विचार
बेलबारी घटनाः मानसिक अस्वस्थताले निम्त्याएको दुर्घटना
समाजमा कहिलेकाहीँ अकल्पनीय र दुःखद घटनाहरु हुने गर्दछन् । यस्ता घटना हुनुको पछाडि धेरै कारणहरु हुन सक्छ । कहिलेकाहीँ मान्छेको मानसिक स्वास्थ्य ठीक नहँुदा पनि यस्ता दुःखद घटना हुन पुग्छन् । यस्तै दुःखद घटना मोरङको बेलबारीमा भएको छ ।
३० वर्षीय जीवन लिम्बू नामका व्यक्तिले आफ्नी ५५ वर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरी आफूले पनि घाँटी रेटेर वीभत्स तरिकाले आत्महत्या गरेका छन् ।
उनी जाँडरक्सीको दुव्र्यसनी तथा मानसिक रोगी भएको पाइएको छ । बेलाबेलामा मानसिक रोगका कारण यस्ता दुःखद घटना हुँदा ‘मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घरपरिवार, समाजबाट टाढा राख्नुपर्छ वा बाँधेर राख्नुपर्छ’ भन्ने धारणा आम मानिसहरुमा पाइन्छ ।
मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुँदैनन् ।
नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आवेग, सोचाइमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवश यदाकदा यस्ता घटना हुने पनि गरेका छन् ।
विशेषगरी जाँडरक्सी तथा लागूपदार्थको दुव्र्यसनी, तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया, अति रिस उठ्ने रोग, डिलेरियम, डिमेन्सियाजस्ता रोगमा बिरामी कहिलेकाहीँ आवेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ ।
उनीहरुले यस्तो घटना कसैलाई दुःख दिन्छु, बदला लिन्छु भनेर जानीबुझी गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ । उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन् । अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुँदैन ।
मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्याउनुपर्छ । बिरामीले अरुलाई मात्र होइन आफूलाई पनि खतरामा पार्न सक्छ ।
परिवारले ध्यान दिनुपर्ने कुराः
१) कडा खालको मानसिक रोग लागेको व्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अवस्थामा फकाइफुल्याई अस्पताल लैजानुपर्छ ।
२) उनीहरुसँग विवाद गर्ने, झर्कोफर्को गर्ने, गर्नु हुँदैन । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।
३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।
४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, इशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन ।
५) मानसिक रोगीले भेट्ने गरी हतियार, धारिलो वस्तु, डोरीलगायतका सामान राख्नु हुँदैन ।
६) बिरामी उत्तेजित भएका बेला रेडियो, टिभी बन्द गर्नुपर्छ ।
७) आफूलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।
(लेखक मनोविद् हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् ।)
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त - निष्पक्षखबर