विश्व
सार्क राष्ट्रमा डेढ लाख कोरोना संक्रमित आइसोलेसनमा
विराटचोकः सार्क राष्ट्रमा हाल १ लाख ५० हजार ८ सय २० जना संक्रमित आइसोलेसनमा बसी कोरोनामुक्त हुने क्रममा रहेका छन् । तीमध्ये ९ हजार ८५ जनाको अवस्था भने गम्भीर छ । हालसम्म ८३ हजार ७ सय ७७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
सार्क राष्ट्रमा २ लाख ४० हजार ४ सय ६८ जना कोरोना संक्रमित छन् । तीमध्ये ११ हजार ५ सय २२ जना विगत २४ घण्टामा थप भएका हुन् । सार्कमा हालसम्म ५ हजार ८ सय ५१ जना संक्रमितको ज्यान गएको छ । वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान साढे ६ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः
सार्कका कोरोना संक्रमितमध्ये ७९ हजार ४ सय २८ निको
Banner
पश्चिमा हार्ने रुस–युक्रेन युद्ध
रुस र युक्रेनबीच लडाइँ भएको दुई वर्ष नाघेको छ। वस्तुतः यो नाटो र रुसबीचको लडाइँ हो। नाटो र रुसबीचको झगडामा युक्रेन कोपभाजनमा परेको मात्र हो। लडाइँ तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा यो तत्कालै टुंगिने कुनै संकेत देखिँदैन। बरु दोस्रो वर्ष पूरा भएको अवसर जुराएर युरोपेली संघ र अमेरिकाले गरेका केही निर्णयले भने अझ लम्बिने देखिएको छ।
पछिल्लो समय लडाइँमा युक्रेनको कमजोर अवस्थाले चिन्तित पश्चिमा शक्तिहरूले युक्रेनलाई थप हतियार र बन्दोबस्तीका सामान दिने निर्णय गरेका छन्। दुई वर्ष कडा नाकाबन्दी लगाए पनि रुसको अर्थतन्त्र कत्ति पनि शिथिल नभएको देखेर आजित उनीहरूले यसपटक फेरि विभिन्न देशका सयौँ कम्पनीमाथि रुससँग व्यापारिक सम्बन्ध राखेको भन्दै नाकाबन्दी थोपरेका छन्। यस्ता निर्णयले पश्चिमा शक्ति रुस–युक्रेन लडाइँ समाधान गर्नभन्दा अझ लम्ब्याउने मनस्थितिमा भएको देखाएको छ।
विश्व
अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य
खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ ।
यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । त्यसैले यो ब्रम्हाण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ ।
यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए । ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए ।
एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । वैज्ञानिकहरुले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुहरुको खोजी गरिरहेका थिए । त्यसका लागि उनीहरुले २.३ मिटरको टेलिस्कोपको सहयोग लिए । त्यसपछि ती वस्तुहरुमा ब्ल्याक होल कति छन् भन्ने हेरे । तत् पश्चात् उनीहरुले युरोपियन साउदर्न अब्जरभेटरीमा गए ।
त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो । सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा १२० करोड वर्षमा आइपुग्छ । तर क्रिस्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन् । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ । यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ ।
कहिलेकाही ब्ल्याक होल यतिधेरै ठूला हुन्छन् कि त्यसमा २ सय देखि ३ सय करोडसम्म सूर्य विलिन हुन सक्दछन् । ब्रम्हाण्डमा कैयन् ब्ल्याक होल छन् तर तिनको भोक कम छ । उनीहरुले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्छन् । कम गर्मी तथा प्रकाश निकाल्दछन् । कम चमकदार हुन्छन् । तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।
क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो, भयानक तथा भोको छ ।
हाम्रो आकाशगंगा अर्थात् मिल्की वे मा धुलोको बादल छ । यसले ब्रम्हाण्डको प्रकाशलाई सोस्दछ । कम्तिमा पनि ब्रम्हाण्डको २० प्रतिशत प्रकाशलाई यसले सोसेको हुन्छ ।
यतिधेरै प्रकाश ब्रम्हाण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बँच्दछन् । यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा हुन्छ । यसको तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ । शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रम्हाण्ड किशोरावस्थामा छ । त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् ।
Banner
गाजामा थप ४० को मृत्यु : मर्नेको सङ्ख्या २८ हजार ९८५
गाजा । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल–अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।
आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा सयौं मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।
उद्धारकर्ताहरूले ४० वटा शव उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ।
हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ । रासस/सिन्ह्वा
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: सार्क राष्ट्रमा अढाइ लाख बढी कोरोना संक्रमित - निष्पक्षखबर