Connect with us
Advertisement

सनातन धर्म र यसको महत्व

Published

on

योगी पीताम्बर

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ।।
ॐ शान्तिः शान्तिः शान्तिः
सबैको सुखको कामना, सबैको रोगमुक्तको चाहना, सबैमा प्रगतिको र उन्नतिको कामना गर्ने सिद्धान्त नै सनातन हो । सनातन धेरै ग्रन्थमा उल्लिखित यो श्लोक नै सनातनको परिभाषा र सिद्धान्त हो । जसले मानव तथा प्रकृतिको रक्षाको सिद्धान्त केवल सनातनमा छ, सनातन संसारको सबैभन्दा पुरानो सिद्धान्त हो भन्ने प्रष्ट्याउँछ । सनातनको अर्थ भनेको उत्पत्तिको र अन्त्यको कुनै सीमा नहुनु हो । यसको न शुरु छ, न अन्त्य नै ।

शास्वत सत्य नै सनातन हो । सनातन सिद्धान्त न त जाति विशेष, न त भूगोल विशेष न त कुनै मत र धर्म विशेष नै हो । जुन सत्य हो त्यो सनातन हो । मानवको विकास र प्रकृतिको संरक्षक नै सनातन हो । संसारमा धर्मका जति मत, सिद्धान्त छन् ती सबैको उत्पत्तिको पृष्ठभूमि नै सनातन हो ।

यतो ऽभ्युदयनिःश्रेयससिद्धिः स धर्मः । अर्थात जसले भौतिक र आध्यात्मिक परम गति प्राप्त गर्छ त्यो धर्म हो । ऋषिमुनिका अनुसार विकास र प्रकृतिको संरक्षणमा धर्मका सिद्धान्त र मत बने । ती सबै कुनै न कुनै रूपमा सनातनको गर्भबाट नै आएको पाउन सकिन्छ । धर्मका नाममा बनेका मत र सिद्धान्तले मानवलाई विभिन्न समूहमा विभाजन गर्छ । केवल सबैको शान्ति, सुख र प्रगतिको कामना सनातनले नै गर्छ । सृष्टिको शुरु अवस्थादेखि नै विभिन्न कालखण्डमा विभिन्न भूगोल र समाज मानवको विकास र प्रकृतिको संरक्षणको लागि विभिन्न महापुरुषको आगमन भएको पाउन सकिन्छ ।

महापुरुषले दिएको सिद्धान्त र मत नै वर्तमान अवस्थामा धर्मको रूपमा लिएको पाउन सकिन्छ । त्यो केवल एक मत र सिद्धान्तमात्र हो । धर्मको सिद्धान्तले केवल मानवको प्रगति र प्रकृतिको संरक्षण गर्छ तर व्यक्ति विशेषबाट बनेका विभिन्न सिद्धान्तले मानव समुदायलाई विभाजन गरेको पाइन्छ ।

धर्मको अर्थ नै सत्य हो । जुन भूगोल विशेष र जात विशेष हुँदैन । धर्म भनेको शिवको पूजा, जिससको प्रार्थना र अल्लाहको पुकार मात्र होइन । यो केवल सम्प्रदाय मात्र हो । धर्म सत्य हो जुन कुरा सत्य हो त्यो धर्म हो । धर्म असफलताबाट सफलता, मानवबाट महामानव बनाउने एक सिद्धान्त हो ।

गौतम ऋषिका अनुसार
श्रूयतां धर्म सर्वस्वं श्रुत्वा चैव अनुवत्र्यताम् ।
आत्मनः प्रतिकूलानि, परेषां न समाचरेत् ।।

धर्मको सर्वस्व सुनेर त्यही आधारमा चल्नु र आफूलाई नराम्रो लाग्ने व्यवहार तेस्रोसँग नगर्नु धर्म हो भन्ने अर्थ छ । साथै सनातन धर्मका सबै ग्रन्थमा यही कुरालाई जोड दिएको पाउन सकिन्छ । संसारमा धर्मका धेरै मत छन् । संसारमा विद्यमान धार्मिक मतका अनुयायीको आधार विभिन्न छन् । प्राचीन यहुदीको आधारमा इसाई धर्म र जिसस क्राइष्ट अर्थात येशु मसीहको जन्मलाई मानिन्छ । जसलाई क्रिश्चियन धर्म ग्रन्थको आधारमा स्वयम् भगवानबाट जन्म भएको विश्वास गरिन्छ । उनैको समयबाट यस मतको शुरु भएको पाउन सकिन्छ । जसमा मानव मुक्तिका वचनहरु व्याख्या गरिएको पाइन्छ । यस धर्मको मुख्य ग्रन्थ बाइबलमा पनि सबै मानवकै मुक्तिको कुरा पाइन्छ ।

त्यस्तै ठूलो जनसंख्या ओगटेको अर्काे धर्म इस्लाम धर्म हो । अन्तिम वक्ता हजरत मुहम्मदद्वारा मानव समुदायमा यसको शिक्षा लएको कुरा यस धर्मको मुख्यग्रन्थ कुरानमा पाउन सकिन्छ । जनसंख्याको आधारमा संसारको दोस्रो ठूलो धर्मको रुपमा यो धर्म रहेको छ । यो धर्म पनि मानवताको प्रेम र प्रकृतिको संरक्षणमा नै आधारित छ ।

त्यस्तै नेपालमा जन्मिएका सिद्धार्थ गौतमको सिद्धान्तको आधारमा बनेको धर्म बौद्ध धर्म हो । यसले पनि यिनै कुरामा ध्यान केन्द्रित गरेको पाउन सकिन्छ ।

सबै धर्मको सन्देश एउटै छ । विभिन्न समयमा विभिन्न स्थानमा आएका महामानवहरुले दिएको शिक्षाको निचोड मानव विकास र प्रकृतिको संरक्षण नै हो । तर बिडम्बना मानव समाजमा निजी स्वार्थको कारणले यसैको आधारमा समाजमा विभाजन गरेको पाउन सकिन्छ ।

व्यक्तिबाट बनेका मत र सिद्धान्तले विभिन्न समूहमा मानवलाई विभाजन गरेको पाइन्छ । कि त ती सबै सिद्धान्तले मानवको प्रगतिको र प्रकृतिको संरक्षण गर्नु पर्यो अनि केवल धर्म मान्न सकिन्छ । हुन ती महामानवले सबै मानवको सुख शान्ति र प्रगति नै चाहेको पाइन्छ । तर मानवले आफ्नो निजी स्वार्थका कारण ती महापुरुषका सिद्धान्तलाई भूगोल र जातविशेषका आधारमा विभाजन गरेको कारण सीमित गराए ।

ती सिद्धान्त केवल सीमित समूह र सीमित भूगोलमा स्वार्थपूर्तिको लागि प्रयोग भयो । जसका कारण मानवमानवमा नै विभाजन भयो । यसले मानवको प्रगति र प्रकृतिको संरक्षणको विरुद्धमा निश्चित भूगोल र निश्चित समूहको स्वार्थपूर्तिको रुपमा प्रयोग गर्न सीमित गरायो । त्यसकारण पनि यसलाई धर्मभन्दा पनि मत र सिद्धान्तको रुपमा मात्र लिँदा उपयुक्त होला ।

धर्मले त केवल समग्र ब्रह्माण्डको संरक्षण गर्छ । मानव सृष्टिदेखि अहिलेको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिबाट बनेको सिद्धान्तमा विभाजन भएको पाइन्छ । जबकि धर्मले कसैलाई पाखा र कसैलाई काखा गर्दैन । सबैको उत्तिकै महत्व, श्रद्धा र प्रगतिको कामना गर्छ । त्यो केवाल सनातन सिद्धान्तमा पाउन सकिन्छ । सनातन विज्ञान हो, यो विश्वासमात्र होइन । जब संसार बन्यो त्यो समयबाटै परमात्माबाट यो सिद्धान्त बन्यो ।

जसरी तपार्इंले कुनै प्रोडक्ट बनाउँदा त्यो प्रोडक्ट सञ्चालन गर्न क्याटलग पाउनुहुन्छ त्यसरी नै यो संसारको सञ्चालनको ज्ञान वेद हो । त्यही भएर वेद कोही व्यक्तिमार्फत् रचना नभएर केवल सृष्टिसँगै प्राप्त भएको ज्ञान हो । वेद मानव विकास र प्रकृतिको संरक्षणको नियम हो । जति पनि धार्मिक मत तथा सिद्धान्त बने ती सबैको गर्भ वेद हो ।

त्यसैले धर्म केवल सनातन हो । जुन सत्य छ । जहाँ मानव र प्रकृतिको रक्षाको कुरा गरिएको छ । मानव र प्रकृतिको रक्षाको लागि सनातन धर्मको आवश्यकता छ । सनातन एक यस्तो सिद्धान्त हो जसले मानव प्रकृतिको रक्षा गर्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

आज भदौ १५ गते सोमबारको राशिफल

Published

on

२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। :वा:थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासु:ती बढ्नेछ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासु:ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।

कर्कट : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र :वा:थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।

कन्या : सचेत भएर अघि बढ्नुपर्ने दिनछ । अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।

तुला : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।

वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । :वा:थ्यमा सुधार आउनेछ । सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। आजको दिन थोरै बोलेर गरेको काममा प्रगति हुनेछ । तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्मा भने संकट आइपर्ने देखिन्छ।

मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Continue Reading

Banner

आज २०८३ साल असार ३० गतेको राशिफल

Published

on

२०८३ साल असार ३० गते मंगलबार सन् २०२६ जुलाई १४ तारिख। असार कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।

वृष : आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।

मिथुन : दिन राम्रो रहेको छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।

कर्कट : दिन धेरै राम्रो रहेको छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो रहेको छ । गरेको कामबाट नाफा हुनेछ  । बोलीको प्रभाव राम्रो हुनेछ । परोपकारका भाव मनमा आउनेछ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ । पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ ।

कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ ।  सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।

तुला : आज तपाईंको दिन ‍‍‍‍ राम्रो  छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ ।  मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृश्चिक : दिन सामान्य छ । थोरै बोल्न सके आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ  ।

धनु : आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतको खाँचो देखिन्छ ।

मकर : दिन राम्रो रहेको छ ।  शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । यात्रा गर्दा भने सचेत हुनुपर्ने छ ।

कुम्भ : दिन ‍‍‍‍ राम्रो  छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।

मीन : आजको दिन ‍‍‍‍ राम्रो  छ । काम गर्दा जोगिन सकेन हरेक क्षेत्रमा आम्दानी  बढ्ने छ । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । अध्ययनमा रुची बढ्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक