Connect with us
Advertisement
Advertisement

नेपाली हुनुको गौरव

Published

on

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । भौगोलिक रूपमा सानो भए पनि यो देशमा १ सय २३ जातजातिका मानिसहरूको बसोबास रहेको छ । यहाँ ५ भाषापरिवारका १ सय २९ भाषाहरू प्रयोगमा रहेका छन् । यिनीहरूको भाषा, संस्कृति र धर्ममा विविधता छ । बहुसङ्ख्यक मानिसले हिन्दू धर्म अङ्गीकार गरे पनि बौद्ध, इस्लाम, इसाइ, किरातलगायतका धर्म मान्ने मानिसहरूको सङ्ख्या पनि उल्लेख्य छ ।

‘अतिथि देवो भवः’ र ‘सर्वे भवन्तु सुखिन’को मूल मन्त्रलाई आत्मसात् गर्ने हाम्रो देशले सांस्कृतिक बहुलता र अन्तर्घुलनको पहिचान बोकेको छ । यहाँ गीताले बाइबललाई गाली गर्दैन, कुरानले मुन्धुमलाई आँखा तर्दैन, मन्दिरले मस्जिदलाई बाटो छेक्दैन । यहाँ कृष्ण मस्जिदमा बाँसुरी बजाइरहेका भेटिन्छन्, क्राइस्ट शान्ति खोज्दै गुम्बामा ध्यान गरिरहेका देखिन्छन् ।

नेपाली संस्कृति अनेकन फूलहरूले भरिएको बगैँचाको सौन्दर्य हो । बगैँचामा बेली, चमेली, सयपत्री, मखमलीलगायतका फूलहरूको अलग्गै रङ र सुवास हुन्छ तर पनि ती सबैको समन्वित रूप र सुवासले मनलाई आह्लादित बनाउँछ र बगैँचाको सुन्दरतामा उच्चता थप्ने काम गर्दछ । त्यस्तै विविध जातजाति, भाषा, धर्म, रीतिरिवाज र संस्कृतिको मिश्रण र समन्वयबाट नेपाली संस्कृतिमा उच्चता कायम भएको छ ।

मेरो देश अनेकतामा एकताको प्रतीक हो । धर्मशास्त्रमा वर्णित स्वर्गभन्दा मेरो देश कयौँ गुणा राम्रो छ । जातजाति, भाषा र धर्मको सङ्कीर्णताबाट माथि उठेको मेरो देशले आफूलाई संसारको शक्तिशाली हुँ भन्ने देशहरूलाई अनुशासन, नैतिकता र आदर्शको पाठ पढाइरहेको छ ।

यो देश संसारको एउटा यस्तो देश हो जहाँ दासता र गुलामीको इतिहास छैन । इतिहासका विभिन्न कालखण्डमा हाम्रा पुर्खाले बरु आफ्नो शिर दिए तर एक इन्च पनि भूमि पराइलाई सुम्पेनन् । ती वीरका सन्तान भएका कारण हाम्रा नशामा तिनकै रक्त प्रवाह भएकाले सुस्ता, महेशपुर, लिम्पियाधुरा, लिपुलेक, कालापानीजस्ता हाम्रा भूभागमा वैरीले आँखा लगाउँदा रगत उम्लेर आउँछ र खुकुरीमा धार लगाउन मन लाग्छ ।

पूर्वीय संस्कृति मूलतः प्राचीन आर्य संस्कृति हो । सनातन वैदिक संस्कारबाट प्रभावित र अनुप्राणित हुँदै हुर्किएको नेपाली समाजको ठूलो हिस्साले ‘वसुधैव कुटुम्बकम्’को मूल मन्त्रलाई आत्मसात् गरेको छ । पृथ्वी आमा र पृथ्वीवासी तिनै आमाका एकै सन्तान हुन् । अतः सम्पूर्ण पृथ्वीवासीमा अपनत्व छ र हुनुपर्छ भन्ने पूर्वीय मान्यतालाई किमार्थ भुल्नु हुँदैन । नेपाल र भारत दुवै देशले यही प्राचीन संस्कारबाट आफूलाई विश्वमा उभ्याएका छन् । प्राच्य वैदिक परम्पराको मूल वृक्ष नेपाल र भारतको भूमिमा हुर्किएका हुन् ।

यी भूमि धेरै ऋषिमुनिहरूको अदम्य तपस्या र त्यसबाट निसृतः ज्ञानको पुञ्ज बोकेर संसारमा परिचित छन् । त्यसैले यी देशमा भाइचाराको सम्बन्ध आवश्यक छ तर भाइचारामा उत्पन्न विवादको बीउले पक्कै पनि सुसम्बन्धमा दरार सिर्जना गर्दछ । भारतले आफूलाई ‘सत्यमेव जयते’को वाक्यांशको मर्ममा उभिएको भनी उद्घोष गर्दछ । सत्यकै जीत हुन्छ भनेर आफ्नो निशानीलाई चिनाउन खोज्नु तर व्यवहारमा असत्यको पक्षपोषण गर्नुले द्वैध चरित्रको भूमिकामा उभिएको देखिन्छ । अहिलेको सीमा विवाद यसकै उपज हो ।

मुलुक सानो र आर्थिक रूपमा कमजोर भएकाले बेलाबेलामा छिमेकीको थिचोमिचो र बाघ झम्टाइ खेपिरहनु परेको छ । बरु मर्न तयार हुने तर अपमान सहेर शिर झुकाइ बाँच्न नसक्ने नेपालीहरू आत्मबल र बाहुबलमा बलिया छन् । गाँस छाड्नु, साथ नछाड्नु भन्ने उक्तिलाई जीवनको हिस्सा बनाएका नेपालीहरू जीवनको कर्मपथमा ऊर्जाशील भएर लम्किरहेका कुरा इतिहासले पुष्टि गरेकै हो । यसर्थ एकपटक सबै नेपालीले मन, वचन र कर्मले एकजुट भई इतिहास सम्झाउने बेला आएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

प्रदेश नं. १

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published

on

विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै मोरङको केराबारीमा र्याली निकालिएको छ । अन्तरजातीय प्रेमबाट सिर्जित घटनाको विरोध गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ केराबारीले र्याली निकालेको हो ।


जाजरकोटका नवराज बिक तथा रुकुमको चौरजहारीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध रहेको र सो सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीसहित प्रेमिकाको घर गएका थिए । तर नवराजलाई जातीय गालीगलौजसहित अपमान गरी गाउँले र वडाध्यक्षसहित मिली लखेटेर कुटपिट गरेका थिए ।
हत्याकाण्ड सम्पुर्ण दोषीहरूलाई कडा कार्वाहीको माग राख्दै मंगलबार नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ मार्फत केराबारी बजारमा विरोध र्याली गरी केराबारी गाउँपालिका मार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको नेपाल दलित संघ केराबारीका अध्यक्ष सरु सुनामले बताए

Continue Reading

अर्थ

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Published

on

इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का २५ जना किसानलाई २५ ओटा कोरली गाई वितरण गरेकी हुन् ।

इटहरीलाई दूधमा आत्मनिर्भर बनाउन गाईपालन क्षेत्र घोषित वडाका किसानलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले बताइन् । केही दिन अघिमात्र इटहरी २० का २५ जना किसानलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गरेका थिए ।

अब वडा नम्बर २ का २५ जना किसानलाई पनि कोरली गाई वितरण गरिने बताइएको छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Continue Reading

Banner

नेपालमा ५४ हजार ४ सय २४ पीसीआर परीक्षण, आरडीटी ९७ हजार ९ सय ६७

Published

on

विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ हजार ९ सय ६७ नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यो संख्या हिजो ९५ हजार १ सय १२ थियो । नेपालका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ४३ जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जेठ १३ गतेसम्मको प्रादेशिक अवस्थाः

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक