Connect with us
Advertisement

सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त

Published

on

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको विषयलाई लिएर चर्को बहस शुरु भएको छ ।

मुम्बईमा ठूलो सिण्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हाबी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ । सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले व्याख्या गर्न थालेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेको छ । मिहिनेत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन् ।

पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुटबन्दी, परिवारवाद तथा नातावाद (नेपोटिजमको) विषयमा खुलेर आवाज उठाउन थालेका छन् । अभिनेत्री वर्षा सिबाकोटीले त आफू समेत यसबाट पीडित भएको खुलासा गरेकी छिन् । पक्कै पनि नातावाद, कृपावाद, बहिष्करण, सिण्डिकेट, अपमान, भेदभावजस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ ।

जसले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ । फिल्मजस्तो आफ्नो कला र सिर्जना देखाउने क्षेत्रमा यस्तो व्यवहारले यस क्षेत्रको विकासमा नै असर पुर्याउने गर्छ । यसलाई कदापि राम्रो मान्न सकिँदैन । तर बलिउड तथा कलिउडमा यसले लामो समयदेखि जरा गाडेको देखिन्छ ।

प्रायजसो सबै क्षेत्रमा सिण्डिकेट देखिन्छ । फिल्म क्षेत्रमा त झन् आफ्नो बर्चस्व कायम राख्न अनेक तिकडम हुने गर्छन् । यस क्षेत्रमा लागेका घरानाका आफन्तले मात्र अवसर पाएको, प्रतिभा हुँदाहुँदै पनि अरु पछि पर्नुपरेको ज्वलन्त उदाहरणहरु प्रशस्त छन् ।

अवसर नपाएपछि आफैँ लगानी गरेर कलकार भएका पनि धेरै भेटिन्छन् । यति हुँदाहुँदै पनि फिल्म उद्योग विशुद्घ कलाकारिता क्षेत्र मात्र नभएर एक किसिमले व्यवसाय पनि हो । फिल्म बनाउनेले नाफाघाटाको हिसाबकिताब गर्छ । निश्चित रूपमा उसका केही स्वार्थ पनि हुने गर्दछन् । जसले गर्दा लगानीकर्तालाई सजिलोसँग औंला उठाउन पनि सकिरहेको हुँदैन । यसकारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन् ।

आत्महत्याको कारण खोज्ने हो भने यसको प्रमुख कारण मानसिक रोगलाई लिने गरिन्छ । त्यसमा पनि डिप्रेसन एक नम्बरमा पर्ने गर्छ । विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि बेलैमा सही उपचार हुन नसक्दा आत्महत्या जस्तो दुखद घटना हुन सक्छ ।

तर आत्महत्याको पछाडिको कारणलाई बेवास्ता गर्दै फरक व्याख्याले समाजमा आत्महत्याप्रतिको बुझाइ र धारणा गलत बन्न जान्छ । फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन । यसका पछाडि धेरै कारक तत्वले प्रभाव पारेको हुन्छ । आत्महत्याको हिसाबले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन् । उनीहरुले आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ ।

पेशाको हिसाबले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ । तनावपूर्ण पेशा अंगाल्ने व्यक्तिमा अरु पेशामा भन्दा आत्महत्याको जोखिम बढी हुन्छ । फिल्म वा कलाकारिता पेशा पनि तनावपूर्ण पेशा हो । यो पेशामा स्थापित हुन धेरै सङ्घर्ष गर्नुपर्छ ।

दर्शकले सधैं नरुचाउन पनि सक्छन् । सधैं एउटै उचाइ नहुन सक्छ । दर्शकको आलोचना खप्नुपर्ने हुन सक्छ । दर्शकको एक अर्का कलाकारबीच तुलना गर्ने स्वभाव हुन्छ । धेरै कलाकारलाई दर्शकको यो व्यवहार मन नपर्न सक्छ । कलाकारहरु स्वभावत महत्वकाँक्षी पनि हुन्छन् । दर्शकलाई रिझाइराख्न देखावटी गर्नु, आफूलाई चर्चामा राखी राख्न विभिन्न हतकण्डा देखाउनु उनीहरुको बाध्यता हुन सक्छ ।

घरपरिवारलाई समय दिन नसक्दा पारिवारिक बेमेल र खटपटले सताउन सक्छ । यी र यस्ता कारणले कलाकारमा मानसिक तनावले सताउने जोखिम बढी हुन्छ । जसले मानसिक समस्यामा पार्न सक्छ । आत्महत्याजस्तो समाजको अहिलेको जटिल सामाजिक समस्यालाई संकीर्ण रुपले हेर्न र व्याख्या गर्नु हुँदैन । आत्महत्या मानसिक रोगको एउटा परिणामको रूमा बुझ्नु उत्तम हुन्छ ।

बलिउड अभिनेताको आत्महत्याको कुरा गर्दा उनी विगत ६ महिनादेखि डिप्रेसनमा थिए भन्ने कुरा बाहिर आएको छ । तर पारिवारले यो हत्या हुन सक्ने आशंका गरिरहेका छन् । यद्यपि उनको मुत्यु झुण्डिएर भएको देखिएको छ ।

उनी के कारणले गर्दा डिप्रेसनमा थिए भन्ने कुरा फरक हो । डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन् । व्यक्तिको व्यक्तित्व, स्वभाव, जीवनशैली, रहनसहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ ।

उनले पनि अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्नुपर्यो होला । उनी पनि अरु कलाकारहरु झैं महत्वकाँक्षी पनि थिए होला । समचारहरुमा उनमा पचासौं सपनाहरु थिए जुन पूरा हुन सकेनन् भन्ने जस्ता कुरा बाहिर आएका छन् ।

सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाइएको हो भन्दै सलमान खानसहित ८ जना विरुद्ध दुरुत्साहनको मुद्दासमेत दायर गरिएको छ । अदालतले यसलाई कसरी लिन्छ हेर्न बाँकी छ । कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु एक किसिमले अपराध नै हो ।

यसको साक्षीमा अभिनेत्री कंगना रनावत बसेकी छिन् । कंगनाले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो ¥यांकमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए । त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुन सक्छ र आत्महत्या गर्न सक्छन् ?’

कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ । तर यो बुझाइ गलत हो । डिप्रेसनमा गएपछि व्यक्तिको आफूलाई हेर्ने दृष्टिकोण आत्मबल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ ।

मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतनाको ठूलो आवशयकता देखिन्छ । डिप्रेसन तथा आत्महत्याका विषयमा सत्य तथ्य जानकारी दिन सके तथा यस विषयमा बहस र छलफल अगाडि बढाउन सके यस्ता दुखद घटनाहरुलाई कम गर्न सकिन्छ ।

मनोविद् ढकालका थप लेखहरु 

सडकमा युवाको आक्रोशभित्र लुकेको मनोविज्ञान

बेलबारी घटनाः मानसिक अस्वस्थताले निम्त्याएको दुर्घटना

लकडाउनमा अनिद्राको समस्या पो बढ्यो कि !

कोरोनाको कहरः मनोसामाजिक समस्याको जोखिम

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक