मधेस प्रदेश
४ महिने शिशु र ६२ वर्षीया महिलासहित एकै घरका १८ जना कोरोनामुक्त, निको हुनेको संख्या १०५
विराटचोकः आज थप १८ जना व्यक्ति कोरोनामुक्त भएका छन् । उनीहरु एकै परिवारका व्यक्ति हुन् ।
२ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई नारायाणी अस्पतालले डिस्चार्ज गरेको हो । वीरगन्ज–३, छपकैयाको एकै परिवारका उनीहरुमध्ये ३७ वर्षीय पुरुषलाई वैशाख २१ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि बैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि बैशाख २४ गते नै अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणपछि उपचार पाएर निको हुनेको संख्या १ सय ५ जना पुगेको छ ।
Banner
डा. शर्माको सहयोगमा अन्सले पाए नयाँ जीवन
सर्लाहीकी सकुन्तल शाह काठमाडौंको कपन–सुकेधारामा मकै पोलेर परिवार चलाइरहेकी थिइन् । दैनिक ज्याला मजदुरीमै जीवन धानिरहेकी सकुन्तलको संसार उनका नाबालक छोरा अन्सकुमार साह वरिपरि घुम्थ्यो । तर एकाएक आएको एउटा दुखद् खबरले उनको होसहवास उड्यो ।
स्थानीय बासिन्दाले आत्तिँदै आएर उनका छोरालाई गाडीले ठक्कर दिएको खबर सुनाए । ट्युसन पढेर कोठातर्फ फर्किरहेका अन्स बाटो काट्ने क्रममा दुर्घटनामा परेका थिए । खबर सुन्नासाथ आमाको मुटुले ठाउँ छोड्यो । उनी सबैथोक छोडेर घटनास्थलतर्फ दौडिइन् ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल शिक्षण अस्पताल पु¥याइयो । तर त्यहाँबाट उनलाई थप उपचारका लागि भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज रेफर गरियो । एकातिर चोटको असह्य पीडाले सानो बालक अस्पतालको बेडमा छटपटाइरहेका थिए भने अर्कोतिर आमाको मन उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले जलिरहेको थियो । गरिबी, पीडा र असहायताको त्यो क्षण सकुन्तलका लागि अत्यन्तै कठिन थियो ।
संयोग पनि कहिलेकाहीँ जीवन बदल्ने गरी आउँदो रहेछ । सकुन्तलको त्यो पीडा र छटपटाहट उनकै छिमेकीसमेत रहेका सहयोगी माधव चौलागाईंले थाहा पाए । उनै चौलागाईंले नै काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका युवानेता डाक्टर सुनीलकुमार शर्मासँग अन्सको निःशुल्क उपचारका लागि आग्रह गरे । सबै कुरा बुझिसकेपछि डा. शर्माले अन्सको उपचार तत्काल अघि बढाउन अस्पतालका पदाधिकारी र चिकित्सकहरूलाई निर्देशन दिए । त्यसपछि डाक्टरहरूको टोलीले अन्सको टाउकोको सफल शल्यक्रिया ग¥यो । समयमै पाएको उपचार, चिकित्सकहरूको मेहनत र सबैको साथले अहिले अन्स क्रमशः निको हुँदै गइरहेका छन् ।
आज सकुन्तलको आँखामा फेरि आशाको उज्यालो फर्किएको छ । छोराले नयाँ जीवन पाएको खुसीमा उनले डा. शर्मा, उपचारमा संलग्न चिकित्सक टोली र सहयोग गर्ने सबैप्रति आफ्नै मातृभाषामा भावुक हुँदै धन्यवाद व्यक्त गरेकी छन् ।
कहिलेकाहीँ एउटा सहयोग, एउटा निर्णय र समयमै गरिएको उपचारले कसैको जीवनमा नयाँ बिहानी ल्याइदिन्छ । अन्सको जीवनमा पनि यस्तै नयाँ बिहानी उदाएको छ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।
Banner
वीरगञ्जमा जारी कर्फ्यू आज बेलुकी ६ बजेसम्म
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेकाे कर्फ्यू आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप भएकाेमा फेरि बेलुकी ६ बजेसम्म लम्बिएकाे हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा; पश्चिममा सिर्सिया नदी; उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । 
Banner
मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै
मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।
यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।
यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: थप ७ जना संक्रमित निको, ११२ जना निको भए, आजमात्रै २५ जना डिस्चार्ज - निष्पक्षखबर