Connect with us
Advertisement

यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्था, भारतमा डेढ लाखभन्दा बढी संक्रमित

Published

on

विराटचोकः भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ जना पुगेको छ । सार्क राष्ट्रमध्ये सबैभन्दा बढी संक्रमित भारतमा देखिएका छन् ।

त्यस्तै, पाकिस्तानमा ५७ हजार ७ सय ५, बंगलादेशमा ३६ हजार ७ सय ५१ र अफगानिस्तानमा ११ हजार ८ सय ३१ जना संक्रमित भएका छन् । माल्दिभ्समा १ हजार ४ सय ३८, श्रीलंकामा १ हजार ३ सय १९, नेपालमा ७ सय ७२ र भुटामा २७ जना संक्रमित भएका हुन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान साढे ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

सार्क राष्ट्रमा अढाइ लाख बढी कोरोना संक्रमित

सार्कका कोरोना संक्रमितमध्ये ७९ हजार ४ सय २८ निको

 

 

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो

Published

on

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।

यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।

घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्

Continue Reading

Banner

चीनको कोइला खानीमा विस्फोट: ९० जनाको मृत्यु

Published

on

उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए ।

टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । उद्धार कार्य अझै जारी रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेको उपचार र जीवित व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छ न्। साथै, दुर्घटनाको कारण छानबिन गरी दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनसँग सम्बन्धित केही अधिकारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक विवरणअनुसार खानीभित्र अत्यधिक विषालु कार्बन मोनोअक्साइड ग्यासको मात्रा निर्धारित सीमाभन्दा बढी भेटिएको थियो

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक