मुख्य
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मोरङ जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा नागरिक उत्तरदायित्व तथा गुणस्तर सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहमा नागरिकप्रति प्रहरीको भूमिका, सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने दायित्वमा जनसहभागिता ल्याउने भएकाले यस्तो कार्यक्रम आयोजना गरेको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले बताएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले प्रहरीको भूमिका कार्यशैली, आचरणका साथै स्थानीय तहका जनप्रतिनिधि र प्रदेशका मन्त्रीलाई प्रश्न गरेका थिए ।
सहभागीमध्येका प्रश्नकर्ता होमनाथ पोखरेलले कानुन मन्त्री कार्कीलाई प्रदेश १ को इलाममा भारतबाट भूमि अतिक्रमण भएको भनी समाचार आएको र यसमा प्रदेश सरकारको धारणा के छ भनी प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा मन्त्री कार्कीले भारतबाट मिचिएको भूमि फिर्ताका लागि केन्द्र सरकार लागिपरेको र कतैबाट भूमि मिच्न नदिने बताएका थिए ।
मन्त्री कार्कीले अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको कार्यक्रम प्रभावकारी बन्ने भएकाले नै सरकारले ल्याएको समेत बताए ।
सहभागी सूर्य अधिकारीले प्रहरीबाट हुने सेवा प्रवाहका विषयमा प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा जिल्ला प्रहरी प्रमुख अधिकारीले नागरिकबाट आएका गुनासा र प्रहरीबाट भएगरेका त्रुटिलाई मध्यनजर गरी सेवा प्रवाहलाई सुधार गर्दै नागरिकमैत्री प्रहरी निर्माण गर्ने बताएका थिए ।
सहभागी प्रकाश श्रेष्ठ र मणि दाहालले केही दिन अघि सुन्दरहरैंचामा भएको सवारी दुर्घटनाको विषयमा प्रश्न गरेका थिए । सो विषयमा दुर्घटनामा परी उपचार गराइरहेका महेन्द्र धिमालले आफैँ बोल्ने कुरा भएको र आफू दुर्घटनामा परेको भनी बोलिसकेको प्रहरी प्रमुख अधिकारीले बताएका थिए ।
अधिकांश सहभागीले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाललाई प्रश्न गरेका थिए । जसमा मिलन बस्नेतले नगरपालिकाको फोहोर फल्ने ल्यान्डफिल साइट भए पनि जङ्गलमा फाल्ने गरेको गुनासो गरेका थिए ।
यस्तै, शव वाहनको विषयमा पनि सहभागीले सबैलाई बराबरी अधिकार भएको र कसैलाई पाखा कसैलाई काखा गर्न नमिल्ने भन्दै प्रश्न गरेका थिए ।
सहभागी अजम्बर राईले नगरपालिकाको केन्द्र सलकपुरमा सार्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गरेका थिए । खोला दोहन ठेक्कापट्टा लगायतका विषयमा पनि सहभागीले प्रश्न गरेका थिए ।
ती प्रश्नको जवाफ दिँदै नगरप्रमुख ढकालले फोहोर व्यवस्थापनका लागि २ वटा ल्याण्ड फिल साइट रहेको र चाँडै व्यवस्थापन गर्ने तथा जङ्गलमा ठूलाठूला खाल्डा भएकाले हाल त्यस ठाउँमा फाल्ने गरेको बताएका थिए । यस्तै कार्यालयको केन्द्र सलकपुर सार्ने विषयमा प्रदेश हुँदै केन्द्र सरकारसम्म फाइल पुगेको र जग्गा प्राप्तिपछि भवन निर्माण लगायतका काम हुने भन्दै कार्यालय सर्ने बताएका थिए ।
‘घरदेखि घाटसम्म’ कार्यक्रम भएकाले सबै नागरिकको बराबरी अधिकार भएकाले कसैलाई काखा कसैलाई पाखा हुन नदिने र नदिएको बताउँदै यदि कतै बाट गल्ती भए कार्वाही गर्ने भनी शववाहनको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीले बालबालिका र शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउँदै कलिलै उमेरमा राजनीतिक मानसिकता बढेकाले पढ्ने वातावरण नभएको प्रति सहभागीलाई सचेत गराएका थिए । साथै जेब्राक्रसिङ लगायतका विषयमा प्रश्न गरेका थिए ।
प्रहरीले अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको घरदैलो कार्यक्रम, सार्वजनिक सुनुवाइ, खेलकुद, स्वास्थ्यलगायत विभिन्न शिविर सञ्चालन गरेको जनाएको छ । पर्चा, पम्प्लेट वितरण, ¥याली, सचेतनामूलक सामग्री वितरण गर्ने, मिडियामार्फत् श्रव्यदृश्य सामग्री प्रकाशन प्रशारणलाई तीव्रता दिइएको, सडक नाटक, सवारी सुरक्षका लागि संयुक्त ट्रफिक चेकिङ गरिरहेको पनि प्रदेश प्रहरी प्रमुख ठाकुरकुमार ज्ञवालीले बताए ।
लागूऔषध तथा अवैध घरेलु मदिरा बरामद गर्नुका साथै विभिन्न क्षेत्रमा प्रहरी पुग्ने गरेको र नागरिकको जनधनको सुरक्षामा दिनरात लागिरहेको ज्ञवालीले बताए । विकृति विसङ्गति हटाउन, अपराध न्यूनीकरण गर्न र समाजलाई सकारात्मक पथमा डोहो¥याउन मद्दत गर्ने कार्य प्रहरीले गरिरहेको उनको भनाइ थियो ।
विद्यालयमा नैतिक शिक्षा दिने, सडक सुरक्षालाई भरपर्दो बनाउन पहल गर्ने, सडक दुर्घटनालाई न्यूनीकरण गर्न पहल गर्ने, प्रकोप वा अन्य कुनै समस्यामा परेका सर्वसाधारणलाई तत्काल उद्दार गर्ने सवालमा प्रहरी र स्थानीय सरकारको भूमिका रहने हुनाले सहकार्य गरेर अगाडि बढ्ने उनले बताएका थिए ।
यसका लागि स्थानीय सरकारबाट विभिन्न स्थानमा सीसीटीभी जडान भएको र प्रविधिका नयाँ साधनस्रोत उपलब्धसँगै जिल्ला बाट नै निगरानी गरिरहेको बताएका थिए । स्थानीय सरकारको न्याय सम्पादनको अधिकार कार्यान्वयनमा कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने सहभागी नगरपालिका तथा गाउँपालिकाका प्रमुखले बताए ।
कार्यक्रममा कमला श्रेष्ठ, टुनाकुमारी बिश्वकर्मा, विवेक भुजेल, चेतराज बस्नेत, गणेशप्रसाद ढकाल, गीता शिवा, मित्रप्रसाद घिमिरे, शिवप्रसाद लामिछाने, अर्जुन गजुरेल, उज्ज्वल घिमिरेलगायतले प्रश्न गरेका थिए । कार्यक्रम सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा केराबारी र ग्रामथान गाउँपालिकाको सहकार्यमा भएको थियो ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login