Connect with us
Advertisement

सनातन धर्म र यसको महत्व

Published

on

योगी पीताम्बर

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ।।
ॐ शान्तिः शान्तिः शान्तिः
सबैको सुखको कामना, सबैको रोगमुक्तको चाहना, सबैमा प्रगतिको र उन्नतिको कामना गर्ने सिद्धान्त नै सनातन हो । सनातन धेरै ग्रन्थमा उल्लिखित यो श्लोक नै सनातनको परिभाषा र सिद्धान्त हो । जसले मानव तथा प्रकृतिको रक्षाको सिद्धान्त केवल सनातनमा छ, सनातन संसारको सबैभन्दा पुरानो सिद्धान्त हो भन्ने प्रष्ट्याउँछ । सनातनको अर्थ भनेको उत्पत्तिको र अन्त्यको कुनै सीमा नहुनु हो । यसको न शुरु छ, न अन्त्य नै ।

शास्वत सत्य नै सनातन हो । सनातन सिद्धान्त न त जाति विशेष, न त भूगोल विशेष न त कुनै मत र धर्म विशेष नै हो । जुन सत्य हो त्यो सनातन हो । मानवको विकास र प्रकृतिको संरक्षक नै सनातन हो । संसारमा धर्मका जति मत, सिद्धान्त छन् ती सबैको उत्पत्तिको पृष्ठभूमि नै सनातन हो ।

यतो ऽभ्युदयनिःश्रेयससिद्धिः स धर्मः । अर्थात जसले भौतिक र आध्यात्मिक परम गति प्राप्त गर्छ त्यो धर्म हो । ऋषिमुनिका अनुसार विकास र प्रकृतिको संरक्षणमा धर्मका सिद्धान्त र मत बने । ती सबै कुनै न कुनै रूपमा सनातनको गर्भबाट नै आएको पाउन सकिन्छ । धर्मका नाममा बनेका मत र सिद्धान्तले मानवलाई विभिन्न समूहमा विभाजन गर्छ । केवल सबैको शान्ति, सुख र प्रगतिको कामना सनातनले नै गर्छ । सृष्टिको शुरु अवस्थादेखि नै विभिन्न कालखण्डमा विभिन्न भूगोल र समाज मानवको विकास र प्रकृतिको संरक्षणको लागि विभिन्न महापुरुषको आगमन भएको पाउन सकिन्छ ।

महापुरुषले दिएको सिद्धान्त र मत नै वर्तमान अवस्थामा धर्मको रूपमा लिएको पाउन सकिन्छ । त्यो केवल एक मत र सिद्धान्तमात्र हो । धर्मको सिद्धान्तले केवल मानवको प्रगति र प्रकृतिको संरक्षण गर्छ तर व्यक्ति विशेषबाट बनेका विभिन्न सिद्धान्तले मानव समुदायलाई विभाजन गरेको पाइन्छ ।

धर्मको अर्थ नै सत्य हो । जुन भूगोल विशेष र जात विशेष हुँदैन । धर्म भनेको शिवको पूजा, जिससको प्रार्थना र अल्लाहको पुकार मात्र होइन । यो केवल सम्प्रदाय मात्र हो । धर्म सत्य हो जुन कुरा सत्य हो त्यो धर्म हो । धर्म असफलताबाट सफलता, मानवबाट महामानव बनाउने एक सिद्धान्त हो ।

गौतम ऋषिका अनुसार
श्रूयतां धर्म सर्वस्वं श्रुत्वा चैव अनुवत्र्यताम् ।
आत्मनः प्रतिकूलानि, परेषां न समाचरेत् ।।

धर्मको सर्वस्व सुनेर त्यही आधारमा चल्नु र आफूलाई नराम्रो लाग्ने व्यवहार तेस्रोसँग नगर्नु धर्म हो भन्ने अर्थ छ । साथै सनातन धर्मका सबै ग्रन्थमा यही कुरालाई जोड दिएको पाउन सकिन्छ । संसारमा धर्मका धेरै मत छन् । संसारमा विद्यमान धार्मिक मतका अनुयायीको आधार विभिन्न छन् । प्राचीन यहुदीको आधारमा इसाई धर्म र जिसस क्राइष्ट अर्थात येशु मसीहको जन्मलाई मानिन्छ । जसलाई क्रिश्चियन धर्म ग्रन्थको आधारमा स्वयम् भगवानबाट जन्म भएको विश्वास गरिन्छ । उनैको समयबाट यस मतको शुरु भएको पाउन सकिन्छ । जसमा मानव मुक्तिका वचनहरु व्याख्या गरिएको पाइन्छ । यस धर्मको मुख्य ग्रन्थ बाइबलमा पनि सबै मानवकै मुक्तिको कुरा पाइन्छ ।

त्यस्तै ठूलो जनसंख्या ओगटेको अर्काे धर्म इस्लाम धर्म हो । अन्तिम वक्ता हजरत मुहम्मदद्वारा मानव समुदायमा यसको शिक्षा लएको कुरा यस धर्मको मुख्यग्रन्थ कुरानमा पाउन सकिन्छ । जनसंख्याको आधारमा संसारको दोस्रो ठूलो धर्मको रुपमा यो धर्म रहेको छ । यो धर्म पनि मानवताको प्रेम र प्रकृतिको संरक्षणमा नै आधारित छ ।

त्यस्तै नेपालमा जन्मिएका सिद्धार्थ गौतमको सिद्धान्तको आधारमा बनेको धर्म बौद्ध धर्म हो । यसले पनि यिनै कुरामा ध्यान केन्द्रित गरेको पाउन सकिन्छ ।

सबै धर्मको सन्देश एउटै छ । विभिन्न समयमा विभिन्न स्थानमा आएका महामानवहरुले दिएको शिक्षाको निचोड मानव विकास र प्रकृतिको संरक्षण नै हो । तर बिडम्बना मानव समाजमा निजी स्वार्थको कारणले यसैको आधारमा समाजमा विभाजन गरेको पाउन सकिन्छ ।

व्यक्तिबाट बनेका मत र सिद्धान्तले विभिन्न समूहमा मानवलाई विभाजन गरेको पाइन्छ । कि त ती सबै सिद्धान्तले मानवको प्रगतिको र प्रकृतिको संरक्षण गर्नु पर्यो अनि केवल धर्म मान्न सकिन्छ । हुन ती महामानवले सबै मानवको सुख शान्ति र प्रगति नै चाहेको पाइन्छ । तर मानवले आफ्नो निजी स्वार्थका कारण ती महापुरुषका सिद्धान्तलाई भूगोल र जातविशेषका आधारमा विभाजन गरेको कारण सीमित गराए ।

ती सिद्धान्त केवल सीमित समूह र सीमित भूगोलमा स्वार्थपूर्तिको लागि प्रयोग भयो । जसका कारण मानवमानवमा नै विभाजन भयो । यसले मानवको प्रगति र प्रकृतिको संरक्षणको विरुद्धमा निश्चित भूगोल र निश्चित समूहको स्वार्थपूर्तिको रुपमा प्रयोग गर्न सीमित गरायो । त्यसकारण पनि यसलाई धर्मभन्दा पनि मत र सिद्धान्तको रुपमा मात्र लिँदा उपयुक्त होला ।

धर्मले त केवल समग्र ब्रह्माण्डको संरक्षण गर्छ । मानव सृष्टिदेखि अहिलेको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिबाट बनेको सिद्धान्तमा विभाजन भएको पाइन्छ । जबकि धर्मले कसैलाई पाखा र कसैलाई काखा गर्दैन । सबैको उत्तिकै महत्व, श्रद्धा र प्रगतिको कामना गर्छ । त्यो केवाल सनातन सिद्धान्तमा पाउन सकिन्छ । सनातन विज्ञान हो, यो विश्वासमात्र होइन । जब संसार बन्यो त्यो समयबाटै परमात्माबाट यो सिद्धान्त बन्यो ।

जसरी तपार्इंले कुनै प्रोडक्ट बनाउँदा त्यो प्रोडक्ट सञ्चालन गर्न क्याटलग पाउनुहुन्छ त्यसरी नै यो संसारको सञ्चालनको ज्ञान वेद हो । त्यही भएर वेद कोही व्यक्तिमार्फत् रचना नभएर केवल सृष्टिसँगै प्राप्त भएको ज्ञान हो । वेद मानव विकास र प्रकृतिको संरक्षणको नियम हो । जति पनि धार्मिक मत तथा सिद्धान्त बने ती सबैको गर्भ वेद हो ।

त्यसैले धर्म केवल सनातन हो । जुन सत्य छ । जहाँ मानव र प्रकृतिको रक्षाको कुरा गरिएको छ । मानव र प्रकृतिको रक्षाको लागि सनातन धर्मको आवश्यकता छ । सनातन एक यस्तो सिद्धान्त हो जसले मानव प्रकृतिको रक्षा गर्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

Published

on

 विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैचा–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Published

on

सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा गंगा घाट परिसरमा सम्पन्न भएको छ।

हालसम्म सुन्दरहरैचा नगरभित्र आफ्नै भौगोलिक क्षेत्रमा व्यवस्थित मुक्तिघाट नहुँदा यहाँका नागरिक अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहँदै आएका थिए। लोहित गंगा मुक्तिघाटको निर्माण सम्पन्न भएसँगै सुन्दरहरैचाको पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

साधारण सभामा पछिल्लो समय मुक्तिघाट निर्माणसँग सम्बन्धित अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे पनि छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै, तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न सबैलाई अनुरोध गरिएको सभाले जनाएको छ।

मुक्तिघाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधासम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवा तथा सरोकारवालाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी पनि सभामा गराइएको थियो।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा धनमाया तामाङराजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्।

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू वर्ष र आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेटसमेत पारित गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक