मुख्य
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मोरङ जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा नागरिक उत्तरदायित्व तथा गुणस्तर सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहमा नागरिकप्रति प्रहरीको भूमिका, सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने दायित्वमा जनसहभागिता ल्याउने भएकाले यस्तो कार्यक्रम आयोजना गरेको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले बताएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले प्रहरीको भूमिका कार्यशैली, आचरणका साथै स्थानीय तहका जनप्रतिनिधि र प्रदेशका मन्त्रीलाई प्रश्न गरेका थिए ।
सहभागीमध्येका प्रश्नकर्ता होमनाथ पोखरेलले कानुन मन्त्री कार्कीलाई प्रदेश १ को इलाममा भारतबाट भूमि अतिक्रमण भएको भनी समाचार आएको र यसमा प्रदेश सरकारको धारणा के छ भनी प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा मन्त्री कार्कीले भारतबाट मिचिएको भूमि फिर्ताका लागि केन्द्र सरकार लागिपरेको र कतैबाट भूमि मिच्न नदिने बताएका थिए ।
मन्त्री कार्कीले अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको कार्यक्रम प्रभावकारी बन्ने भएकाले नै सरकारले ल्याएको समेत बताए ।
सहभागी सूर्य अधिकारीले प्रहरीबाट हुने सेवा प्रवाहका विषयमा प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा जिल्ला प्रहरी प्रमुख अधिकारीले नागरिकबाट आएका गुनासा र प्रहरीबाट भएगरेका त्रुटिलाई मध्यनजर गरी सेवा प्रवाहलाई सुधार गर्दै नागरिकमैत्री प्रहरी निर्माण गर्ने बताएका थिए ।
सहभागी प्रकाश श्रेष्ठ र मणि दाहालले केही दिन अघि सुन्दरहरैंचामा भएको सवारी दुर्घटनाको विषयमा प्रश्न गरेका थिए । सो विषयमा दुर्घटनामा परी उपचार गराइरहेका महेन्द्र धिमालले आफैँ बोल्ने कुरा भएको र आफू दुर्घटनामा परेको भनी बोलिसकेको प्रहरी प्रमुख अधिकारीले बताएका थिए ।
अधिकांश सहभागीले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाललाई प्रश्न गरेका थिए । जसमा मिलन बस्नेतले नगरपालिकाको फोहोर फल्ने ल्यान्डफिल साइट भए पनि जङ्गलमा फाल्ने गरेको गुनासो गरेका थिए ।
यस्तै, शव वाहनको विषयमा पनि सहभागीले सबैलाई बराबरी अधिकार भएको र कसैलाई पाखा कसैलाई काखा गर्न नमिल्ने भन्दै प्रश्न गरेका थिए ।
सहभागी अजम्बर राईले नगरपालिकाको केन्द्र सलकपुरमा सार्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गरेका थिए । खोला दोहन ठेक्कापट्टा लगायतका विषयमा पनि सहभागीले प्रश्न गरेका थिए ।
ती प्रश्नको जवाफ दिँदै नगरप्रमुख ढकालले फोहोर व्यवस्थापनका लागि २ वटा ल्याण्ड फिल साइट रहेको र चाँडै व्यवस्थापन गर्ने तथा जङ्गलमा ठूलाठूला खाल्डा भएकाले हाल त्यस ठाउँमा फाल्ने गरेको बताएका थिए । यस्तै कार्यालयको केन्द्र सलकपुर सार्ने विषयमा प्रदेश हुँदै केन्द्र सरकारसम्म फाइल पुगेको र जग्गा प्राप्तिपछि भवन निर्माण लगायतका काम हुने भन्दै कार्यालय सर्ने बताएका थिए ।
‘घरदेखि घाटसम्म’ कार्यक्रम भएकाले सबै नागरिकको बराबरी अधिकार भएकाले कसैलाई काखा कसैलाई पाखा हुन नदिने र नदिएको बताउँदै यदि कतै बाट गल्ती भए कार्वाही गर्ने भनी शववाहनको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीले बालबालिका र शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउँदै कलिलै उमेरमा राजनीतिक मानसिकता बढेकाले पढ्ने वातावरण नभएको प्रति सहभागीलाई सचेत गराएका थिए । साथै जेब्राक्रसिङ लगायतका विषयमा प्रश्न गरेका थिए ।
प्रहरीले अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको घरदैलो कार्यक्रम, सार्वजनिक सुनुवाइ, खेलकुद, स्वास्थ्यलगायत विभिन्न शिविर सञ्चालन गरेको जनाएको छ । पर्चा, पम्प्लेट वितरण, ¥याली, सचेतनामूलक सामग्री वितरण गर्ने, मिडियामार्फत् श्रव्यदृश्य सामग्री प्रकाशन प्रशारणलाई तीव्रता दिइएको, सडक नाटक, सवारी सुरक्षका लागि संयुक्त ट्रफिक चेकिङ गरिरहेको पनि प्रदेश प्रहरी प्रमुख ठाकुरकुमार ज्ञवालीले बताए ।
लागूऔषध तथा अवैध घरेलु मदिरा बरामद गर्नुका साथै विभिन्न क्षेत्रमा प्रहरी पुग्ने गरेको र नागरिकको जनधनको सुरक्षामा दिनरात लागिरहेको ज्ञवालीले बताए । विकृति विसङ्गति हटाउन, अपराध न्यूनीकरण गर्न र समाजलाई सकारात्मक पथमा डोहो¥याउन मद्दत गर्ने कार्य प्रहरीले गरिरहेको उनको भनाइ थियो ।
विद्यालयमा नैतिक शिक्षा दिने, सडक सुरक्षालाई भरपर्दो बनाउन पहल गर्ने, सडक दुर्घटनालाई न्यूनीकरण गर्न पहल गर्ने, प्रकोप वा अन्य कुनै समस्यामा परेका सर्वसाधारणलाई तत्काल उद्दार गर्ने सवालमा प्रहरी र स्थानीय सरकारको भूमिका रहने हुनाले सहकार्य गरेर अगाडि बढ्ने उनले बताएका थिए ।
यसका लागि स्थानीय सरकारबाट विभिन्न स्थानमा सीसीटीभी जडान भएको र प्रविधिका नयाँ साधनस्रोत उपलब्धसँगै जिल्ला बाट नै निगरानी गरिरहेको बताएका थिए । स्थानीय सरकारको न्याय सम्पादनको अधिकार कार्यान्वयनमा कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने सहभागी नगरपालिका तथा गाउँपालिकाका प्रमुखले बताए ।
कार्यक्रममा कमला श्रेष्ठ, टुनाकुमारी बिश्वकर्मा, विवेक भुजेल, चेतराज बस्नेत, गणेशप्रसाद ढकाल, गीता शिवा, मित्रप्रसाद घिमिरे, शिवप्रसाद लामिछाने, अर्जुन गजुरेल, उज्ज्वल घिमिरेलगायतले प्रश्न गरेका थिए । कार्यक्रम सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा केराबारी र ग्रामथान गाउँपालिकाको सहकार्यमा भएको थियो ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login