Connect with us
Advertisement

लकडाउनमा अनिद्राको समस्या पो बढ्यो कि !

Published

on

लकडाउन शुरु भएपछि निदाउन गाह्रो हुने, निदाइहाले पनि बीचबीचमा निद्रा टुटिरहने, बिहान चाँडै निद्रा खुल्ने र फेरि निदाउन कठिन हुने जस्ता समस्या लिएर धेरै व्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका छन् ।

बन्दाबन्दीपछिको समयमा अनिद्राको समस्या बढेर गएको देखिन्छ । कोरोनाको संकट तथा बन्दाबन्दीले मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । व्यक्तिको दैनिक क्रियाकलाप, खानपान, यौन जीवन, निद्राजस्ता कुरामा पनि उतारचढाव ल्याएको छ । जीवनका लागि खानापान जति आवश्यक हुन्छ, उत्ति नै निद्राको पनि आवश्यकता पर्दछ ।

निद्रा पनि मानिसलाई नभई नहुने अति आवश्यकमध्येको एक हो । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन पर्याप्त निद्राको जरुरत पर्दछ ।
निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम मिल्छ ।

जब हामी निदाउँछौ शरीरले विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फुर्तिलो अनुभव हुन्छ ।

शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त राख्न र मनलाई चङगा, शान्त राख्न निद्रा अपरिहार्य हुन्छ ।

पर्याप्त निद्रा नपुग्दा टाउको दुख्ने, थाकेको महसुस हुने, खाना खान मन नलाग्ने, तनाव हुने, काम गर्न जोश जाँगर नहुने साथै झर्को लाग्ने, चिढचिढाहट बढ्ने, स्मरणशक्ति कम हुने, रिस उठ्ने, छटपटी हुने आदि समस्या हुन्छ । जसले दैनिक जीवनमा नै अवरोध निम्तिन्छ । अनिद्राले जीवनको गुणस्तर घटाउँछ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता समेत घटेर जान्छ ।

अनिद्राको समस्याले अल्जाइमर्स (डिमेन्सिया, मुटु र धमनीसम्बन्धी रोगहरू, जस्तै उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना बढ्छ । मधुमेह, पेटको समस्या, मोटोपनको जोखिम बढ्छ । यसले स्नायु प्रणालीलाई कमजोर बनाउनुका साथै डिप्रेसन, एन्जाइटी तथा अन्य मानसिक समस्या निम्त्याउन सक्छ ।

एक दिनको अनिँदोले सात दिन पिरोल्छ भन्ने पनि गरिन्छ । एउटा व्यक्ति दैनिक औसत ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ । तर कहिलेकाहीँ एकदुई रात निद्रा लागेन भने त्यसलाई सामान्य रुपमा लिनुपर्छ । यस्तो प्रायः धेरैलाई हुन्छ । हप्तौं वा महिनौंदेखि अनिद्राको समस्याले सताएको छ भने यसको समधान खोज्नुपर्छ ।

अनिद्राको समस्या आफैँमा एउटा रोग पनि हुन सक्छ । शारीरिक तथा मानसिक रोगको एउटा लक्षणका रुपमा देखा परेको पनि हुन सक्छ ।
अनिद्राको कारण पत्ता लगाई सोहीअनुसारको समाधान खोज्नुपर्छ । निद्रा लागेन भनेर आफूखुशी औषधि खानु भने हुँदैन ।

बन्दाबन्दीपछि अनिद्राको समस्या देखिनुका कारण केके हुन सक्छन् ?

एक्कासी आइपरेको समस्या
प्राकृतिक विपत्ति, रोगको संक्रमणजस्ता कुरा मान्छेको बसमा हुँदैनन् । कहिले देखा पर्छ भन्ने कुरा पनि थाहा हुँदैन । त्यसको सामना गर्न मानसिक रूपमा व्यक्ति तयार भएको पनि हुँदैन । कोरोनाको संकट पनि एक्कासी देखा पर्यो । नयाँ रोगले विश्वभरी नै महामारीको रूप लिँदा मानिसमा तनाव, डर, चिन्ता, उत्तेजना, आवेग बढेर जानु स्वाभाविकै हो । जसले छोटो समयको लागि अनिद्राको समस्या ल्याउन सक्छ । प्रकोप कम हुँदै जादा अनिद्राको समस्या पनि कम हुँदै जान्छ । तर आफ्नो स्व हेरचाहमा भने ध्यान पुर्याउनु आवश्यक हुन्छ ।

जीवनशैलीमा आएको परिवर्तन
बन्दाबन्दीपछि हाम्रो दैनिक जीवनशैली र क्रियाकलापमा परिवर्तन आएको छ । शारीरिक रूपमा हामी निष्क्रियजस्तै भएका छौँ ।

गहिरो निद्राको लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । त्यसैले लकडाउनमा अनिद्राको समस्या नहोस् भन्नका लागि शारीरिक गतिविधिलाई बढाउनुपर्छ । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुपर्छ । सुत्नुअघि हल्का व्यायाम गर्नु राम्रो हुन्छ ।  पर्याप्त शारीरिक श्रम र कम तनाव नै गहिरो निद्राको अचुक प्राकृतिक तरिका मानिन्छ ।

खानपानमा आएको परिवर्तन
खानपान र निद्राको गहिरो सम्बन्ध हुन्छ । गलत खानपानले व्यक्तिको निद्रामा असर गर्न सक्छ ।

विपत्तिको बेला खानपानमा पनि समस्या आउन सक्छ । खानेकुराको अभाव हुन सक्छ । स्वस्थ र पोसिलो खानेकुरा जुटाउन गाह्रो पर्न सक्छ । तर पनि सकेसम्म खानपानलाई सन्तुलित बनाउने कोशिस गर्नुपर्छ ।

खानामा पौष्टिक तत्वको कमी तथा अत्यधिक मात्रामा जंक फुडहरु खानाले अनिद्राको समस्या देखिन्छ ।
कार्बोहाइड्रेटयुक्त खाना बढी खानाले तथा चिनी, मैदा, सोडा, कुकिज, सेतो चामल र रोटी जस्ता खानेकुरा खानाले अनिद्राको समस्यालाई बढाउँछ ।

धेरै चिया, कफी, सफ्ट ड्रिंक, अत्यधिक अमिलो, पिरो, मसलायुक्त खाना, धेरै चिल्लो खानेकुरा, चुरोट, रक्सी तथा लागू औषधको सेवनले अनिद्राको समस्या बढाउँछ । त्यसैले बन्दाबन्दीको समयमा अनिद्राको समस्याबाट मुक्ति पाउन खानेकुरामा विशेष ख्याल गर्नुपर्छ ।
प्याकेटमा उपलब्ध हुने चाउचाउ, दालमोठजस्ता खानेकुरा सकेसम्म खानु हँुदैन । फास्टफुडलाई त निद्राको शत्रु नै मानिन्छ ।

सुत्ने र उठ्ने समय फरक पर्नु
लकडाउन शुरु भएपछि धेरैको सुत्ने र उठ्ने समयमा पनि परिवर्तन आएको हुन सक्छ । स्कुल वा अफिस जानु नपर्ने भएपछि बेलुका अबेलासम्म टेलिभिजन हेरेर बस्ने वा नेट चलाउने, ल्यापटप चलाउने, मोबाइलमा गेम खेलेर बस्ने तथा बिहान अबेलासम्म सुत्ने गर्दा निद्रा खलबलिन पुग्छ । कहिले ढिलो सुत्ने, कहिले छिटै सुत्ने, कुनै दिन दिउँसो सुत्ने, कुनै दिन बेलुका सुत्ने गर्नुहुँदैन । जसले अनिद्राको समस्या बढ्ने जोखिम हुन्छ । सुत्ने समय निश्चित गर्नुपर्छ ।

मानसिक रोग
धेरैजसो अवस्थामा मानसिक कारणले निद्रा बिथोलिने गर्छ । मनोसामाजिक समस्या वा मानसिक रोगमा अनिद्राको समस्या एउटा लक्षणको रुपमा देखिन सक्छ । पछिल्लो समय कोरोनाको संकटले गर्दा मानिसमा मानसिक तथा मनोसामाजिक समस्या बढेर गएको पाइन्छ ।

विशेषगरी मानसिक आघात, डर, चिन्ताजन्य समस्याहरु तथा डिप्रेसनजस्ता मानसिक समस्या धेरैमा देखिएको छ ।

तनाव, डर (चिन्ता, डिप्रेसन तथा अन्य मानसिक समस्यामा मनमा धेरै कुरा खेल्ने, डर लाग्ने, छट्पटी हुनेजस्ता लक्षणहरु देखिन्छन् । जसले निद्रामा अवरोध पुर्याउँछ । यस्तो अवस्थामा मनलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुपर्छ । गहिरो सास लिने र छाड्ने तथा अन्य आरामदायी अभ्यास गर्नु फाइदाजनक हुन्छ । तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

मानसिक रोग वा मनोवैज्ञानिक कारणले अनिद्राको समस्या देखिएको हो भने मनोविद्, मनोपरामर्शदाता वा मनोचिकित्सकलाई भेटी मानसिक रोगको उपचार गर्नुपर्छ । मानसिक रोगको उपचारसँगै अनिद्राको समस्या पनि कम भएर जान्छ ।

यहाँहरुमा पनि यस्तै अनिद्राको समस्या वा अन्य मानसिक समस्याहरु छन् भने लकडाउनको अवधिभरि फोनमार्फत् निःशुल्क मनोपरामर्श सेवाको लिन सक्नुहुन्छ । जसको लागि मार्क नेपाल मनोसेवा केन्द्रको हटलाइन नम्बर ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।
(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत मनोविद् हुन् ।)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक