कोशी प्रदेश
झापामा १५ जनासहित १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४

विराटचोकः झापाको कचनकवलमा मात्रै थप १५ जनासहित १७ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ निवासी १५ जना पुरुषमा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरु १८ देखि ४६ वर्षसम्मका छन् ।
त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
Facebook Comment
Banner
नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका भोली चुनाव हुने

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।
नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।
नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।
Banner
आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।
कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।
पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।
कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।
Banner
३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ
मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login