विश्व
एशियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा
विराटचोकः एशियाली राष्ट्रमा कोरोना संक्रमणको दर उच्च रुपले बढिरहेको भारतमा टर्कीमा भन्दा बढी कोरोना संक्रमित भएका छन् । यसअघि एशियाली राष्ट्रमध्ये टर्कीमा सबैभन्दा बढी कोरोना संक्रमित थिए । बढी संक्रमित हुने विश्वका १० देशमध्ये भारत नवौं र टर्की दशौं स्थानमा रहेका छन् ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहीबार साँझ ८ बजेसम्मको तथ्यांकअनुसार बढी संक्रमितको आधारमा टर्कीभन्दा अगाडि भारत पुगेको हो ।
भारतमा १ लाख ६० हजार ३ सय १० जना मानिस कोरोना संक्रमित पुष्टि हुँदा टर्कीमा १ लाख ५९ हजार ७ सय ९७ जना संक्रमित भएका छन् । मृतकको संख्यामा पनि भारत अगाडि रहेको छ । भारतमा ४ हजार ५ सय ६० जनाको मृत्यु भएको छ भने टर्कीमा ४ हजार ४ सय ३१ जनाको ज्यान गएको छ ।
उपचारपछि निको हुनेमा टर्की अगाडि छ । टर्कीमा १ लाख २२ हजार भन्दा बढी निको हुँदा भारतमा ६८ हजारभन्दा बढी निको भएका छन् । भारतमा ८७ हजारभन्दा बढीको उपचार भइरहेको छ भने टर्कीमा ३२ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचाररत्मध्ये भारतमा ८ हजार ९ सय ४४ जनाका अवस्था गम्भीर छ भने टर्कीमा १ हजार ८ सय ९७ जनाको अवस्था गम्भीर छ ।
एशियामा सबैभन्दा बढी संक्रमितको मृत्यु भने इरानमा भएको छ । इरानमा ७ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । बढी संक्रमित हुनेको आधारमा भने इरान तेस्रो स्थानमा रहेको छ । इरानमा १ लाख ४३ हजार ८ सय ४९ जना संक्रमित भएका छन् ।
एशियाली राष्ट्रमा बढी संक्रमितको आधारमा चौथो स्थानदेखि तल रहेका देशमा भने संक्रमितको संख्या ८३ हजारभन्दा तल छ । बढी संक्रमितको आधारमा एशियामा चौथो स्थानमा रहेको चीनमा संक्रमितको संख्या ८२ हजार ९ सय ९५ छ । साउदी अरब पाँचौं, पाकिस्तान छैटौँ, कतार सातौँ, बंगलादेश आठौं, सिंगापुर नवौँ र दुबई दशौं स्थानमा रहेका छन् ।
भारतमा संक्रमितको संख्या १ लाखभन्दा बढी
यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्था, भारतमा डेढ लाखभन्दा बढी संक्रमित
भारतमा २४ घण्टामा ५०५० कोरोना संक्रमित, यस्तो छ सार्कमा संक्रमणको अवस्था
सार्कमा कोरोना संक्रमित १ लाख ४ हजारभन्दा बढी, भारतमा सबैभन्दा बढी संक्रमित
Facebook Comment
Banner
कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा
धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
(koshikhabar.com)
Banner
आज – १२ कार्तिक २०८१ सोमवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा समस्या आउला । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
Banner
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
मिसेस पुर्बेली आइकन’को बिजेता रेनुका, फर्स्ट रनरअप मुना बन्दा दिपिका बनिन् सेकेण्ड रनरअप
इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’
इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।
प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।
यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।
ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login