Connect with us
Advertisement

यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्था, भारतमा डेढ लाखभन्दा बढी संक्रमित

Published

on

विराटचोकः भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ जना पुगेको छ । सार्क राष्ट्रमध्ये सबैभन्दा बढी संक्रमित भारतमा देखिएका छन् ।

त्यस्तै, पाकिस्तानमा ५७ हजार ७ सय ५, बंगलादेशमा ३६ हजार ७ सय ५१ र अफगानिस्तानमा ११ हजार ८ सय ३१ जना संक्रमित भएका छन् । माल्दिभ्समा १ हजार ४ सय ३८, श्रीलंकामा १ हजार ३ सय १९, नेपालमा ७ सय ७२ र भुटामा २७ जना संक्रमित भएका हुन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान साढे ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

सार्क राष्ट्रमा अढाइ लाख बढी कोरोना संक्रमित

सार्कका कोरोना संक्रमितमध्ये ७९ हजार ४ सय २८ निको

 

 

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

गोवास्थित नाइटक्लब आगलागीमा चारजना नेपालीको मृत्यु

Published

on

भारत, गोवामा रहेको ‘बिर्च बाई रोमियो लेन’ नामक नाइटक्लबमा आइतबार राति भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा ज्यान गुमाउनेहरूमा चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको गोवाका अधिकारीहरूले भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सलाई बताएका छन्।

प्रारम्भिक जानकारीअनुसार, आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उक्त क्लवमा कर्मचारी र पर्यटक गरी कुल २५ जनाको ज्यान गएको छ।

पक्राउमा क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुर परेका छन्। साथै क्लबका मालिक र कार्यक्रम आयोजकहरूकै विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ।

Continue Reading

Banner

गोवास्थित नाइटक्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

Published

on

भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

मृतकमध्ये धेरैजसो नाइटक्लबका कर्मचारी रहेका छन् भने केही पर्यटक पनि परेका छन्। आगलागी उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा भएको बताइएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार मृतकमध्ये धेरैजना क्लबको भान्छामा काम गर्ने कर्मचारी रहेका छन्। घटनापछि स्थानीय प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक