शिक्षा / स्वास्थ्य
गछियामा भएको खुला रक्तदान कार्यक्रमका तस्बिरहरु
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा अहिले खुला रक्तदान भइरहेको छ । गछिया जेसीज, स्वास्थ्य चौकी गछिया, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ सुन्दरदुलारीको आयोजनामा रक्तदान कार्यक्रम भइरहेको हो ।
लकडाउनको समयमा स्वास्थ्य संस्थामा रगतको अभाव हुने हुनाले सो अभावलाई कम गर्न सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले बताएका छन् । हेर्नुहोस् रक्तदान कार्यक्रमका केही तस्बिरहरुः
Banner
बत्तीको झिलिमिली…..
विराटचोकः आज तिहारको दोस्रो दिन लक्ष्मीपूजाको अवसरमा नेपालीका घरघरमा दीपावली गरिएको छ । पहिले माटाका पालामा तेल हालेर बत्ती बालिने गरेको भए पनि पछिल्लो समय झिलिमिली बत्तीले बजार लिएको छ । तेल हालेर बालिने बत्तीभन्दा बाल्नलाई सजिलो हुने तथा धेरै दिनसम्म बाल्न सकिने भएकाले यस्ता बत्तीको माग बढेको पाइन्छ ।
आज साँझ विभिन्न स्थानमा बालिएका बत्तीले यसरी घर र बजार झिलिमिली देखिएका छन् ।
केही तस्बिरहरुः
Banner
फूलको झिलिमिली….
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई फूलको पर्व पनि भनिन्छ । पाँच दिन मनाइने तिहारका पाँचै दिन फूलको आवश्यकता पर्दछ ।
काग तिहारमा कागको पूजा गर्न, कुकुर तिहारको दिन कुकुरको पूजा गर्न, लक्ष्मी पूजाको साँझ लक्ष्मी पूजा गर्न, गाई तिहार र गोरु तिहारमा गाईगोरुको पूजा गर्न तथा भाइटीकाको दिन दाजुभाइको पूजा गर्न र माला लगाइदिन फूलको आवश्यकता पर्दछ । घर सजाउन, कलश सजाउन पनि फूलको आवश्यकता पर्ने हुनाले तिहारलाई फूलको पर्व भनिएको हो ।
तिहारमा खपत हुने फूलको धेरै पूर्ति विदेशबाट आयातीत हुने फूलले गर्ने गरेको पाइन्छ । पछिल्लो समय स्वदेशमै व्यावसायिक फूल खेती हुन थालेको छ ।
सुन्दरहरैंचाको वडा नम्बर १० त्रिवेणी टोलस्थित हजार झोडाका किसानले गरेको फूल खेतीका केही तस्बिरहरुः
शब्द तथा तस्बिरः कृष्णचन्द्र सुवेदी, निष्पक्ष खबर ।
Banner
कोभिडविरुद्धको खोप भेरोसिल लगाउनेहरु (फोटो फिचर)
विराटचोकः आज र भोलि कोभिडविरुद्धको खोप भेरोसिल देशभर लगाइँदैछ ।
स्वास्थ्य चौकीहरुमा भेरोसिल लगाउनको बाक्लो उपस्थिति छ । यी हुन् खोपस्थलका केही तस्बिरहरुः
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: गछियामा भएको रक्तदानमा ७७ पिन्ट रगत संकलन - निष्पक्षखबर