमुख शिवप्रसाद ढकालको उपस्थितिमा नगरपालिकामा कोभिड १९ जोखिम पत्रकारीता समितिका संयोजक शिव भट्टराईलाई संघका अध्यक्ष किशोर कार्कीले चेक हस्तान्तरण गरी बीमा कार्यक्रमलाई सहयोग गरेका हुन् । कोरोना भाइरसको महामारीका बीचमा पनि अग्र पंक्तिमा रहेर समाचार सम्प्रेषण गर्ने क्रममा देशका केही भागमा पत्रकारलाई समेत संक्रमण देखिएको छ । पत्रकारको मनोबल उच्च बनाउन यो बीमा कार्यक्रम गरिएको संघले जनाएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी विराटचोकका प्रमुख सन्तोष पाण्डेले यो बीमा लघु बीमा भएको र एक वर्षे अवधिको हुने बताउँदै बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखा परे १ लाख रुपैयाँ दिइने बताए ।
नगरप्रमुख ढकालले सञ्चार क्षेत्रले सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए । नगरमा केही अनावश्यक हल्ला चलाइएको र हालसम्म सुन्दरहरैंचामा कोही पनि संक्रमित नभएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईं, लेखा अधिकृत शेखर ढकाल, वडाध्यक्षहरु जीवनप्रसाद ढुंगाना, राजेन्द्रबहादुर थापा, जीवन राईलगायतको उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।
विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
Banner
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ । महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
Banner
सुनको मूल्यमा १ लाख ९१ हजार रुपैयाँको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login